Skip to main content

असुरक्षाका कारण सदरमुकाम छाडदै

-सुभाष साह-

बारा १५ भदौ । असुरक्षाका कारण बर्षौदेखि यहां स्थायी वसोवास गर्दै आएका धेरैजना ज्यान जोगाउन बाराको सदरमुकाम कलैया छाडी अन्यत्र सरेका छन्।

तराइका भूमिगत संगठनको जबरजस्ती चन्दा माग र नदिए ज्यान लिने धम्कीसंगै सदरमुकाममा विस्फोट गोली प्रहार एवं हत्याका घटना बढेपछि उनीहरु ब्ााराको सदरमुकाम कलैया छाडेका हुन्।

त्रासको वातावरणमा कमी नरहेको सर्वसधारणहरु बताउंछन्। पछिल्लो समयमा यहांका केही भूमिगत संगठनले पहाडे समुदायका व्यक्तिलाई तराइ छाड्न उर्दी जारी गरेका थिए। सर्नेहरु अधिकांस पहाडे मुलका हुन्। यी मध्ये कतिले घर बेचेर सपरिवार सहित स्थायी रुपमा सरेका छन् भने कति अस्थायी । उनीहरु राजधानी हेटांैडा र नजिकैको पहाडे वाहुल्य भएको वस्तीमा सरेका हुन्। सरेकै ठाउंमा उनीहरु आफ्नो कार्य थलो बनाउन थालेका छन्।

Comments