Skip to main content

कोइरालाले कांग्रेस महासमिति रोक्ने

सरकारको नेतृत्व परिवर्तन गरे गम्भीर दुर्घटना हुन्छ ः पौडेल

काठमाडौं २० भाद्र। नेपाली कांग्रेस संसदीय दलका नेता एवं उपसभापति रामचन्द्र पौडेलले वर्तमान सत्ता समीकरण कुनै पनि हालतमा परिवर्तन नहुने बताउनुभएको छ। रिपोर्टस्र क्लव नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै संसदीय दलका नेता पौडेलले सत्ताखेलमा लाग्नु राष्ट्र हितमा नहुने दृढता व्यक्त गर्नुभयो।

ुमाधव नेपालको विकल्प खोज्नु भनेको दुर्घटना निम्त्याउनु हो त्यस्तो कार्यमा कांग्रेस कहिल्यै लाग्ने छैन। यो सरकालाई पूर्ण समर्थन र सहयोग रहिरहन्छ र वर्तमान सरकारले नै संविधान निर्माण गर्छ शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउछ र नयां सरकारलाई सत्ता हस्तान्तरण गर्छु उहाँले भन्नुभयो।

प्रधानमन्त्रीसँग कांग्रेसको सम्बन्ध नबिग्रेको र सहमतिमै काम गरेको उहाँले बताउनुभयो। यो सरकारलाई ढाल्ने चेष्टा गर्छ भने त्यो दिवास्वप्न मात्र हुने उहाँको भनाइ थियो। कांग्रेसभित्र परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउने भन्ने चर्चा नचलेको र पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले त्यसबारे प्रस्ताव पार्टीमा नल्याएको पौडेलले स्पष्ट पार्नुभयो। सरकारमा कांग्रेस चौथो पोजिसनमा छ नि भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले भन्नुभयो ुपहिले नै सरकारमा जाँदा उठ्नुपर्ने कुरा हो अहिले यसलाई किन उछालिएको छ अहिलेको अवस्थामा सत्ता बनाउने र ढाल्ने खेल सदाका लागि अन्त्य हुनुपर्छ।ु

रिपोर्टस्र क्लव नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेपाली पौडेलले कांग्रेस वर्तमान सरकारलाई स्थिर बनाउन चाहन्छ हामी सरकारलाई अस्थिरता ल्याएर जोखिम मोल्ने पक्षमा छैनौं नेता पौडेलले भन्नुभयो-पार्टी सभापति गिरिजाप्रसाद कोइराला पनि सत्ता परिवर्तनको पक्षमा हुनुहुन्न। उहाँ यही सरकारलाई टिकाउने पक्षमा हुनुहुन्छ। पौडेलले भन्नुभयो-आज बिहान भएको भेटमा पनि पार्टी सभापतिले हामीलाई यही कुरा बताउनुभएको छ।

माओवादीविना पनि सरकार संचालन हुने र माओवादीले प्रतिपक्षकै जिम्मेवार भूमिका निर्वाह गरे पुग्ने पौडेलको भनाइ थियो। माओवादी कि्रयाकलापबाट विश्वास गर्न सकिने स्थिति नरहेको उहाँले बताउनुभयो। कानुन र संविधानको ब्याख्या र अदालतमा मनपरी गरेकाले माओवादीलाई विश्वास गर्न सकिँदैनु उहाँले भन्नुभयो- अदालत जनताको धरोहर हो। ठूला मान्छेको विपक्षमा फैसला हुँदैमा तथानाम गाली गर्दै नहिँडौं।ु सत्ताको लागि खेल्नु राष्ट्रको हितमा नहुने भन्दै राजनीतिक स्थायीत्वका लागि बर्तमान सरकारलाई संविधान निर्माण र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा नपुर् याएसम्म काम गर्न दिनुपर्ने बताउनुभयो। यहि सरकारले पूर्ण कार्यकाल पुरा गर्ने बताउंदै पौडेलले बर्तमान सरकारको विकल्प खोज्नु नै दुर्घटना निम्त्याउनु भएको टिप्पणी गर्नुभयो। शान्ति प्रकृयालाई टुंगोमा पुर् याउन र माओवादी सेना तथा हतियारको व्यवस्थापनका लागि माओवादी सहितको उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक रहेको भन्दै नेता पौडेलले माओवादी जिम्मेवार भएर संयन्त्र निर्माणमा लचिलो हुनुपर्ने बताउनुभयो।

नेता पौडेलले पार्टी सभापति कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता मसशुस गर्नुभएको उल्लेख गर्दै त्यसको गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। आज बिहानको बैठकमा कात्तिक १६ १७ मा हुन लागेको महासमिति बैठक रोकेर बाह्रौं महाधिवेशनलाई सफल बनाउन लाग्ने उहाँले बताउनुभयो। ुसभापति कोइरालाले महासमिति लगत्तै महाधिवेशनको खर्च धान्न गाह्रो हुन्छ भन्नुभयोु पौडेलले भन्नुभयो। माअेावादी धर्ममा राजनीति गरी आफ्नो अभिष्ट पुरा गर्न उद्यत रहेको बताउंदै नेता पौडेलले पशुपतिनाथ र विश्वनाथमा राजनीति नगर्न माओवादीलाई आग्रह गर्नुभयो। धार्मिक स्थल राजनीति गर्ने थलो नभएको स्पष्ट पार्दै उहांले भन्नुभयो-धर्ममा राजनीति गर्दा समाजमा विचलन आउंछ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...