Skip to main content

बिभिन्न माग गर्दै बाराको एउटै कार्यालयमा बिभिन्न तीन संगठनको तालाबन्दी . प्ररायु संघ बाराको बैठक सम्पन्न . लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न एमाले न

-सुभाषप्रसाद साह-

बारा २३ भदौ। बिभिन्न माग गर्दै जिल्ला स्वास्थ्य कार्यालय बारामा आज बिभिन्न तीन संगठनले छुटाछुटै तालाबन्दी गरेका छन्। दिउँसो एक बजे देखी गरिएको तालाबन्दीका कारण स्वास्थ्य कार्यालयको काम ठप्प भएको छ।

नेपाल स्वास्थ्यकर्मी युनियन बारा अखिल प्रगतिशिल स्वास्थ्यकर्मी युनियन बारा र भुपु कार्यालय सहयोगी संगठनले छुटाछुटै तालाबन्दी गरेको हो। नेस्वायुका केन्द्रीय सदस्य अनिल पाण्डेका अनुसार स्वास्थ्यकर्मीहरुको समस्याको बारेमा बार्ता नगरिएको भन्दै दुईटै युनियनले दुई घण्टाको लागि तालाबन्दी गरेको हो।

त्यसैगरी भुपु कार्यालय सहयोगीहरुलाई पुर्नबहालि गर्नुपर्ने माग गर्दै कार्यालय सहयोगीहरुले अनिश्तिकालको लागि तालाबन्दी गरेको कार्यालय सहयोगी बाराका अध्यक्ष नागेन्द्रप्रसाद सहनीले बताउनु भयो। एकजनाले कम्तीमा १० देखी १५ हजार खर्च गरी सम्बन्धीत निकायबाट पत्र ल्याए पनि स्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार िसंहले त्यसको बारेमा कुनै किसिमको चासो नदिई भाग्ने काम गरेको आरोप भुपु कार्यालय सहयोगीहरुले लगाएका छन्। आफुहरुको माग जब सम्म पुरा हुदैन तब सम्म तालाबन्दी रहिरहने उनीहरुले जनाएका छन्।



प्ररायु संघ बाराको बैठक सम्पन्न

सुभाषप्रसाद साह

बारा २३ भदौ। नेकपा एमाले निकट प्रजातान्त्रि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्य समिति बाराको बैठक आज कलैयामा सम्पन्न भएको छ।

संघका जिल्ला अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा केन्द्रीय सदस्य अनिरुद्ध रावको बिशेष उपस्थितिमा सम्पन्न सो बैठकले यही भदौ २९ र ३० गते कलैयमा हुने जिल्ला अधिबेशनको लागि प्रतिनिधि छनौट प्रचारप्रसार आंशिक रुपमा भएको र भदौ २७ गते भित्रमा सम्पुर्ण कार्य पुरा गर्ने निर्णय गरेको अधिबेशन प्रचारप्रसार एवं संघका जिल्ला कमिटि सदस्य सुभाषप्रसाद साहद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ। साथै प्रतिनिधि व्यवस्थापन माच व्यवस्थापन आर्थिक संकलन कार्य पनि तिब्ररुपमा भईरहेको बिज्ञप्तिमा जनाईएको छ।



लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न एमाले नेता मैनालीको निर्देशन माओबादीले संबिधान निर्माण कार्यलाई बिथोल्न खोजेको छ सभासद प्यासी

-सुभाषप्रसाद साह-

बारा २३ भदौ । नेकपा एमालेको बैकल्पिक केन्द्रीय सदस्य अच्युत मैनालीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी गाउँ गाउँमा पारदार्शि रुपमा बिकासको काम गर्न एमालेका कार्यकताहरुलाई निर्देशन दिनु भएको छ। बाराको ईनर्वासिरा गाउँ कमिटिको गाउँ भेलालाई सम्बोधन गर्दै एमाले नेता मैनालीले यस्तो निर्देशन दिनुभएको हो।

यसै गरी सोहि भेलालाई सम्बोधन गर्दै एमाले बारा जिल्ला सचिवालय सददस्य एवं सभासद रामचन्द्र प्यासीले माओबादीले संसद अवरुद्ध गरी संबिधान बनाउँने कार्यलाई बिथोलेर एकतन्त्रीय तानाशाहि निरंकुश शासन ल्याउँन खोजेएको भए पनि माओबादीको नेतृत्वमा रहेको सरकार ढले जस्तै आफै पतन हुने बताउँनु भयो।

लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि नेपाली काँग्रेसलाई मुल बाटोमा ल्याउने एमाले नै माओबादीलाई शान्ति प्रकि्रयामा ल्याएको र एमालेको नेतृत्वमै नयाँ जनमुखी संबिधान समयमै निर्माण हुने सभासद प्यासीले बताउनु भयो।

एमाले गाउँ कमिटिका सचिव रमेश चौधरीको अध्यक्षतामा भएको सो गाउँ भेलामा देवनारायण चौधरी सुन्दर बिश्वकर्मा ईश्वर ढकाल दिलिप साह जोगिन्द्र मण्डल रामबिहारी चौधरी भोला देवान बृजकिशोर यादव राजेन्द्र चौधरी जवाहिर महतो शकुन्तला तमाङ्ग राधिका देवी सुधिर भट्टराई लगाएतका बक्ताहरुले सम्बोधन गर्नु भएको थियो। चन्द्रकान्त उपाध्यायले साचालन गर्नु भएको सो भेलामा मुस्लिम अंसारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।