Skip to main content

वीउवासंघद्वारा कडा विरोध

वीरगंज, २८ असोज । स्थानीय व्यवसायी विनोद अग्रवालको असोज २४ गते अपराधीद्वारा गरिएको निर्मम हत्याको ठीक ३ दिन पछि असोज २७ गते राति १० बजे स्थानीय व्यवसायीद्वय राजु गुप्ता र मनोज हरलालका माथि पुनः अपराधी समूहद्वारा गरिएको साङ्घातिक आक्रमणको वीरगंज उद्योग वाणिज्य संघले विरोध गरेको छ।
आज वीरगंज उद्योग वाणिज्य संघको नेतृत्वमा स्थानीय व्यापारीहरुले एक विरोध रयाली पर््रदर्शन गर्दै प्रजिअलाइ ज्ञापनपत्र बुझाएको छ।
संघका अध्यक्ष ओमप्रकाश सिकरियाको नेतृत्वमा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा स्थानीय उद्योगी व्यवसायी सम्मिलित एक टोलीले आज पर्साका प्रमुख जिल्ला अधिकारी मार्फ् गृहमन्त्री समक्ष ज्ञापन बुझाएका छन्।
ज्ञापन पत्रमा नगरको मध्य भागमा अपराधीद्वारा फिल्मी शैलीमा आएर गोली प्रहार गर्ने र सो पश्चात् आप\mनो पहिचान "बागड बिल्ला, जिन्दावाद" को नारा लगाएर निर्वाध रुपमा भाग्न सफल हुनुले स्थानीय स्तरमा रहेका प्रहरी र प्रशासनको सुरक्षा व्यवस्थाको खुला रुपमा खिल्ली उडाएको मात्र छैन, स्थानीय सुरक्षा निकायको अकर्मणयता र शान्ति सुरक्षा प्रतिको उदासीनतालाई एक पटक फेरि उजागर गरेको कुरा उल्लेख छ।
संघले विगतमा कैयौं पटक स्थानीय सुरक्षा निकायहरु समक्ष वीरगंजलाई सुरक्षित राख्न प्रभावकारी विशेष सुरक्षा योजना ल्याउनुपर्ने माग राख्दै लिखित एवं मौखिक रुपमा आग्रह गर्दै आइरहेको भएतापनि सम्बद्ध पक्षको सम्वेदनहीनताका कारण शृङ्खलाबद्ध हत्या हिंसाले परिस्थिति झनै प्रतिकूल बन्दै गइरहेको छ । जसको सम्पर्ूण्ा जिम्मेवारी वर्तमान सरकार र त्यस मातहतका निकायहरुले लिनुपर्ने स्पष्ट धारणा संघको रहेको छ।
शान्ति सुरक्षा कायम गर्न सरकारले विशेष सुरक्षा योजना ल्याउने तयारी गरिरहेको र्सार्वजनिक अभिव्यक्ति व्यक्त भइरहेकै बखत मुलुकको प्रमुख औद्योगिक नगर वीरगंजमा दिनहुँ जसो भइरहेको आपराधिक क्रियाकलापले विशेष सुरक्षा योजनालाई खुला रुपमा चुनौती दिइरहेको कुरा ज्ञापन पत्रमा उल्लेख छ।
ब्रि्रदो शान्ति सुरक्षाका कारण आम नागरिकमा व्याप्त भय र त्रासको वातावरणलाई निराकरण गर्न वर्तमान सरकारले अविलम्ब यस क्षेत्रमा विशेष सुरक्षा योजना कार्यान्वयन गरि प्रभावकारी शान्ति सुव्यवस्था बहाल गर्न वर्तमान सरकार समक्ष ज्ञापन पत्र मार्फ् माग गरिएको छ।
यताका दिनमा अनेकानेक आपराधिक समूहका नाममा भइरहेको आपराधिक क्रियाकलापलाई यथाशीघ्र नियन्त्रण गर्न स्थानीय स्तरमा अधिकार सम्पन्न छुट्टै अपराध नियन्त्रण एकाइ गठन गर्न समेत संघ माग गर्दछ । मिति २०६५ पौष ७ गते व्यवसायी राजेश क्यालको हत्याको ९ महिना पश्चात् मिति २०६६/६/२४ गते अर्का व्यापारी विनोद अग्रवालको हत्यासँगै २७ गते व्यवसायीद्वय माथि गरिएको साङ्घातिक आक्रमणका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरीबाट घटनामा संलग्न अपराधीहरुलाई पक्राउ, कारवाही, अनुसन्धान लगायत हालसम्म भए गरेका प्रयासहरु सम्बन्धमा आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले एक श्वेत पत्र जारी गर्न संघ सम्बन्धित निकायको ध्यानाकर्षा गराउँदै शृङ्खलाबद्ध रुपमा भइरहेको आपराधिक क्रियाकलाप, हत्या हिंसाको प्रकरण, चोरी र लुटपाटका घटना एउटा निश्चित समय सिमाभित्र नियन्त्रण गरी घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र पक्राउ गरि आउँदा दिनहरुमा यस्ता घटना दोहरिन नपाओस् भनि सम्बन्धित सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण समेत गराउन चाहन्छौं भनि ज्ञापन पत्रमा उल्लेख छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...