Skip to main content

राष्ट्रपतीय शासनको श्रृंखलाबद्ध डिजाइन भइरहेको छ ः पुन

काठमाडौं २५ भदौ। नेकपा माअेावादीमा नेता एवं सेना समायोजन विशेष समितिका सदस्य बर्षमान पुन अनन्तले माधबकुमार नेपा नेतृत्वको वर्तमान सरकारले सेना समायोजन गर्न नसक्ने बताउनुभएको छ। उहांले बर्तमान सरकारले जनमुक्ति सनाको समायोजन गरी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर् याउन नसक्ने दावी गर्नुभयो।

रिपोर्टस्र क्लव नेपालको साक्षात्कार कक्षमा बोल्दै नेता पुनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउन र माओवादी जनमुक्ति सेना समायोजन गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो। माओवादी देशमा विद्यमान चुनौतिको सामना गरी सेना समायोजन र शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउन चाहन्छ् त्यसका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ त्यस्तो सरकारको नेतृत्व जसले गरेपनि त्यो आफुहरुलाई मान्य हुने नेता अनन्तले बताउनुभयो। राष्ट्रपतीय शासनको श्रृंखलाबद्ध डिजाईन भईरहेको बताउंदै नेता पुनले तिन दिनसम्म देश सेनापती विहिन रहेको बताउनुभयो। उहांले भन्नुभयो-कटवाल विदामा बसेको र बर्तमान सेिनापति गुरुङ्गले कामु नपाएको अवस्थामा तिन दिन मुलुक प्रधानसेनापति विहिन भयो। बर्तमान गतिरोधको अन्त्य गरी राजनीतिक निकास दिन माओवादी पार्टी लागिरहेको स्मरण गराउंदै नेता पुन ले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेस नेतृ सुजाता कोइरालाले गरे पनि त्यो माओवादीलाई मान्य हुने बताउनुभयो।

रिपोर्टस्र क्लव नेपालका अध्यष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेता पुनले सेना समायोजनमा माओवादी र उसका सेना बाधक नभएको प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो-समायोजनमा बाधक भनेको दलहरुबीचको राष्ट्रिय सुहमति हो नेपाली सेना र जनपथ तथा सशस्त्रप्रहरीहरु होइनन्। दलहरुबीचमा सहमती पश्चात बनेको राष्ट्रिय सरकारले मात्र संविधान निर्माण गर्न सक्ने उहांको भनाई थियो। संविधान निर्माण र सेना समायोजन जस्तो महत्वपूर्ण सवालमा दलहरुबीच आधारभूत सिद्धान्तको टुंगो लगाउनुपर्नेमा जोड िदंदै उहांले बर्तमान सरकारसंग सेना समायोजनको लागि भिजन नभएको तर्कगर्नुभयो।

निवर्तमान प्रधानसेनापति रुक्मांगत कटवालले राजनीति गरी आफुलाई राजा भन्ठानेका कारण व्यक्तिगत रुपमा कटवालसंग माओवादी नेतृत्वको सरकारको सम्बन्ध चिसिएको बताउंदै अहिलेका व्यवसायीक प्रधानसेनापति छत्रमानिसंह गुरुंगसंग भने सम्बन्ध सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो।

सेना समायोजन प्राविधिक समितिका सदस्य शम्भुराम िसंखडाले माअेावादी सेनाको समायोजन न्यायसंगत र युक्ति पूर्ण ढंगबाट हुनुपर्ने बताउनुभयो। सेनाको समायोजन गर्नु जटिल र ठूलो कुरा होइन दलहरुबचिको आन्तरिक किचलोका कारण यसलाई बृहत विषय बनाईएको उहांको भनाई थियो। उहांले माओवादी लडाकुहरुको आचारसंहिता र नियन्त्रणका विषयमा प्राविधिक समितिले वर्कआउट गरीरहेको बताउनुभयो।

कार्यक्रममा अर्का सदस्य दिपकप्रकाश भट्टले बृहत शान्ति संझौता र अन्तरिम संविधानमा उल्लेख भएबमोजिम प्राविधिक समितिले काम गर्ने बताउनुभयो। उहांले माओवादी लडाकुहरुको समायोजन किटानीसाथ यति नै संख्यामा भन्न नसकिने बताउंदै समायोजनको संख्या राजनीतिक सहमतीको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो। शिबिरमा भ्रमण गर्दा माओवादी लडाकुहरुले ्लोकतन्त्र प्राप्ति गर्नका लागि आफुहरुको योगदानको मुल्यांकन गर्न आग्रह गरकेा स्मराण गर्दै उहांले लडाकुहरु दलहरुबीचको सहमती मान्न तयार रहेको बताउनुभयो।

सैन्यविद् डा इन्द्रजीत राइले सेनामा योग्य व्यक्तिहरुको समायोजन हुनपर्ने बताउनुभयो। उहांले अहिलेको संक्रमणकालीन अवस्थामा समायोजनका सन्र्दभमा नेताहरुको बोली आपत्तिजनक रहेको र त्यो अन्तरिम संविधान तथा बृहत शान्ति संझौताको भावना विपरीत भएको बताउनुभयो। राजनीतिक सहमती भए माओवादी लडाकुहरुको समायोजन ६ महिना भित्रमा गर्न सकिने उहांको भनाई थियो।

कार्यक्रममा पूर्व एआी राजेन्द्र बहादुर िसंहले सेना समायोजन गर्न तयार रहेकाहरुले नै अहिले आएर बखेडा झिकिरहेका बताउनुभयो। समायोजनका सन्दर्भमा दलहरुबीच स्पष्ट धारणा नभएको बताउंदै उहांले समायोजनलाई दलहरुकै किचलोका कारण जटिल बताउंदै लगेको तर्क गर्नुभयो।

कार्यक्रममा केशरबहादुर भण्डारीले सेनाको समायोजन राजनिितक सहमतिका आधारमा हुनुपर्ने बताउनुभयो। समायोजनका लागि लडाकुको संख्याले फरक नपार्ने बताउंदै दलहरुले सानो समस्यालाई जटिल बनाएको बताउनुभयो। मापदण्ड पुरा गराएका सेनालाई दलको सहमतीमा समायोजन गर्दा आपत्ति नहुने उहांको भनाई थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।