Skip to main content

सत्तारुढ दल तयार भए सदन खोल्न माओवादी बाधक बन्दैन - सिपि गजुरेल

काठमाडौं भदौं १६। एकिकृत नेकपा माओवादीका सचिव सिपि गजुरेलले राष्ट्रपतिको कदमका र उपराष्ट्रपतिको सपथ ग्रहणको विषयमा संयुक्त रुपमा सदनमा छलफल गराउने भए सदन तत्काल खोल्न तयार भएको बताउनुभएको छ। हामी सदन सधै अवरुद्ध गर्ने पक्षमा छैनौं अहिले सरकार चलेको छैन भन्दै गजुरेलले रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमा भन्नुभयो-ुउपराष्ट्रपतिको विषय ठूलो इस्यु होइन। यसले सरकारलाइ अप्ठ्यारो पार्ला तर जनतालाइ यसले केही फरक पार्दैन।ु

उहाँले भन्नुभयो-ुसंसद् खोल्नका लागि साच्चिकै सत्तारुढ दलहरु तयार छन् भने हामी बाधक बन्दैनौं। उहाँहरुले राष्ट्रपति उपराष्ट्रपतिका दुवै मुद्दामा छलफल गरौं र सदन खोलौं भन्नुहुन्छ भने हामी तयार छौं। छलफल गर्दा संसद्बाट सरकार ढल्छ भने त्यसलाइ पनि स्विकार्न सक्नुपर् यो।ु थप्नुभयो-ुहामी संविधान संशोधन गरेर मातृ भाषामा सपथ खान पाउने अधिकारका लागि बाधक बन्दैनौं।ु।गजुरेलले उपराष्ट्रपतिले हिन्दिमा सपथ लिदा पनि माओवादीले विरोध गरेको र अहिले पनि उपराष्ट्रपतिको कदमको समर्थन नगरॆको बताउदै भन्नुभयो -ुउपराष्ट्रपति धनुषाको हुनुहुन्छ। उहाको मातृ भाषा मैथली हो। यदि उहाले मातृभाषाप्रति प्रेम दर्शाएको भए मैथलिमा सपथ लिन खोज्नु हुन्थ्यो।ु गजुरेलले सरकार उपराष्ट्रपति नागरिक सर्वाेच्चता राष्ट्रपतिको कदम मंहगीलगायत कुनै पनि इस्युका कारण ढल्ने अभिव्यक्ति दिनु हुदै संविधान संशोधनको विषयबस्तु एकातिर र विवाद अर्काेतिर गइरहेको बताउनुभयो।

रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलको प्रवत्ता नविन्द्रराज जोशीले माओवादीले सदन अवरुद्ध गरेर संविधान निमार्ण प्रकि्रयामा भाँजो हालेको आरोप लगाउनुभयो। उहाँले माओवादीले सदनमा राष्ट्रपतिको कदम गलत नभएको बताउदै यस विषयमा छलफल गर्न तयार नरहेको बताउदै माओवादीलाइ महाअभियोग ल्याउने चेतावनी दिनुभयो। जोशीले भन्नुभयो-ुमाओवादी सहमति प्रणालीबाट टाठा भाग्न खोजेको छ। नागरिक सर्वाेच्चताको नारा लगाएर माओवादीले आफ्नो दलको सर्वाेच्चता लाद्न खोज्दै छ।ु

नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदिप ज्ञवालीले माओवादीले संसद् अवरुद्ध गरेका कारण जनतासँग सरोकार राख्ने मुद्दाहरु सदनमा उठ्न नपाएको माओवादीले उठाएको नागरिका सर्वाेच्चता सरकारलाइ अप्ठ्यारोमा पार्ने कुरा मात्र भएको आरोप लगाउनुभयो। ज्ञवालीले भन्नुभयो-ुसंविधान सर्वाेच्चता नै नागरिक सर्वाेच्चता हो। संविधान अनुसार सहमतिको राजनीतिक बाट अलग हुन खोज्नु माओवादी संविधानबाट टाठा हुनु खोज्नु हो।ु मधेस जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले भाषा विवादमा तानेर देशलइ तनावपूर्ण अवस्थामा पुर् याउने कार्य भएकाले त्यसका लागि तत्तकाल संविधान संशोधन गरेर समस्याको निकास दिन माओवादीलाइ सदन खोल्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो - राष्ट्रपतिको कदको विषयमा छलफल मात्रै गर्ने हो भने हामी कांग्रेस र एमालेलाइ मनाउन तयार छौं। उहाँले भन्नुभयो-ुअहिले माधव नेपाल सरकारको विकल्प छैन। यो सरकार ढल्नु भनेको मुलुकमा अर्काे दुर्घटना हुनु हो। हामी यो सरकारलाइ बलियो बनाउँछौं र स्थायित्व दिन चाहान्छौं।ु

कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन गरि उपराष्ट्रपतिको सपथको विषयमा उठेको विवादलाइ साम्य पार्नका लागि माओवादीले एक दिनको लागि भए पनि सदन खोलि दिइ समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ। संविधान संशोधनको प्रकि्रयामा भएकाले सद्भावनाले सरकारलाइ साथ दिएको बताउदै उहाले भन्नुभयो - यदि सरकारले यो विषयमा मौन बसेको भए हामी सरकार छोड्थियौं।ु

त्यस्तै कार्यक्रमा सद्भावना पार्टी आन्ददेवी की अध्यक्ष सरिता गिरिले अब पुनः लोकतन्त्रका लागि मधेस आन्दोलन हुने तब मात्र यी समस्याको समाधान हुने बताउनुभयो ।

रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाले मुलुकलाई निकास दिनको लागि सहमतीको विकल्प नभएको ताउनु भयो । अवदलहरुविच सहमती गरेर अगाडि बढेमात्र देशले निकास पाउने कुरा प्रस्ट पार्नुभयो ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।