Skip to main content

कार्यकारी अधिकृतद्वारा रकमी मोलतोलमा सातजना च्यामेको पदोन्नित

बीरगंज २५ भदौ। वीरगंज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत शिवदत्त भट्टराइले रकमी मोलतोलमा केही च्यामे कर्मचारीहरुलाई सार्वजनिक सूचना बिना गोप्य रुपबाट पद परिवर्तन गरी नाइके बनाएको विरोधमा सो कार्यालयका १७ जना च्यामे कर्मचारीहरुले सो पद खारेज गर्न उजुरी दिएको बुझिन आएको छ।

समाज कल्याण तथा सरसफाइ शाखा अन्तर्गत ३६६ जना च्यामे तथा २८ जना नाइके रहेको सो कार्यालयमा ३० वर्षदेखि च्यामे पदमै कार्यरत कर्मचारी रहंदाको अवस्थामा सम्बन्धित शाखालाई जानकारी नै नदिइ गोप्य रुपमा उक्त पद परिवर्तन गरिएको भनाइ शाखा प्रमुख दिवाकर कृष्ण मानन्धरको छ।

प्रशासन शाखाका तत्कालीन प्रमुख विजयकुमार डंगोलद्वारा उठाइएको टिप्पणीका आधारमा सार्वजनिक सूचना समेत नगरी गोप्य रुपमा सात जना च्यामेहरुलाई मात्र पदोन्नति गर्नुले तीस वर्षदेखि च्यामे पदमा कार्यरत रहेका अन्य च्यामेहरुमाथि अन्याय भएको उजुरीकर्ता च्यामेहरुको भनाइ छ।

चलानी नं ७७६४।०६५।०६६ च नं ७७६३ च नं ७७६२ च नं ७७६१ च नं ७७६० चन ७७५९ च नं ७७५८ बाट ०६६ जेठ १३ गते पदोन्नति हुने च्यामेहरु सुरेन्द्र राउत मेस्तर सुनीलकुमार उपाध्याय धर्मेन्द्र मेस्तर विशाल कुमार श्रीवास्तव नरेश साह कानू सुनीलकुमार राउत कुर्मी सूरज महतो कोइरीलाई ०६६ जेठ ११ गतेको निर्णयबाट च्यामेबाट नाइकेमा पद परिवर्तन गरीएको पत्र कार्यकारी अधिकृत भट्टराइले दिएका छन्।

सो पद परिवर्तनको विरोधमा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाइ समिति वीउमनपा कार्यालय समेतमा उजुरी परेको अवस्थामा उक्त एशोसिएसनले गलत प्रकि्रयाबाट पद परिवर्तन गरिएको गुनासो र उजुरी पर्न आएको भन्दै ०६६ भदौ १३ गते उक्त पद परिवर्तन खारेज गर्न लगाउने निर्णय समेत गरेको छ।

यस अवस्थामा हालसम्म सो परिवर्तित पद खारेज नगरेका कार्यकारी अधिकृत भट्टराइले उल्टो पर्साका प्रजिअ दुर्गाप्रसाद भण्डारीको सिफारिसमा एक च्यामे कर्मचारीको पद परिवर्तन गरी नाइके बनाएको भन्दै िहंडेका छन्।

कानूनी प्रकि्रया विपरित रकमी मोलतोलमा गोप्य रुपबाट सात जना च्यामेलाई पदोन्नति गरेको यस प्रकरणलाई सुधार नगरिए बहुसंख्यक च्यामे कर्मचारीहरुले सरसफाइ कार्यलाई असर गर्ने गरी आन्दोलन गर्न समेत पछि नपर्ने यस दैनिकलाई बताएका छन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।