Skip to main content

वीरगंज महोत्सवको दोश्रो चरण सुरु

वीरगंज, २३ असोज । हाम्रो वीरगंज - हाम्रो गौरव, नेपाली उद्योग नेपाली
उत्पादनको संरक्षण गरौं र स्थानीय बजारमा किनमेल गरौं - स्थानीय बजारको
पर््रबर्द्धन गरौं भन्ने मूल नाराका साथ वीरगंज महोत्सवको दोश्रो चरण
आजदेखि सुरु भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै अंचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी
उपरीक्ष्ँक टोपेन्द्रध्वज हमालले सुतेको वीरगंजलाई जगाउन महोत्सवले
खोजेको बताए । उनले महोत्सव लगायत खेलकूद महोत्सवको साथै विविध कार्यक्रम
गर्न जोड दिए।
महोत्सव संयोजक अशोक टेमानीले यो महोत्सव हरेक वर्ष मनाउने प्रतिबद्धता जाहेर गरे।
महोत्सवमा विभिन्न तयारी खाद्यान्न परिकार, विभिन्न वस्तुहरूको स्टल तथा
सा"स्कृतिक कार्यक्रम हुनेछ । सो कार्यक्रम २८ गते बुधवार सम्म संचालन
हुनेछ ।

Comments