Skip to main content

सूचना पर्यटन केन्द्रको जग्गा तस्करीको सामान राख्ने गोदाम

वीरगंज, १३ कार्तिक । वीरगंजको वडा नं. १९ स्थित इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रसनि विकास कार्की अहिले अनाधिकृत रकम कमाउने होडमा उक्त प्रहरी चौकी नजिक रहेको सूचना पर्यटन कार्यालयको सरकारी जग्गामा जग्गामाफिया मेघराज यादवद्वारा अनाधिकृत रूपमा बनाइएको तस्करीको सामान थुपार्ने गोदामलाई संरक्षण प्रदान गरेको नाममा समेत मासिक नजराना उठाउने गरेको कुरा खुल्न आएको छ ।
गृह मन्त्रालयको सहसचिवको नातेदार रहेको रवाफ वीरगंज नगरका तस्कर जमातमाझ र्छर्दै हिंडेका प्रसनि कार्कीले आफू माथिको जिल्लादेखि मध्य क्ष्ँेत्रीय प्रहरी कार्यालय हेटौडा सम्मका प्रहरी अधिकृतहरूलाई कोशेली पुर्‍याउनुपर्ने नाममा सवारी नम्बर इन्ट्री, नेपाल-भारत दशगजा सीमा मितेरी पुल नजिकै अवैध संचालित रक्सी भट्ट,ि तस्करी लाइन वितरणबाट मासिक लाखौं रकम संकलन गरिरहेको बताइन्छ ।
भरपर्दो स्रोतका अनुसार भारतीय नम्बरका प्रति पर्यटक बससंग नम्बर इन्ट्रीका नाममा भारू दुइ सय, लहरी भारू एक सय, ट्रक भारू पचास, जीप, कार भारू ३० देखि ५० रकम संकलन गर्ने गरेका इन्चार्ज प्रसनि कार्कीले नेपाल-भारत सीमा नाका मितेरी पुल मूल सडक छेउमा अवैध रूपमा संचालन गर्न छुट दिएको दुइवटा रक्सी भट्टबिाट मासिक २५/२५ हजारका दरले अनाधिकृत रकम संकलन गर्ने गरेको जनाइन्छ ।
सोही स्रोतका अनुसार वीरगंज छपकैयाका नामचिन तस्कर इनरदेव, किसुनदेव यादव, मकबुल तेली मुन्ना, लामा लगायत भारत रक्सौल वरपर गाउंका एक दर्जन भन्दा बढी तस्कर समूह मण्डलीलाई आप\mनो नाकाबाट तस्करी गर्न छुट -अर्थात् लाइन) दिएवापत प्रसनि कार्कीले उक्त तस्करहरूबाट मासिक एक लाख भन्दा बढी रकम संकलन गर्ने गरेको दाबी छ ।
नाम र्सार्वजनिक गर्न नचाहने एक प्रहरी धकडिया श्रोतका अनुसार भन्सार वरपरका अन्य रक्सी पसल घुम्टीहरूबाट समेत अनाधिकृत आय श्रोतको आशा राख्ने प्रसनि कार्कीले इनर्वा प्रहरी चौकी नजिक टांसिएको सूचना पर्यटन कार्यालयको जग्गा किर्ते जालसाजी गरी इनर्वाकै मेघराज यादवले आप\mनो श्रीमती भगवती अहिरिन तथा आप\mनो नाममा कित्ता काट गरी नामसारी गराएको सर्न्दर्भमा हाल पुनरावेदन अदालत मकवानपुरमा मुद्दा चलिरहेको अवस्थामा सो स्थानमा बनाएको गोदामलाई चौकी इन्चार्ज प्रसनि कार्कीले आर्थिक प्रलोभनमा फसेर संरक्ष्ँण प्रदान गरिरहेको बताएका छन् ।
यसरी सीमा सुरक्ष्र्ँार्थ खटाइएका इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रसनि कार्कीले पुनरावेदन अदालत हेटौडामा विचाराधीन रहेको मुद्दाको फैसला नहुन्जेल गोदाम बनाउन दिनु र बनेका गोदाममा प्रत्येक दिन तस्करहरूद्वारा राजस्व छलि गरी तस्करी गर्न राखिने सामानको सुरक्षा गरेको नाममा नजराना संकलन गर्नु अनाधिकृत कार्य मात्र नभइ अपराध गरेको ठहरिने बौद्धिक वर्गको राय छ । तर्सथ यस प्रकरणतर्फ सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउन नितान्त आवश्यक रहेको छ ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।