Skip to main content

मुर्तिको चिडियाघर खोज्न जादा


भक्तपुर २३ भदौ। साउन पुर्णिमा दिन भक्तपुरका बिभिन्न स्कुलमा पढ्ने सनिष राजचल मनिषा राजचल विक्रम सिल्पकार रिनिका सिल्पकार र ऐलेन सिल्पकार जनै पुर्णिमा मनाउन आफन्तको घरमा जम्मा भएको थिए। उनीहरु त्यस दिन गोमारीमा भेला भए। उनीहरुले त्यस दिन बिहानै खेत खेतमा गएर भ्यागुतालाई पुजा गरे। नेवारहरुले जनैपुर्णिमा खेतमा बस्ने भ्यागुताहरुलाई भात खुवाएर पुजा गर्ने गर्दछन्। भ्यागुताको पुजा सकिए पछि भने सबैजना घरमा जम्मा भएर गेडागुडी उमालेर बनाइएको तातो पाँचै जनाले क्वाँटी खाए।

क्वाँटी खाने कार्यक्रक सके पछि बिक्रमले भने लौ आज हामी भक्तपुर सहरमा रहेका मुर्तिका जनावरहरु खोज्न जाऔं। यो कुरा सुन्नासाथ फुच्चे ऐलेन जुरुक्क उठेर मुर्तिको पनि जनावर हुन्छ र भनी प्रश्न गरे। धेरै ठाउँमा जनावरहरुका मुर्तिहरु देखेका मनिषाले किन नहुनु नि पुराना मन्दिरको ढोका अगाडि त बाघ र िसंह जस्ता डरलाग्दा मुर्तिहरु बनाइएका हुन्छन् सबैलाई भने। यो कुरा अघि देखि सुनिरहेका रिनिकाले ए त्यसो भए आज बिदाको दिन मन्दिरहरुमा के केको मुर्ति बनाइएका छन् खोज्न हिडौं है

यस पछि उनीहरु भक्तपुरको दरवार क्षेत्रमा पुगे। त्यहाँ उनीहरुले मन्दिर गन्दा १४ भएको पाए। उनीहरुले त्यहाँ रहेको िसंहढोका दरवारमा रहेको बडेमानका िसंहलाई हेरे। यो देखेर सनिषले भने आबै यो त ठुलो सिह हगि। सिहको पछाडि त बाँदर पनि रहेछ मनिषाले देखाए। बाँदरलाई नजिस्याउ है उसले चिर्थोला नि भन्दै सनिष डराए। कोही पनि डराउनु पर्दैन त्यो त मुर्तिको बाँदर हो रामायणको हनुमान हुन। देखैनौ रामायणमा हुनमानले रामलाई कति धेरै सेवा गरेको बिक्रमले सबैलाई सम्झाउदै भने।

यस पछि उनीहरु कृष्णमन्दिर तिर गए। यहाँ अरु साथीहरु हाती र सिहमा चढिरहेको देखे। हाती त सानो नै रहेछ रिनिकाले भने। यसै मन्दिरको छेउमा रहेको सानो पशुपति मन्दिरमा रहेको ढुङगाका कै साँढेलाई भने अग्लो खम्वा माथि राखिएको थियो। कृष्ण मन्दिरको पछाडि रहेको ढुङगेधारमा रहेको गोहीलाई देखाउदै मनिषाले भने यो गोहीको दाँत त कति सानो हगि एताउती हेर्दा सनिषले धाराको पछाडि सर्प र भ्यागतो पनि देखे। जनावरहरुको बारेमा जानकारी दिदै बिक्रमले भने धाराबाट पानी सफा गर्न बसेका होलान नि यिनीहरु। तर धाराबाट भने पानी आएको थिएन।

धारको दाँया पट्टीमा हेर्दै जादा उनीहरुले राजकुमारी र राजकुमार घोडामा चढिरहेको पनि देखे। यहाँ उनीहरु पहिलाका राजारानी नुहाउने नागपोखरी गए त्यहाँ एक जोडी सुनको नाग र तीन जोडी ढुङगाको नागलाई नमस्कार गर्दै उनीहरु त्यहाँबाट हिडे।

दरवार क्षेत्रमा नै रहेको एउटा मन्दिरमा भने पँुचथरीका जनावहरुको मुर्ति राखिएको रहेछ। पहिला खुडकिलामा कुकुर त्यस पछि लहरै घोडा सिह गैडु र उँट राखिएको रहेछ। यसैको नजिकमा रहेको सिलु महादेबको मन्दिरमा पनि तीन थरीका जनावरहरु साथीहरुले हेरे। त्यहाँ हाती सिह र गाइको मुर्तिहरु रहेछन्।

घुम्दाघम्दै साथीहरु नेपालको सबैभन्दा ठुलो मन्दिरको अगाडि पुगे। यस मन्दिरमा पनि हाती सिह र सार्दुल भनिने जनावरको मुर्ति साथीहरुले देखे। सार्दुल भन्ने जनावरको जिउँ सिहको जस्तो हुन्छ भन्ने टाउको चाहि गिद्धको जस्तो हुन्छ। यसै मन्दिर छेवैमा रहेको भैरव मन्दिरमा कुकुरको मुर्ति बनाइएको छ। भैरवको बहान कुकुर भएकोले यस मन्दिरमा कुकुरको मुर्ति बनाइएको हो मन्दिरका कुरुवा आशा बहादुर खाताखोले उनीहरुलाई जानकारी गराए।

मलाई त कछुवा हेर्न मन लागेको छ कछुवा कहु गएर हेर्ने होला भनी ऐलेनले सोद्धा सनिषले जवाफ दिए कछुवा त भीमसेन मन्दिरमा छ। यस पछि उनीहरु कछुवा खोज्न भीमसेन मन्दिर रहेको दत्तात्रय टोल पुगे। त्यहाँ उनीहरुले मन्दिर अगाडि राखिएको खम्बा मुति कछुवा देखे। दतात्रयमा रहेको कार्पेन्टर सपमा उनीहरुले साना साना आकार जनावहरुको मुर्तिहरु खेव हेरे। त्यहाँ लाटोकोसेरो गिद्ध सिह कछुवा खरायो हरीण जरीण मयुर लगायत अनैकों जीबजन्तुका मुर्तिका देखे। ती मुर्तिहरु साथीहरुलाई उपहार दिन बिक्रमले मयुर र सिहको मुर्ति किने।

बिश्व मै मयुर झ्याल भनेर प्रख्यात रहेको झ्याल खोज्दै जाँदा उनीहरु जेला टोलमा पुगे। त्यहाँ उनीहरुले झ्यालमा आफ्नो प्वाँख फिजाइराखेको मयुरको मुर्ति अवलोकन गरे। भ्रमण टोलीका साथीहरुलाइ अरु पनि धेरै जनावरहरुको खोजी गर्ने मन थियो तर साँझ पर्न लागेकोले उनीहरु फर्के। फर्कने बेलामा उनीहरुले एकै स्वरमा भने सबै साथीहरुले जीबजन्तुलाई माया गरौं।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...