Skip to main content

माओवादी पर्साको दुइ दिने बैठक

वीरगंज ३१ भदौ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी पर्सा जिल्ला संगठन समितिको दुइ दिने बैठक मंगलवारदेखि स्थानीय गोपाल मण्डलीमा सुरु भएको छ।

१५१ जना सदस्य रहेको जिल्ला संगठन समितिको बैठकको अध्यक्षता एनेकपा माओवादी पर्साका इन्चार्ज छत्रबहादुर श्रेष्ठ ँअनिल ले र बैठक संचालन सेक्रेटरी विनोद काफ्लेले गर्नुभएको थियो।

सो बैठकका प्रमुख अतिथि एनेकपा माओवादी पोलिटब्युरो सदस्य एवं मधेश राज्य समितिका इन्चार्ज भीमप्रसाद गौतमले पार्टीको आवश्यक निर्देशन दिनुहुँदै पर्साको नेतृत्वमा कमी कमजोरी छ सुधि्रने मौका दिइन्छ नसुधि्रए पार्टी कारबाही हुन्छ। संसारभरिका प्रतिकि्रयावादी एक भएर नेपाली क्रान्तिकारी माओवादीलाई सिन्ध्याउन चाहन्छन् तर इमान्दार कम्युनिष्ट नैतिकताका कारण कहिल्यै हामी सिद्धिदैनौं भन्नुभएको थियो।

उहाँले मधेशी समस्याको हल गर्न सक्ने एक मात्र पार्टी एनेकपा माओवादी नै हो पद र पैसाका लागि मरिहत्ते गर्नेहरु इमान्दार कम्युनिष्ट बन्न सक्दैनन् माओवादी नेता कार्यकर्ता नेपाली जनताको आँखाको नानी बन्न सक्नु पर्दछ भन्नुभएको थियो।

भोजपुरा राज्य समितिका इन्चार्ज अंजना विशंखेले मधेशलाई क्रान्तिकारी रणभूमि बनाउन भोजपुरा राज्यलाई क्रान्तिकारी संगठनमा रुपान्तरण गर्न र भारतको बिहारी संस्कृतिको हावाबाट अलग गराएर कम्युनिष्ट व्यवस्था टिकाउन विश्वमा कम्युनिष्ट आन्दोलन स्थापित गर्न माओवादी संगठन तत्पर रहेको बताउनुभयो।

उहाँले भारतीय विस्तारवाद र प्रतिकि्रयावादीको बढी चलखेल हुने थलो पर्साको वीरगंजमा माओवादी गतिविधिका लागि केन्द्रीत गरिएको बताउनुभयो।

भोजपुरा राज्य समितिका सहइन्चार्ज क। अटलले आगामी विद्रोहको भूमिकाको लागि पर्सा जिल्लाको मोर्चा अति उपयुक्त रहेको र जनताको संघीय गणतन्त्र नेपाल स्थापना गर्न माओवादी निकै अगाडि बढीसकेको भन्नुभएको थियो।

सो बैठकमा जन वर्गीय संगठन जातिय मोर्चाका इन्चार्ज र सहइन्चार्जहरुलाई आ-आपुनो क्षेत्रको रिपोर्टिङ गर्न दिइएको थियो।

रिपोर्टिङ गर्नेहरुले गूट र फूटका कारण पर्सामा संगठन कमजोर रहेको पार्टी संगठनको कार्यालय नरहेको पार्टीमा गलत गर्नेहरुमाथि छानबिन हुनुपर्ने जिल्ला संगठनमा नीति कार्यक्रम र योजना नभएको जुट्ने बेलामा अन्तर विरोध र लुट्ने बेलामा मेलमिलापको अवस्था रहेको शहीद परिवार र सर्वसाधारण जनताको पीर मर्कामा पार्टी संगठनले उपेक्षा गरेको आर्थिक संकलनको हिसाब किताब पारदर्शी नभएको जनताहरुमाथि भइरहेको अन्याय अत्याचार प्रति पार्टी जुझारु किसिमले लड्न तयार नभएको गल्ती ढाकछोप गर्ने पार्टीको काम ठग्ने प्रवृत्ति बढेको आदि कुरा उठाएका थिए।

पार्टी सदस्य सवैलाई पार्टी संगठनलाई संगठनात्मक प्रणाली र पद्धति अनुशार िहंडाउन व्यक्तिगत विवरण सम्पत्ति विवरण फर्म भर्न अनिवार्य गराइएको छ। सो बैठकले पार्टी संगठनलाई सुचारु गर्न ४१ सदस्यीय सचिवालय समिति गठन गरेको छ। जसमा छत्रबहादुर श्रेष्ठ विनोद काफ्ले विवेक शम्भु पाल बलराम साह शिरोमणी सापकोटा हीरा साह रामाश्रय राम राजदेव पासवान शम्भु थापा राजेश मण्डल सुशील िसंह धनबहादुर श्रेष्ठ बैद्यनाथ ठाकुर चन्दा राम सभासद रामबहादुर बैठा रोहित रविन्द्र गुप्ता रेवती घिमिरे लगायत रहनुभएको

छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।