Skip to main content

माओवादीले धर्ममा राजनीति गरे दुर्दशा भोग्नुपर्छ-संस्कृति मन्त्री डा रिजाल

काठमाडौं भाद्र १७। संस्कृति संविधानसभा संघिय मामला तथा पुर्नसंरचना मन्त्री डा मिनेन्द्र रिजालले पशुपतिनाथको भट्ट नियुक्ति प्रकरण अन्तिम चरणमा पुगेको बताउनुभएको छ। माओवादी धर्ममा राजनीति गरी आफ्नो अभिष्ट पुरा गर्न चाहन्छ त्यसो हो भने उसले दुर्दशा भोग्नुपर्छ। रिपोर्टस्र क्लव नेपालको साक्षात्कार कक्षमा बोल्दै संस्कृतिमन्त्री डा रिजालले विरोध गर्दैमा भट्ट नियुक्ति प्रकरण नरेकिने बताउंदै भन्नुभयो-पशुपतिको भट्ट नियुक्ति गर्दा तपाईहरुले के भोग्नुपरेको थियो त्यो स्मरण गर्न म आग्रह गर्छु ।

मन्त्री रिजालले ऐन नीति नियम र परम्पर अनुरुप पशुपतिनाथमा भट्ट नियुक्ति हुने भएकोले यसमा राजनीति नगर्न ए। नेकपा माओवादीलाई आग्रह गर्नुभयो। अहिले भारतबाट आएका २ जना भट्ट नियुक्ति भइछाड्ने बताउंदै मन्त्री रिजालले भन्नुभयो-प्रधानमन्त्रीे संरक्षक भएको परिषदले उहांहरुलाई नियुक्ति गर्छ। पशुपतिमा ताला लगाई राजनीति नगर्न र ऐनमा नेपाली नै राख्नुपर्ने भन्ने उल्लेख नभएकोले यसमा विवाद नगर्न सुझाव दिनुभयो। अहिले पनि नेपाली भट्ट नियुक्ति गर्न सकिने उहांको भनाई थियो। सांस्कृतिक उपनिबेशको आधारमा नभई भारतिय भट्टहरुलाई ऐन र परम्पराको आधारमा नियुक्ति गर्न लागिएको मन्त्री रिजालको भनाई थियो। मन्त्री रिजालले पशुपतिको कोष पारदर्शि रुपले कसरी साचालन गर्न सकिन्छ भन्ने विषयमा सरकार गम्भिर भएको बताउनुभयो। उहांले यसका लागि परिषद् संग आवश्यक छलफल भईरहेको समेत जानकारी दिनुभयो।

रिपोर्टस्र क्लव नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रिजालले ए।नेकपा माओवादीले संसद अबरुद्ध गरेर अहिले सम्म संसदमा गणतन्त्र विधेयक प्रश्तुत गर्न नसकिएको बताउनुभयो। उहांले भन्नुभयो-सत्ता छाड्नुको पिडा अहिलेसम्म गएको रहेनछ अब यस्तो कुरामा पिडा नपोख्न म उहांहरुलाई आग्रह गर्दछु। मन्त्री रिजालले सके बहुमत देखाएर सरकार बनाउन अन्यथा संविधानले तोकेको बटोमा आई शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न माओवादीलाई चुनौति दिनुभयो।

सरकारको सय दिनमा गठबन्धन दलहरुबीच अत्यान्त सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री रिजालले सरकारले शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर् याउन सेना समायोजन विशेष समितिलाई पूर्णता दिएको र प्राविधक समितिको म्याद थप गरेको बताउनुभयो। संबैधानीक समितिले नयां नेतृत्व पाएपछि संविधान निर्माण प्रकृया तदारुकताका साथ अगाडि बढेको उहांको भनाई थियो। यसबीचमा प्रधानमन्त्री माधवकुमार नेपालको सफल भारत भ्रमण भएको र चिन भ्रमणको तयरीमा सरकार रहेको बताउंदै मन्त्री रिजालले आफ्नो दुचेष्टा त्यागी लोकतान्त्रिक गठबन्धको सरकारमा सहभागि हुन माओवादीलाई अनुरोध गर्नुभयो। आफुहरु सरकारमा सहभागि भईसकेपछि सुरक्षाको अवस्था निकै सबल रहेको बताउंदै मन्त्री रिजालले तराईको सशस्त्र गतिविधिमा कमि आएको र केहि समुहसंग वार्ताको तयारी भईरहेको स्मरण गराउनुभयो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।