Skip to main content

छठ पर्वको आज विधिवत समापन गरिदै

-प्रणय कुमार-
वीरगंज ९ कार्तिक। निष्ठा, एकता एवं भक्ति तथा धार्मिक अनुसंठानका साथ
विगत चार दिन देखि शुरु भएको छठ पर्व आज उदाउँदो सूर्यलाई अर्ध्यदिएरै
समापन गरिदएको छ। नुहाएर लौका एवं फर्सिको तरकारी र मंसिर महिनामा
उत्पादन हुने धानको चामलको भात खाएर शुरु भएको योे पर्व आज ब्रतालुहरुले
उदाउँदो सूर्यलाई अर्ध्य दिई सम्पन्न गरेका छन्। ब्रत सम्पन्न गर्नका
लागि आज देश भरीका लगाएत पर्साको मुख्य घाट घडीअर्वा पोखरी तथा रानीघाट,
छप्कैयाँ , नगवा तथा सिर्सिया नदिको किनारमा र वाराको राम जानकी, मोतिसर,
च्ािम्नीमाइ लगाएतका घाट हरुमा ब्रतालुहरु जम्मा भई उदाउँदो सूर्य
प्रतिक्षा गरेका थिए। लगातार चार दिनको ब्रत पछि सूर्य भगवान तथा छठि
मैयाँले चिताएको कुरा पुर्याउँछन् भन्ने ब्रतालुहरुमा धार्मिक विश्वास
रहेको छ। ब्रत समापन पश्चात छठको विशेष प्रसाद ठेकुवा, नरिवल, केरा,
उँखु, बतासा तथा सख्खर मिसाएर चामलको पिठोबाट बनाईएका विभिन्न परिकारहरु
आफन्त र छरछिमेकमा बाँढ्ने चलन रहको छ। छठ प्रसाद जतिधेरैलाई बाँढ्यो
त्यत्ति नै पुण्य कमाईने धार्मिक विश्वास रहेको छ। गत वर्षभन्दा यस पटक
वीरगंजको घडिअर्वा पोखरीमा सुरक्षा संयन्त्र कडा बनाउन पहिलो पटक सिसि
टिभि अर्थात १० वटा क्यामेरा जडान गरिएकाले चोरीको गतिविधि हुन नपाएको
व्यवस्थापन समितिले जनाएको छ।

परम्परा संकटमा,वीरगंजमा केहीले घरमै छठ मनाए

छठमा जालाशयमा गएर सूर्यको पुजा गर्नै पर्ने भन्ने निति नियम रहिआएकोमा
वीरगंजमा सवैले घाटमै गएर छठ पर्व मनाएनन् भन्दा अनौठो लाग्ला तर
वीरगंजका केही परिवारले घरको छतमा छठ मनाएका छन्। वीरगंजको मारवाडी
समुदायका केही परिवारले यसरी छठ मनाएका हुन। घरको छतमा खोलाको पानि
ल्याएर तामाको ठुलो बाटामा जमाएर ल्यसैलाई नदि मानी उनिहरुले पुजाआज गरे।
नदि तलाउको घाट धेरै भिडभाड हुने गरेकोले घरको छतमै सुविस्ताले छठ मनाएको
उनिहरुले बताए। यसरी छठ मनाउन वीरगंजका आठ दश वटा मारवाडी समुदायका
परिवारहरु यसै छतमा जम्मा भएका थिए। यिनिहरुले विगत पाँच सात बर्षदेखि नै
यसरी नै छठ मनाउँदै आएका छन्। घरमै मनाएपनि आफुहरुले कुनैपनि विधि
नछाड्ने उनिहरुको भनाई छ। घरको छतमै विधि पर्ुवक छठ मनाउनु सुविस्ताको
हिसावलेे त सही हो , तर तर्राईका ब्रतालुहरुले नै घाट जानाको गाह्रोले
यसरी घरमै छठ मनाउन सुरु गरेपछि यसले छठ मनाउने हाम्रो परम्परागत विधिलाई
संकटमा नपार्ला त रु यस तर्फकहिले सोच्ने रु

घडीअर्वालाई यस पालिपनि दुल्ही झै सिड.गारियो
तर्राईमा धुमधामसित मनाईने छठ पर्वको आज पहिलो दिन खर्ना। दिनभर ब्रत
गरेर साँझ ब्रतालुले रसिया रोटी भनिने दूध, अरुवा चामल र सख्खर मिसाएर
बनाइएको खिर र पुरी खाने गर्छन्। रसिया रोटी खाएपछि ब्रतालुले ३६ घण्टा
पानी समेत नपिइकन एकैचोटी पर्सर्ीीदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र
प्रसाद खान्छन्। वीरगन्जमा छठ पर्वका लागि सूर्य आराधना गर्न ब्रतालुहरु
जमघट हुने घाटको सजावटमा प्रतिस्पर्धा हुने गरेको छ। खासगरी घडीअर्वा,
रानीघाट, नगवाका छठ पूजा समितिले घाटलाई भव्य बनाउन ठूलो धनराशी खर्च
गरेको छ । वीरगन्जको प्रख्यात घडीअर्वा पोखरी यतिबेला धनाढ्य परिवारकी
दुलहीको घर झैं सिंगारिएको छ। वीरगन्ज उपमहानगरपालिकाले घडीअर्वा पोखरीको
डिजाइन छठ पर्वका ब्रतालुहरुलाई सजिलो हुनेगरी बनाएको छ । पर्वकै लागि
यहाँ सूर्य मन्दिरसमेत निर्माण गरिएको छ। बितेको चार वर्षेखि पोखरीको
साजसज्जा र तामझाममा लाखौं रुपैयाँ खर्च गर्न थालिएको छ। छठ पूजा समितिले
यसपालि पण्डालका लागि मात्र चार लाख भन्दा बढी खर्च गर्ने भएको छ।
रानीघाट छठ पूजा समितिले पनि घडीअर्वाको तामझामलाई नै टक्कर दिने गरी छठ
पूजाका लागि सिंगारपटार गरेको छ। घडीअर्वामा रहेको सूर्य मन्दिर जस्तै
यहां पनि छठी मैयाँको मर्ूर्ती बनाइएको छ। सिर्सिया किनारामा पूजा
समितिले भव्य पण्डाल समेत निर्माण गरेको छ। वीरगन्जका एक दर्जनजति
ठाउँमा भोलि साँझ र पर्सि बिहान सूर्यलाई अर्घ दिन, घाट सजिसजाउ गरिएको
छ। छठ पूजाको तामझाममा हुने खर्चका लागि आयोजकहरुले चिठ्ठा सञ्चालन
गर्नुका साथै विज्ञापन र चन्दा समेत संकलन गर्ने गरेका छन्।

छठ पर्वमा बढ्दो प्रतिस्पर्धा

तर्राईवासीको महान् पर्व छठ पूजाको व्यवस्थापनमा बढी तामझाम र
प्रतिस्पर्धा बढेको छ। छठ पूजा गर्ने विधी पुरानै भएतापनि यता केही
वर्षेखि वीरगंजमा घाटको सजावट र भव्यता निर्माणमा प्रतिस्पर्धा हुन
थालेको छ। विभिन्न रङ्गीविरङ्गी टेन्ट/पन्डाल को निर्माण र घाटको सजावटमा
मात्रै लाखोै रकम खर्च गर्ने गरिएको छ। वीरगंजमा मुख्यतुःु घडिअर्वा
पोखरी परिसर, रानीघाट स्थित सिर्सिया नदीको किनार, मुड्ली र नगवामा बढी
रौनकता र भव्याताका साथ छठ पर्व मनाईने गरिन्छ। छठ पूजा भव्यताका साथ
सम्पन्न गर्न घडिअर्वा पोखरी परिसरमा यस वर्षकरिब आठ लाख रकम बरावरको
टेन्ट/पन्डाल, बिजूूली र फूूल सजावट, साउण्ड र्सर्विस, अतिथि सत्कारमा
खर्च छूूटयार्इर्र्को छठ व्यावस्थापन समितिका अध्यक्ष रामनगिना साह कानले
जानकारी गराउनुभएको छ। यसैगरि रानीघाट स्थित नदी किनारमा भगवानको
मर्ुर्ति निर्माण गरिएको छ। जिवीत भगवान र्सयको उपासना वसी अर्घ दिईने यस
पर्वमा भगवानको मूर्ुर्ति निर्माण,पन्डाल निर्माण र घाटको सजावटमा बढ्दै
गएको तामझामले छठ पर्वमा प्रतिस्पर्धा भएको प्रष्ट पार्छ भने यसले
व्यापारी , उधोग्ाी लगायत सरकारी कार्यालयहरुमा चन्दाको भार बृद्धि गरेको
छ। यधपि सामाजिक बिशलेषकहरु यसलाई फजूुलको खर्च र मधेसी समाजको विकृतिको
रुपमा व्याख्या गर्छन्। भोजपरी सांस्कृतिक समाजका अगवा डा. गोपाल अश्कले
खर्चिलो प्रतिस्पर्धाले यस महा पर्वको मौलिकतालाई ओझल गरिरहेका ओरोप
लगाउछन्। उनले रकमको सामाजिक कार्यमा सदूुपयोग गर्नमा जोड दिन्छन्।

छठ पर्व कसरी मनाईन्छ

छठ पर्व भनेको हिन्दूहरुको महान पर्व हो। उदाउदो सूर्यको पूजा त सबैले
नै गरिन तर हिन्दू धर्म अनुसार अस्थाउने सूर्यको पूजा गर्ने परम्परा पनि
छ। यो परम्पराले शक्तिशालीको मात्र होईन दर्ुलवहरुको पनि पूजा हिन्दू
धर्ममा गरिन्छ। जसको प्रमान छठ पूजाको रुपमा सबैको समुमा छ। छठ पर्वलाई
हर्षोललास र भब्यताका साथ मनाउन श्रद्धालु भक्तजनहरु अहिले बीरगंजका
सम्पर्ूण्ा पोखरी र नदी किनारको सरसर्फइ एवम सजावटमा ब्यस्त छन। बिगतमा
झै यस बर्षपनि ऐतिहासिक एवम सांस्कृतिक महत्व बोकेका घडिअर्वा पोखरी,
रानीघाट, नगवा र छपकैयाँ पोखरी तथा श्रीसियाँ नदी किनार लगायतका
क्षेत्रमा छठका लागि बिशेष तयारी चलिरहेको छ। छठ पूजा चौठी देखि सुरु
हुने गरिन्छ। त्यस दिन ब्रतालुहरुले खोला, नदी र पोखरीमा नुहाई धुवाई
शुद्ध भई चोखो माटोले आफ्नो घरको चुला भन्साघरलाई लिपपोत गरि चोखो खाना
खान्छन्। पंचमीका दिन जस्ालाई हामी खर्ना भन्ने गर्र्छौ। त्यस दिन
ब्रतालुहरुले दिनभरि एक थोपा पानी समेत नखाई साँझ पख नुहाएर चोखो भई
आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा चोखो माटोले बनाएको चुल्हो
स्थापना गरि खिर, रोटी र फलफूल लिने गरिन्छ। खरनाको भोलि पल्ट अर्थात
उपासकहरुले करिब ३० घण्टा सम्म एक थोपा पानी पनि नखाई धार्मिक बिधि
अनुरुप श्रद्धा र भक्तिपर्ूवक पूजा आजा गर्नमा लाग्छन्। छठ पर्वको सझिया
घाट अर्थात खष्टिका दिन श्रद्धालु भक्तजनहरु थरिथरिका फलफूलहरु जस्तै
जटासमेतको नरिवल, मुला, अदुवा, उँखु, मिर्ठाई, गेडागुडी र शुद्ध पिठोबाट
बनाईएका बिभिन्न परिकार तथा पूजा सामग्री समेत बासको टोकरीमा सजाएर
ब्रतालु अर्थात उपासकहरुले चोखो वा नयाँ लुगा लगाई छठको भजन र गीत गाउँदै
खोला, नदी, पोखरी एवम् तलाउका किनारमा गई धुप, दिप बाली छठीमाताको भजन
गाँउदै अस्ताउन लागेको सूर्यलाई अर्घ दिने गर्छन्। जसलाई हामी सूर्य
षष्ठी ब्रत पनि भन्ने गछौ। छठको गीत संगीत र लोक भाकाको ध्वनी
गुन्जिरहन्छ। पिठोका परिकार बनाउँदा पूजा सामग्री पोखरी वा नदी किनार
सम्म लैजाँदा र पूजा चलिरहँदा बेलामा पनि छठको गीत संगीत र लोकभाका
गाईरहन्छन। छठ पर्वको राती केही ब्रतालुहरु घर र्फकन्छन् भने केही
मात्रामा ब्रतालु अर्थात उपासकहरु रात भरी खोला वा पोखरीको किनारमा जागरण
गरि मङ्गल गीत गाई रात भरी पनि बस्ने गर्दछन्। छठ पर्वको राती ब्रतालुहरु
आफनो घर फर्कि कोशि पूजा गर्ने गर्छन। घर फर्केका ब्रतालुहरु बिहानै
उज्यालो हुनु भन्दा पहिला नदी, खोला र पोखरीका किनारमा पुगि त्यहाँ पनि
कोशी पूजा गरि उदाउने सूर्यको प्रतिक्षा गर्छन्। सूर्य उदाएका बेला खोला,
नदी र पोखरीको जलमा उभिएर दुध र गंगाजलबाट अर्घ दिई छठ पर्वको समापन
गरिन्छ। सप्तमीका दिन बिहान यो पूजा अरु सबै पूजा भन्दा पनि कठोर र
फलदायक पनि छ। यसको मान्यता अनुसार पूजा गर्ने श्रद्धालुहरुले
मनोवान्चितर् इच्छा फल प्राप्त गर्ने बिश्वास जन समुदायमा ब्यापक रुपमा
देखा परेको छ। यो छठ पर्व कात्तिक महिनाको शुक्ल पक्षको चौठी देखि आरम्भ
भई सप्तमीको बिहान समापन हुने गरिन्छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।