Skip to main content

पारसमाथि आइसएआईसंग मिलेर नक्कली भारतीय नोटको कारोबारमा संलग्न रहेको आरोप


-दीपेश केसी नयां दिल्ली।

पूर्व युवराज पारस शाह नक्कली भारतीय नोटको कारोबारमा जोडिएका छन्। आज प्रकाशित टाइम्स अफ इन्डियाको पहिलो र ११ औं पृष्ठमा छापिएको समाचारमा उनी पाकिस्तानी गुप्तचर संस्था आइएसआईसंग मिलेर नक्कली नोटको कारोबारमा सकि्रय भएको उल्लेख छ।

मध्यप्रदेशको आतंकवादविरुद्धको टोलीले नक्कली भारतीय नोटसहित पक्राउ गरेको राजेश गुप्ता र अतिक अहमदको बयानको आधारमा पारसमाथि अभियोग लगाइएको हो। अण्डर वल्र्ड डन दाउद इब्राहिमको समूहसंग सम्बन्ध राखेर पारसले आइएसआईसंग सांठगांठ गरेको उल्लेख छ। पारसलाई आइसएआईसंग सम्बन्ध बनाउन पूर्वमन्त्री सलिम मियां अन्सारीको छोरा युनुस अन्सारीले भूमिका खेलेको जनाइएको छ।

समाचारअनुसार ४२ वर्षका राजेश गुप्ता र ४३ वर्षका इतिक अहमद नेपाली नागरिक हुन्। अहमदले १२ वर्ष अघि नेपाली युवतीसंग विवाह गरेर नेपाली नागरिकता लिएका हुन्। यसअघि उनी उत्तर प्रदेशको अलिगरका बासिन्दा थिए। यसले अहमद नेपाली नागरिक हुन् होइनन् भन्नेमा शंका पैदा भएको छ। गुप्ता वीरगाजमा व्यापार गर्दै आएको उल्लेख छ। दुवैबाट पाँच सय दलको नक्कली नोटसहित रंगेहात पक्राउ गरिएको थियो। यद्यपि पारस र युनुसको संलग्नता रहे नरहेकोबारे थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ। अन्सारीलाई आइयसआईसंग विशेष सम्बन्ध रहेको भनी ठोकुवा गरिएको छ। युनुसको व्यापारिक कम्पनि डि कम्पनि आइसएआईले भारतविरुद्ध षड्यन्त्र गर्न खडा गरेको भनिएको छ।

नेपालको बाटो हुँदै नक्कली भारतीय नोट भित्राउन पांच तहको समूह रहेको भन्दै पक्राउ परेका अहमद र गुप्तालाई तेस्रो तहका व्यक्ति भनिएको छ। व्यापारीका रुपमा भारतमा नक्कली नोट भित्राउन सकि्रयमध्ये पाचौं तहमा रहेकाहरु प्रमुख शहरहरुमा सकि्रय रहेको बताइएको छ। आतंकवादविरुद्धको भारतीय प्रहरीका डिआइजी पवन श्रीवास्तवले आइसएआईले आफ्ना एजेन्टमार्फत करोडौं नक्कली नोट भारत पठाइरहेको बताए। उनले थप अनुसन्धान हुने बताए। पक्राउ परेका अहमद र गुप्ता अबको आठ दिनसम्म प्रहरी हिरासतमा रहनेछन्।

नेपालमा हालसालै लाखौं भारतीय नक्कली नोटसहित केही व्यक्ति पक्राउ परेलगत्तै भारतीय प्रहरीले थप व्यक्तिहरुलाई पक्राउ गरेको हो। िसंगापुरमा रहेका पारस विगतमा पनि विवादमा मुछिने गरेकोमा पछिल्लो अभियोगलाई गम्भीरताका साथ लिइएको छ।




Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।