Skip to main content

परीक्षाको तयारी गर्न पर्यटकसंग नेपाली बिद्यार्थी


भक्तपुर २३ भदौ। कक्षा दशमा पढ्ने बिद्यार्थीहरुलाई यतिखेर परीक्षामा राम्रो अंक ल्याउने ध्याउन्नाले भ्याइनभ्याइ छ। नजिकै आएको टेस्ट परीक्षाको लागि कम्मर कसेर उनीहरु लागि परेका छन्।

अनिवार्य सामाजिक बिषयको सय पुर्णाङको बाइस अंक घुमघामसंग सम्बन्धित क्षेत्रबाट प्रश्न सोध्ने गरिएको छ। त्यसैले परीक्षाको लागि आबश्यक जानकारी हासिल गर्न बिद्यालयहरुले ऐतिहासिक पर्यटकीय स्थलहरुमा शैक्षिक भ्रमणको आयोजना गर्ने गरेका छन्।

ऐतिहासिक तथा पर्यटकीय हिसाबले पुर्ण भक्तपुर अध्ययन भ्रमणको लागि देशका बिभिन्न भागका बिद्यार्थीहरुको ओइरो लागेको छ। यहाँ हासिल गरेका जानकारीबाट उनीहरुले प्रश्न पत्र हल गर्नको लागि बिचार र आधार प्राप्त गर्ने गरेका छन।

सामाजिकको प्रश्न नं। २१ मा चार अंकको पर्यटन सम्बन्धी प्रश्नको लागि भ्रमणको क्रममा बिद्याथ्ार्ीले देखेका र भोगेका कुराको अनुभवमा समेत सजिलै सित उतर लेख्न सक्न्छन्। यो प्रश्नमा पर्यटन उद्योगले पार्ने सकारात्मक र नकारात्मक दुबै प्रभाब सम्बन्धि सोधिने भएकोले भक्तपुर भ्रमणको क्रममा यहाँ भ्रमण गर्ने असंख्य पर्यटकहरुको गतिबिधि नियालेर पनि आपनो पाठ्य सामाग्री आफै बनाउने गरेका छन्। फोटो नम्वर ६२मा भक्तपुर आएका केही बिद्यार्थी पर्यटकसंग भलाकुसारी गरिहेको देखिन्छ। यहाँ पर्यटकहरुले भोगेका समस्याहरु पनि प्रशस्त छन्। घोकको र सुनेको भन्दा आपुनै आखाँले प्रत्यक्ष देखेको कुरा लेख्न सजिलो हुनॆ भएकोले एसएलसी लगायत बिद्यालय तहका बिद्यार्थीहरुको लागि भक्तपुर खुल्ला अध्ययन केन्द्र रुपमा बिकसित भइरहेको छ।

प्रश्न नं २५ र २६ मा नौ नौ अंकको क्रमश ऐतिहासिक अध्ययन भ्रमण प्रतिबेदन लेख्ने र पर्यटन उद्योगको आर्थिक तथा सामाजिक क्षेत्रमा लक्षित लामो प्रश्न सोध्ने गरिएको छ। ऐतिहासिक प्रतिबेदन पाँच भागमा तयार गर्नु पर्दछ। पहिलो खण्डमा आफुले भ्रमण गरेको ठाउँ र भ्रमणको शिर्षक लेख्नु पर्दछ। भक्तपुर भ्रमणको लागि आपुनो उदेश्य अनुसार बिभिन्न शीर्षकहरु तयार पार्न सिक

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।