Skip to main content

हाइवेको लाइन होटल द्वारा यात्रुमाथि ठगी

भरतपुर २५ भदौ । राष्ट्रिय राजमार्गमा रहेका लाइन होटेलद्वारा यात्रुहरु नराम्रोसंग ठगिदै आएका छन्। हाइवेका लाइन होटलहरुले प्रत्येक बसको चालकलाई कमिशन दिएर आपुनो होटल अगाडि बस रोक्न लगाएर यात्रुहरुलाई ठग्ने सुनौलो अवसर निर्माण गरेका छन्।

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको हाइवे र नारायणगढ- काठमाडौंको हाइवेमा रहेका प्रत्येक लाइन होटलहरुले सर्वसाधारण बस तथा ट्रकबाट यात्रा गर्ने यात्रुहरुलाई लुटिरहेको पाइन्छ।

महंगी बढेको बहानामा लाइन होटलहरुले सादा खानाको रु ९० चना चिउरा प्लेटको ५० खिरको ५० सेल र चनाको १२० पुलाउको ८० एउटा अण्डाको १५ चाउचाउको ३० मासुभातको १३० रुपैयां यात्रुहरुसंग लिने गरेका छन्। बसबाट ओर्लनासाथ यात्रुहरुलाई हात समाएर घचेटेर आ-आफनो होटलमा घुसाएर मनपर्दी ढंगले रकम असूल गर्दै आइरहेका छन्।

दिशा र पिसाब गरेर खाजा र खाना नखाइ फर्केका यात्रुहरुसंग समेत लाइन होटलवालो जथाभावी पैसा असूल गरी जघन्य अपराध गर्दै आएका छन्। होटलमा छिर्नासाथ होटलवालाको मुखपति मूल्य यात्रुहरुको काउन्टरमा बस्नेलाई बुझाउनुपर्ने बाध्यता छ। दशैं तिहार छठ र रमजान पर्वमा मानिसहरु बढी आवतजावत गर्ने हुनाले लाइन होटलवालाहरुले यस अवसरमा बढीभन्दा बढी कमाउने लक्ष्य र उद्येश्य लिएको देखिन्छ। पानी जस्तो नाम मात्रको दाल निम्न गुणस्तरको चामलको भात कुहिएको गोलभेंडाको अचार र सडेगलेको तरकारीको सादा भात खाएका यात्रुहरु पखाला लागेर बिरामी समेत हुनु परेको छ। अधिकांश यात्रुहरुलाई लाइन होटलको ठगी धन्दाबारे जानकारी नहुंदा यस्तो अपरध गर्ने मौका लाइन होटलवालाहरुले पाएका छन्। दशैं तिहार छठका यात्रु र भारतीय पर्यटकहरुको हितलाई ध्यानमा राखेर स्थानीय प्रशासनले खाना र नास्ताको मापदण्ड बनाइ मूल्य सूची टांस्न लगाई लाइन होटलको ठगीबाट यात्रुहरुलाई मुक्त गराउन जरुरी देखिन्छ। लाइन होटलवालाहरुको नाजायज मूल्यबाट पीडित भएका यात्रुहरुले आफू ठगिएकोमा प्रतिवाद गर्दा लाइन होटलहरुले पालेको गुण्डाहरुले हिर्काएको मुडकी समेत खप्नु परेको छ। तराइ मूलका मानिसलाई लाइन होटेलवालाहरुले आपुनो नाजायज व्यापार बढाउन मुख छाड्ने दुव्र्यवहार गर्ने गरेबाट सामाजिक सदभावमा समेत खलल पुर् याउंदै आएका छन्। नाजायज ठग्ने लाइन होटलवालाहरुलाई तत्काल कडा भन्दा कडा कारबाही गर्ने र हरेक होटलमा खाना र नास्ताको मूल्य सूची राख्ने अवस्था स्थानीय प्रशासनले अबिलम्ब नगरे लाइन होटलवाला र यात्रुहरुबीच झैंझगडा भइ अपि्रय घटना समेत घट्ने वातावरण बनेको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।