Skip to main content

दसैमा सडक दर्ुघटना

काठमाडौं, ५ असोज। आम नेपालीहरुका महान चाड दशै र तिहारले घर आगनमा पाईला राखिसकेका छन्। अन्य चाड पर्व भन्दा दशै र तिहारको रौनक बेग्लै हुने गर्दछ। यसै अवसरमा घर बाहिर रहने हरुको आगमन अत्यधिक मात्रमा हुन्छ। व्यापार व्यवसाय गर्न समय पर्खनु पर्ने हाम्रो मुलुकमा यो समय व्यापार व्यवसायको लागि राम्रै अवसर पनि हो। यो समय यातयात व्यवसायीलाई भने गत्तिलो आम्दानी गर्ने मौका बनेको हुन्छ।
देश विकासको नमूना सडकहरुको विकास अहिले धेरै लामो दुरी तथा समय लाग्ने स्थानमा निकै कम समयमा पुग्न सकिने भएको छ। यो एक अत्यन्तै राम्रो पक्ष हो। तर दिनानु निद बन्दै गएका मृत्यु समचारको श्रोत पनि यहि नै हो भन्दा कता कता नरमाईलो पनि लाग्ने गर्दछ। हामीलाई अभ्यास्त भएकै कुरा हो अधिकांश सडक दर्ुघटनाहरु यिनै अवसरहरु पारेर हुने गर्दछन्। यसरी चाड पर्व तथा अवसरहरुमा हुने दर्ुर्घटनाको जिम्मेवारी को छ त - यहा“निर हामीले सोच्नु पर्ने बाध्यता छ। मृत्यु वरण गर्ने धेरै तरिकाहरु मध्येको एउटा तरिका सडह दर्ुघटना पनि हो तर यो तपाई हाम्रो कमजोरी, हेलच्यक्रयाईबाट पनि त यसो हुन लागेको छ की एक चोटी चेतनशिल बन्नु जरुरी छ।
सडक दर्ुघटना, सडक बनाउनु, सवारी साधन चलाउनु, यातयात गर्नुको अर्को नाम तर यसरी हुने अनाहक क्षतीबाट समयमै सोच्ने र चेतनशिल बन्ने हो भने पक्कै पनि दर्ुघटना न्यूनीकरण गर्न अवश्य सकिन्छ। यसको लागि सरकारले यातयात निकाय, ट्राफिक प्रहरी, विभिन्न चेतनामूलक प्रचार प्रसार गरिरहेकै हुन्छ। यिनीहरुको बावजुद हुने दर्ुघटना भनेको चेतनाको कमी, सरकारवालहरुको मनपारी, सिमीत स्वार्थमा आफ्नो कर्तव्य भूल्ने नागरिकहरुको कमजोरीको परिण्माम हो यो दर्ुघटना। यसको लागि तपाईहरुलाई म एउटा ज्वलन्त उदाहरण दिन चाहन्छु, पहाडि जिल्लाहरुमा यातायातका साधनहरु सिमित मात्रमा छन्, तिनीहरुमा यात्रा गर्ने यात्रीहरु भने अत्यधिक हुने गर्दछन्। यातायात व्यवसायीले यात्रुको पक्षमा उभिने भन्दा आफ्नो फाईदा देखि क्षमता भन्दा बढी यात्रु बोक्ने होड बाजी हुन्छ, यात्रुहरुलाई पनि बाध्यता हुन्छ किनकी एउटा गाडी छुटेको एक दर्ुइ घण्टा पछि मात्र छुट्ने गर्दछ जसले गर्दा सोचेको समयमा गन्त्व्यमा पुग्न सकिदैन। गन्त्व्यमा पुग्न नसकिने भएकोले थाहा हुदा हुदै पनि ज्यानलाई जोखिममा पारेर यात्रा गर्न बाध्य हुनु पर्छ अनि दर्ुघटनाको कारण पनि।
क्षमता भन्दा बढी यात्रु बोक्नु, पैसा कमाउने होडबाजीले अरुलाई उछिन्न खोज्नु सडक दर्ुघटनाका प्रमुख कारण हुन। यातयात व्यवसायीहरुले एउटा गाडीको जति क्षमता हो त्यति पुरा भईसके पछि अर्को गाडिको व्यवस्था गरिदिने, यात्रुु पनि यो असुरक्षित छ यसमा धेरै यात्रा गर्न जोखिम हुन्छ भन्ने कुराको जानकारी समबन्धित पक्षलाई जानकारी गराउने। यात्रा सहज र सरल बनाउन खटिएका राष्ट्रसेवक ट्राफिक प्रहरी ले ठाउ“ ठा“उमा निरीक्षण र अनुगमन गर्ने, नियम विपरित गरेकालाई दण्ड जरिवाना कर्डाईका साथ गर्ने। आदी कुराहरुको व्यवस्था गर्ने हो भने पक्कै पनि सडक दर्ुघटना कम गर्न सकिन्छ। यसको प्रतिफल सबैलाई फाईदा हुन्छ, अर्को यातायाते मौका पाउनु, यात्रीले सुरक्षित यात्रा गर्न पाउने आदी।
सडक दर्ुघटना एक ठूलो मानविय तथा जनधनो क्षती हो , यसलाई तपाईहामी र सरोकारवालाहरु आ-आफ्नो जिम्मेवारी, कर्तव्य र चेतनाको प्रयोग गर्नेहो भने पक्कै पनि दर्ुघटना न्यूनीकरण गर्न सकिन्छ।
यातयात व्यवसायीको कर्तव्य, क्षमता र अवस्थाको ख्याल गर्ने, ट्राफिक प्रहरीहरुको जिम्मेवारी र कर्तव्य अनुगमन र कारबाही गर्ने यात्रुहरुको यात्रुहरुको कर्तव्य चेतनशिल हुने र बन्न सिकाउने, र आम नागरिकहरुको कर्तव्य सरोकारवालहरुले आ-आफ्नो जिम्मेवारी र कर्तव्य निभाएका छन कि छैनन् यसको अनुगमन गरि खबरदारी गर्न सकेमा मात्र यसरी हुने सडक दर्ुघटनाहरु न्यूनीकरण गर्न सकिन्छ। -रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...