Skip to main content

गतिरोध अन्त्यका लागि कांगे्रसको पाँच प्रश्ताव

समयमै संविधान नबने मुलुक दुर्घटनामा पर्छ ः एमाले



सडक र सदनबाट सरकारलाई बर्खास्त गछौर्ं ः माओवादी



नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरिसंह केसीले अहिल्ेको राजननीति गतिरोध अन्त्यको लागि पाँचवोटा विकल्पहरु अघि सारीएको बताउनुभएको छ। रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहमहामन्त्री केसीले राष्ट्रपतिलाई महाअभियोग प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव सैनिक ऐन संशोधन नागरिक सर्वोच्ताका लागि दलहरुको सहमतिमा छुट्टै प्रश्ताव राष्टपति र प्रधानमन्त्रीको अधिकारबारे संविधान संशोधनको प्रश्ताव ल्याउन माओबादीलाई आग्रह गर्नुभएको छ। तर संकल्प प्रश्तावको बारेमा भने कांग्रेस कुनै पनि हालतमा छलफल गर्न तयार नहुने बताउनु भयो। उहाँले माओबादीहरुले सहमती चाहन्छन् भने यि विकल्पहरु मध्यबाट निकास दिनु पर्छ। वर्तमान सरकारको कुनै विकल्प नभएको बताउँदै संविधान नबनुाजेल र शान्ति प्रकि्रया निश्कर्षमा नपुगुनजेल आपुनो पार्टीले सरकारको विकल्प नखोज्ने बताए। प्रवक्ता केसीले भन्नुभयो सरकारको नेतृत्व कांग्रेसले गर्ने प्रश्ताव आए पनि कांग्रेसलाई मान्य हुदैन। माओबादीसंग मिलेर अर्को सरकार गठन गर्ने कुर्न सम्भावना छैन। संसद अवरुद्ध सडक जाम र बहिष्कार गरेर कुनै समस्याको समाधान निस्कँदैन।



रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एकीकृत माओवादीको प्रवक्ता दीनानाथ शर्माले नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमबारे संकल्प प्रस्तावमा छलफल गर्न संसदको कुन नियमावली र ऐनले रोकेको हो भन्ने प्रश्न गरे। सभामुखले कांग्रेस र एमालेको प्रभावमा छलफल रोकेको आरोप उनले लगाए। यो सरकारले अधिनायकबाद र निरंकुशता लाद्न चाहेको छ त्यसको विरुद्ध माओबादीले सडक र संसद ठप्प पारेर सरकारलाई बर्खास्त गर्ने बताए। हामी वार्ता गर्न जहिले पनि तयार छौं यदी समस्याको समाधान चाहने हो भने प्रधानमन्त्रीले ठोस प्रश्ताव लिएर आउनुपर्छ। उनले भने ुसमयमै संविधान नबने मुलुक दुर्घटना पर्छ भन्नेमा माओवादी सहमत छु उनले भने ुतर यसको सम्पूर्ण दोष उग्र दक्षिणपन्थी दल कांग्रेस र एमालेलाई जान्छ।ु उनले भने सरकारमा रहेका पार्टीहरु राष्ट्रपती शासन लाद्न उद्यत छन्।



एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले निर्धारित समयमै संविधान जारी नभए मुलुक दुर्घटनामा पर्ने चेतावनी दिए। नेता अधिकारीले बडादसैंको अवसरमा सबै दलका शीर्ष नेताले समयमै संविधान बनाउने सन्देश दिनुपर्ने बताए। शान्ति प्रकि्रया लडाकु समायोजन र संविधान निर्माणमा गम्भीर हुन उनले सबैसँग आग्रह गरे। अहिले यो सरकारको विकल्प छैन। माधव नेपालको विकल्प खोजियो भने मुलुक दुर्घटनामा जान्छ भन्दै नेता अधिकारीले यहि सरकारमा माओबादी सहभागि भएर सहमति खोज्न आग्रह गरे।



कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले



संविधान नबनाएर नेताहरु वाणी युद्धमा अल्झिरहेको आरोप लगाए। यस्तै हो भने देश डुब्ने खतरा रहन्छ- उनले भने। राष्ट्रपतीका बारेमा कुनै पनि हालतमा संसदमा छलफल गर्न सिकंदैन। उनले भने सभामुखले एक पटक अस्विकार गरेको प्रश्ताव संसदमा प्रवेश गराउनै मिल्दैन। रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाले सबै दलहरुविच सहमतीको विकल्प नभएको बताउदै संविधान निर्माणको लागि सबैदलहरु सहमतीमा आउन आग्रह गरे।


Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...