Skip to main content

संकल्प प्रस्ताव संसदमा छलफल गर्न सकिन्छ -एमाले महासचिव

काठमाडौं २३ भदौ। नेकपा एमालेका महासचिव इश्वर पोखरेलले संसदको गतिरोध अन्त्यका लागि माओवादीले उठाएका मुद्दामा संसदमा छलफल गर्न सकिने बताएका छन्। रिपोर्टस क्लब नेपालद्धारा आयोजित साक्षात्कार कार्यक्रममा महासचिव पोखरेलले माओवादीले उठाएको संकल्प प्रस्तावका वारेमा संसदमा छलफल गर्न सकिने बताए। उनले संकल्प प्रस्तावलाई साझा रुपमा प्रस्तुत गनुपर्ने बताए। महासचिव पोखरेलले भनेूराष्ट्रपतिको कदमका विषयमा माओवादीले उठाएको संकल्प प्रस्तावबारे संसदमा छलफल गर्दा कुनै आकास खस्ने वाला छैन तर यो सबैको साझा मुद्दा भएकाले प्रस्ताव पनि साझा रुपमा लैजान सकिन्छ। त्यसपछि देश सहमतिमा जान्छ र दलहरु बसेर तत्काल त्यसका लागि बाताबरण बनाउनु पर्छ। एमालेले अहिलको निकासको लागि यो प्रस्ताव अगाडी सारेको पोखरेलले बताए। महासचिव पोखरेलले विधिसम्मत रुपमा माओवादीका प्रस्ताव संसदभित्र प्रवेश गर्नदिनुपर्ने तर्क गरे। अहिलेका सबै विषयको टुङ्गो सम्वादबाट लगाउनु पन बताउँदै महासचिव पाखरेलले एमालेले छलफल चलाइरहेको बताए। यो सरकारको विकल्प अर्को सरकार नभएको ठोकुवा गर्दै उनले माओवादीको नेतृत्वको सरकार बन्न नसक्ने बताए। माओवादी सयुक्त सरकार चलाउन यसअघि नै असफल भइसकेकाले उसको नेतृत्वमा फेरी सयुक्त सरकारको सम्भावना नरहेको पाखरेलले बताए। माओवादीलाई पनि यो सरकारमा नै सहभागि गराएर राष्ट्रिय सरकार बनाउनु पर्छ अर्को मन्त्रिपरिषद विस्तारमा माओवादी सहभागी हुन्छ त्यो सहमतिको राष्ट्रिय सरकार बन्द महासचिव पाखरेलले भने अहिले माधवकुमार नेपालको विकल्प खोज्नु भनेको सहमतिको राजनीति तोड्नु हो। महासचिव पोखरेलले समयमा संविधान बनेन भने देश दुर्घटनामा पर्ने बताए।

रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव पाखरेलले यो सरकारले नै संविधान बनाउने र चुनाव गराएर सत्ता हस्तान्त्रण गर्ने बताए। शान्ति प्रकि्रयालाई निस्कर्षमा पुर्याउन पनि यो सरकार सफल हुने पोखरेलको दावी थियो। महासचिव पोखरेलले पार्टी भित्र आन्तरिक द्धन्द्ध रहेको तर सार्वजनिक रुपमा नभए आन्तरिक छलफलबाट टुङ्ग्याउइने बताए। उनले अनुशासन उंलंघन गर्ने जो सुकैलाई पनि शाक्तिसाली रहेको अनुशासन आयोगले कारवाही गर्ने बताए। सेना समायोजन विशेष समितिका सदस्य समेत रहेका एमाले महासचिव पोखरेलले ६ महिना भित्र सेना समायोजन सकिने बताउँदै त्यसका लागि काम शुरु भइसकेको जानकारी दिए। माओवादी लडाकुलाई विशेषसमितिमा ल्याए सकेकाले उनीहरुले आफ्नै झण्डा राख्नु आपत्ति नहुने बताए। महासचिव पाखरेलले पशुपतिको पूजारी नियूतीलाई राजनितिकरण गर्न नहुने बताए। महासचिव पोखरेलले प्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको भेटघाट सौहार्दपूर्ण रहेको बताए। उनले गठबन्धन दलहरुविचको सम्बन्ध समधुर रहेको र २२ दलको सहमतिमा सरकार अगाडी बढीरहेको बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।