Skip to main content

लंङगुरबर्ुजा खेल्न प्रतिबन्ध

काठमाडौं, ४ असोज। दसैतिहारको रमझममा जुवातास खेल्न गरिएको छ।
र्सार्बजनिकस्थलमा लंगुरबर्ुजाको नाममा जुवा खेलको बिकृतिले मध्यमबर्गका
मानिसहरु बीच झैझगडा हुन नदिन भक्तपुरको पाँचतले मन्दिर क्षेत्रमा
स्थानीबासिन्दाहरुले लंगुर बर्ुजा निषेधित क्षेत्र घोषणा गरेका छन्।
सुनिल चित्रकारको अगुवाइमा गठन भएको पाँचतले युवा समूहले दसै तिहार भरी
सो क्षेत्रमा लंगुरबर्ुजा प्रतिबन्ध गर्न घटस्थापनाको दिन एक सभा आयोजना
गरी लंगुरबर्ुजा निषेधित क्षेत्र घोषणा गरिएको छ। समूहले अनुगमन सुरु गरे
पछि सो क्षेत्र वरपर लंगुरबर्ुजा खेलाइएको छैन।
यहाँ लंगुरबर्ुजा नखेलाइए पनि सुकुलढोका, गोमारी, र्सर्ुजमारी, भर्वाचो
लगायतको ब्यस्त स्थानमा भने यस किसिमका खेलहरु जारी नै छन्। पाँचतलेका
युवाहरुले अन्य स्थानका युवालाई पनि आआफ्नो क्षेत्रलाई लंगुरबर्ुजा
निषेधित क्षेत्र घोषणा गरेका छन्। लंगुरबर्ुजामा खासगरी किसोर उमेरका
मानिसहरुले खेल्ने र खेलाउने गरेका छन्। हार्ने र जित्नेको बीचमा हुने
बिबादले झगडाको रुपलिने हुदाँ सामाजिक अशान्ति हुन नदिन पाँचतले
क्षेत्रलाइ लंगुरबर्ुजा निषेधित क्षेत्र घोषणा गरेर युवाहरुले गतिलो काम
गरेको स्थानीय बृद्धा मकरकृष्ण प्रजापतिले भने। सरकारी प्रशासनका मतियार
नेपाल प्रहरीका जवानहरु भने बर्दीको भरमा खेल्नका लागि राखिएको रुपैया
पैसा लिएर जाने गरेका छन्। खेल्ने र खेलाउनेलाई कारबाही गर्ने गरिएको
छैन। यसरी खोसिएको पैसा जवानहरुले आफ्नो दसै खर्च ठान्दै रक्सी खान
प्रयोग गर्ने गरेका छन्।
ब्यस्त सडकमा हुने खेलले र्सबसाधरणको आवागमनमा समेत बाधा परेको छ। चोक
चोकमा बिकृतिजन्य गतिबिधि भैरहदा समेत प्रहरीे मुकदर्शक भएको भन्दै
स्थानीयबासिन्दा रमेश दनेगुलुले आक्रोस पोखे। स्कुले बिद्यार्थीहरु समेत
यस किसिमका खेलमा ब्यस्त भए पछि यहाँका स्कुलहरुले दसैंमा दिने १५ दिने
बिदा ७ दिनमा सिमित बनाएका छन्। शिक्षक भरतकाजी हाकुदुवालले भने "हाम्रो
बिद्यालयले बिद्यार्थीहरु लंगुरबर्ुजा जस्तो खेलमा नफसुन भनेर चंगा
उडाउने प्रतियोगिताको आयोजना गरेका छौं"। फोटो नम्वर १३मा एक स्थानीबासी
पाँचतले मन्दिरमा लंगुरबर्ुजा निषेधित गरेको सुचना पढिरहेका छन्।- रविन
राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।