Skip to main content

पुनरविवाहका लागि छुट्याइएको रकमप्रति एकल महिलाका ध्यानाकर्षण

काठमाडौं २३ भदौ । एकल महिलाहरुले नेपाल सरकारद्धारा एकल महिलाको पुनरविवाहका लागि छुट्याइएको रकमप्रति ध्यानाकर्षण भएको जनाएका छन्। आज रिपोर्टस्र क्लव नेपालमा आज पत्रकार सम्मेलन गरी उनीहरुले सरकारले न्युन रकम दिएकाले यसको पूर्ण बृद्धि हुनुपर्ने माग गरेका छन्।

हामी सरकारको यो नीतिको पूर्ण सहयोग गर्दै यसको स्वागत गर्दछौं एकल महिल जागरण समुह विर्तामोड झापाकी अध्यक्ष गिता बुढाथोकीले भन्नुभयो-तर सरकारले संविधानमा समेत एकल महिलाको हक-हितको सुरक्षा गर्नुपर्ने हाम्रो माग छ । अध्यक्ष बुढाथोकीले पूर्ण विवाह गरेर जान सक्ने अवस्थामा एकल महिलाका लागि सरकारको बजेट कम हुने धारणा राख्नुभयो। उहांले एकल महिलाहरुको बृद्धि विकास गर्नका लागि स्वरोजगारको व्यवस्था हुनुपर्ने र बृद्धाहरुको सवालमा औषधी उपचारको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसकी सभासद् ममता थेवे एमालेकी सभासद् शान्ति अधिकारी र अर्थ मन्त्रालयका प्रतिनिधि कृष्ण बस्नेत लगायतका बक्ताहरुले बोल्नुभएको थियो।

सो अवसरमा एकल महिलाहरुले विधवा भत्ताको पूर्ण व्यवस्था वालवालिकाको प्राथमिक देखि उच्च तह सम्म निशुल्क व्यवस्था सुलभ ऋणको व्यवस्था आयमुलक तालिमको पूर्ण व्यवस्था लगायतका १० सुत्रिय मागहहरु समेत राखेका छन्।

Comments