Skip to main content

यादवले करोडौंको घोटाला गरेको आरोप

वीरगंज, १८ असोज । कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले उपेन्द्र यादवले शहीद, अपांगको नाममा करोडौं घोटाला गरेको आरोप लगाएकी छन्।
असोज १६ गते फोरम नेपाल लोकतान्त्रिक पर्सर्ााजल्ला नगर कार्यसमिति गठन भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन- मधेशीको चाहना विपरित विदेशमा मधेशीलाई भजाउने काम भइरहेको छ।
बेगमले हाम्रो कृपाले यादव अहिलेको ठाउँमा पुगेका हुन् तर उपेन्द्रले हामीहरू छैनौं। उपेन्द्र यादवले नै पार्टर्ीीmुटाएको आरोप लगाएकी छन्।
मन्त्री बेगमले युवाहरू गाडीका टायर हुन्, गाडीमा जति तेल राख र चालकलाई चलाउन भन तर गाडी कुद्दैन जबसम्म गाडीको टायरमा हावा हुँदैन भन्नुभयो।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता लगायतको उपस्थिति थियो।

Comments