Skip to main content

अयोग्य लडाकुको पुनर्स्थापन प्याकेजमा हाम्रो र्समर्थन छैन ः बलदेव

काठमाडौं, २६ असोज। माओवादी सेनाका डेपुटी कमाण्डर एवं प्रबक्ता चन्द्रप्रकाश खनाल बलदेबले अनमीनद्वारा अयोग्य प्रमाणित गरिएका लडाकु पुनर्स्थापनाको सरकारी प्याकेजप्रति माओवादी सहमत नभएको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालद्वारा सोमवार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बलदेबले लडाकु समायोजन हुनै नसक्ने रक्षामन्त्री विद्या भण्डारीको अभिव्यक्ति जायज नभएको समेत टिप्पणि गरे।
'अनमीनले अयोग्य भनेका साथीहरुलाई बाहिर निकाल्ने कृुरामा हाम्रो आपत्ति होइन, तर सरकारले प्रस्तुत गर्न लागेको पुनस्र्थ्ाापन प्याकेज र शब्दाबलीहरुमा हाम्रो आपत्ति छ' साक्षात्कारमा बलदेबले भने, 'अहिले अयोग्य लडाकुहरुको चाहना बुझ्ने काम शुरुभएको छ। त्यसमा चाहि“ हाम्रो सहमति छ।' बलदेबले लडाकुहरुलाई 'समाजमा पुनस्र्थ्ाापन' भन्ने शब्दाबलीप्रति आपत्ति प्रकट गरे। उनले भने,' हाम्रा साथीहरु समाजमै छन्, समाजमा पुनर्स्थापन भन्ने शब्द उपयुक्त हैन, भविश्यको सुनिश्चित गर्ने आर्थिक प्याकेज महत्वपर्ूण्ा कुरा हो।' अयोग्य लडाकुलाई शिविर बाहिर निकाल्ने ६ वटा कदममध्ये केहीमा माओवादी सहमत नभएको र माओवादी सहमत नभई पुनर्स्थापन प्रक्रिया अघि बढ्न नसक्ने उनको भनाई थियो।
रिपोर्र्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी पोलिटव्युरो सदस्यसमेत रहेका बलदेबले पुनर्स्थापनाका लागि लडाकुहरुमा सूचना प्रबाह, अभिमत र इच्छा बुझ्नेकार्य, पुनर्स्थापन शिविरमा लैजाने कार्य, शिविरमा ४५ दिन राखेर तीन्ादेखि ११ महिने व्यवसायिक तालिम दिने र त्यसपछि पढ्न पाउने वा विदेश जान पाउने गरी तयार गरिएको सरकारी विकल्प रहेको खुलासा गरे। तर व्यवसायिक तालिम दिएर मात्रै लडाकुहरुको भविश्य सुनिश्चित नहुने तर्क गर्दै बलदेबले भने, 'हामीले मालिक र मजदूर स्वयम् लडाकुहरु हुने गरी सहकारी खोल्ने र त्यस अर्न्तर्गत फ्याक्ट्री सञ्चालन गर्न, जमीन उपलब्ध गराउन तथा आर्थिक सहयोग दिन सरकारलाई मौखिक प्रस्ताब गरेका छौ“। '
माओवादी लडाकु अहिले विशेष समिति अर्न्तर्गत पनि नरहेको र माओवादीबाट अलगसमेत नभएको उल्लेख गर्दै डेपुटी कमाण्डर बलदेबले दलीय सहमतिका आधारमा लडाकुहरुलाई सञ्चालन गर्नुपर्ने बताए।
पुनर्स्थापन प्रक्रियामा माओवादी नेतृत्वकै सरकारले पनि समस्या समाधान नगरेको दुखेसो उनले गरे। 'कांग्रेस सरकारमा रहेका बेला पनि समाधान भएन, माओवादी सरकारमा आएपछि पनि प्रारम्भिक काम मात्रै भयो समाधान भएन' बलदेबले भने।
राजनीतिक दलहरुबीच सहमति नभएसम्म सेना समायोजन हुन नसक्ने बलदेबले बताए। उनले भने, 'संविधान निर्माण, राज्यको पुनसंरचना र नया“ सुरक्षा संरचनाका लागि दलहरुबीच सहमति नभइ सुखै छैन। ' उनले लडाकुहरुलाई सेनामै समायोजन गर्नुपर्ने बताए। 'समायोजन सेनामै हेने हो तर नया“ राष्ट्रिय सेना बनाउनर्ुपर्छ भन्ने हाम्रो प्रस्ताब हो' उनले भने।
रक्षामन्त्री विद्या भण्डारीले सेनामा लडाकु समायोजन हुन नसक्ने भनाईप्रति उनले आपत्ति प्रकट गरे। 'समायोजन गर्न नसक्ने ताकत रक्षा मन्त्रीस“ग छैन, भीडन्त निम्त्याउने यस्त्ाा अभिव्यक्ति आपत्तिजनक छ' बलदेबले भने , 'समायोजन मन्त्रीको ताकत भन्दा बाहिरको कुरा हो। सहमति अनुसार हुनर्ुपर्छ।'

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...