Skip to main content

सूचना बिभागमा पत्रिका फालाफाल


काठमाडौं २३ भदौ। नेपालबाट ब्यबसायिक रुपमा प्रकाशित भएका पत्रपत्रिकाहरु अनिबार्य रुपमा सुचना बिभागमा दर्ता गर्न आबश्यक रहेको छ। सरकारी क्षेत्रबाट दिने लोककल्याणकारी बिज्ञापन दिने निकाय समेत रहेको सुचना बिभागमा भने पत्रिकाहरुको बेहाल छ। ठाउँ नै नपुग्ने भए पछि आए जति पत्रिका मध्ये मुख्य मुख्य पत्रिका मात्र वाचनालयमा राखिन्छन्। अरु पत्रिका सिधै गोदामा लगेर थन्काइन्छन्। वाचनालयमा समेत पत्रिकाहरुको बिजोग छ। त्यहाँ पत्रिकाका चाङ तेबुलमुनि फालेर राख्ने गरिएको छ। नेपालमा पाठक भन्दा पत्रकार बढी पत्रकार भन्दा पत्रिका बढी भएर यसो भएको हुनु पर्दछ। लोककल्याणकारी बिज्ञापन दिने भए पछि हालसम्म बिभागमा करीब ५५ सय पत्रपत्रिका दर्ता छन्। एकै मानिसले समेत धेरै वटा पत्रिका निकाल्ने गरेको छ। सम्पादक र प्रकाशक समेत एकै ब्यक्ति हुने यस किसिमका पत्रिकाहरु बिभागको गोदामा थन्किएका छन्। खास भन्ने हो भने यी पत्रिकाको कारण ब्यबसायिक रुपमा पत्रिका चलाइरहेकाहरुले पाउने पर्ने सरकारी सुबिधा कतौती भएको छ।

कतिपय पत्रिकाहरु फोटोकपी गरेर बुझाइएका हुन्छन्। यसरी बुझाइएका पत्रिकाहरुले समेत बिभागबाट दिने लोककल्याणरी बिज्ञापन पाइरहनु दुखको कुरा भएको छ। फाल्नु पर्ने पत्रिकाहरुलाई बिज्ञापन दिन नपर्ने निती बिभागले ल्याउनु पर्ने देखिन्छ। पत्रकारिताको मर्म अनुसार चलेका अखवारहरुलाई मात्र बिज्ञापन दिने सरकारी निती आउन ढिलो भैसकेको छ। बर्गीकरणको नियमलाई कडा गर्ने हो भने यी अखवार बिभागमा दर्ता गर्न पर्ने देखिदैन। अनाबश्यक पत्रिका दर्ता नगरे पछि आबश्यक पत्रिकाहरुको ब्यबस्था गर्न बिभागलाई सजिलो हुनेछ। बजारमा कतै नपाइने र बिज्ञापनदाताहरुलाई मात्र बितरण गरिने यस्ता पत्रिकाको संकलन गरेर राख्ने सुचना बिभागले आम पत्रकारहरुलाई अपमान मात्र गरेको छैन पत्रकारिताको बिकासको लागि बाधककौ रुपमा देखा परेको छ। आगामी दिनमा बिभागले यस बिषयमा गम्भिर भएर सोच्न आबश्यक रहेको छ। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...