Skip to main content

कुशलको कुशलता, सोलार कार बनाएर देखाए

-चन्द्रप्रकाश शर्मा
बागलुङ, १४ कार्तिक। बालवैज्ञानिक कुशल के.सी.ले अन्ततः सोलार कार बनाएका छन्। पांच महिनाअघि आफुद्वारा निर्मित 'स्पीडीइगल' नामक हेलिकप्टरको प्रदर्शन गर्ने क्रममा सोलार कार बनाउने घोषणा गर्दा कत्तिले पत्याएकै थिएनन् होला, तर कुशलले निर्माण गरेको सोलार कार र्सार्वजनिक कार्यक्रममा हर्ेन आउने भीडलाई एक्कासी आर्श्चर्य चकित बनाएका छन्, आफ्नो सोलार कार विद्यालय परिसरमा गुडाएर।
कुशलले गाडी गुर्डाईरहंदा दर्शकदर्घर्ााट तालीको गडगडाहटले बधाई दिएका थिए। अमृत आदर्श उच्च मावि कक्षा १० मा अध्यनरत कुशल केसी- -१६ बर्ष ले सोलार, ब्याट्री र मोटरको प्रयोग गरी 'सोलार कार' निर्माण गरेका हुन्। कुशलद्वारा निर्मित कारमा तीन जना बस्न सकिन्छ। सामान्य आर्थिक अवस्था भएका कुशलले विद्यालय, सांस्कृतिक कार्यक्रम विभिन्न संघ/संस्था र व्यक्तिगत गरी ६ लाखको लागतमा उक्त सोलार निर्माण गरेको बताउनुभयो।
२० वाटको प्यानल ६ ओटा, १८ एम्पाएरको ब्याट्री २० ओटा र मोटरको प्रयोग गरी उक्त सोलार कार निर्माण गरेका कुशलले बताउनुभयो। कुशलद्वारा निर्मित सोलार कारलाई उद्घाटनपछि सदरमुकाम बागलुङ बजार घुमाईएको थियो। सानै उमेरमा सोलार कार निर्माण गरी सदरमुकाम बागलुङ बजारमा गुर्डाईरहंदा नगरबासीले तालीको गड्गडाहटबाट कुशललाई बधाई दिएका थिए।
'सामा्रगी जुटाउन मात्रै तीन महिना लाग्यो' कुशलले भन्नुभयो- 'साम्रगी जुटाएपछि ४२ दिनमा नै सोलार कार निर्माण सम्पन्न भयो।' कुशलले निर्माण गरेको सोलार कारको तौल ३ क्विन्टल रहेको छ। 'सोलार कार प्रतिघण्टा ५० किमी गुड्न सक्छ' विद्यालय, विभिन्न संघ/संस्था र विशिष्ट व्यक्तित्वबाट सम्मानित हुंदा प्रसन्न भएका कुशलले भन्नुभयो- 'यो त नमुना सोलारकार मात्रै हो, आर्थिक सहयोग मिलेमा विविधायुक्त कार बनाउने सोच गरेको छु।'
'सोलार कारको नै अवधारणा कसरी आयो भन्ने सञ्चारकर्मीको प्रश्नमा कुशलले भन्नुभयो- 'धुंवाबाट प्रदुषित बन्दै गएको विश्वको वातावरण जोगाउन र परनिर्भर नेपालमा सधै खड्किरहने डिजेल/पेट्रोलको अभावलाई पर्ुर्ति गर्न सोलार कार निर्माणमा रुची जाग्यो।' सोलार कार निर्माण गर्ने घोषणा गरी आर्थिक संकलन अभियान संचालन गरेपनि सरकारी निकायबाट कुनै किसिमको सहयोग नपाउंदा आफुलाई दुःख लागेको कुशलले बताउनुभयो। उहांले भन्नुभयो- 'सरकारले सहयोग गरेमा नयां प्रविधिको विकास गर्न सकिन्छ भन्ने सोच छ।' सो अवसरमा कुशलका बाबु भिम केसी र आमा रुद्र केसीलाई विद्यालयले सम्मान गरेको थियो।
बाबु भिम केसी र माता रुद्र केसीको कोखबाट २०५० चैत्र १७ गते जन्मिएका कुशलले यसअघि 'स्पिडी इगल' नामक हेलिकप्टर, डायोनामो, माइक्रोप्रोजेक्ट, टेलिस्कोप, फोटो प्रोजे्रक्नटर समेत निर्माण गरिसकेका छन्। कुशलका पिता रुद्रले प्राइभेट क्षेत्रको पानी, बिजुली र फोनको महशुल उठाउने काम गर्छन भने आमा रुद्रले सिलाई प्रशिक्षण केन्द्रमा काम गर्छिन। दर्ुइ छोरा र दर्ुइ छोरीको लालनपालन गर्दै आएका रुद्रले छोरा कुशलको उद्देश्यलाई सफल बनाउने लागि आर्थिक संकलनमा जुटेका छन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।