Skip to main content

स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि विरामीहरू मर्कामा

-प्रणय कुमार
वीरगंज, २६ असोज। प्राथमिक स्वास्थ्य केन्द्र पोखरियामा चिकित्सक नै नभएपछि र्सवसाधारण सहज स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।
पर्सर्ाा झण्डै २० वटा गाविसका वासिन्दाहरूलाई लक्षित गरी स्वास्थ्य सेवा पुर्‍याउनका लागि पर्सर्ााे दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरिया गाविसमा बनाईएको स्वास्थ्य केन्द्रमा हर्ेर्ने हो भने कुनै अस्पतालको भन्दा कम सेवा सुविधा छैन तर चिकित्सकको अभावमा भएका भौतिक सामग्रीहरूलाई पनि प्रयोगमा ल्याउन नसकिएको अस्पतालका कर्मचारी बताउंछन्।
यस केन्द्रका लागि ३ चिकित्सक, ८ जना स्टाफ नर्स १ जना वी एन नर्स र ३ जना अहेबको दरबन्दी रहेपनि हाल १ जना चिकित्सक र ३ जना अहेव -एएनएम) को भरमा मात्र चलिरहेको केन्द्रका अहेब बृजेशले बताए । भएको एक चिकित्सक पनि निजी क्लिनिकको अलावा गोष्ठी, सेमिनार भनि विभिन्न बाहनामा अस्पताल नआई बाहिरै बस्ने भएकाले बिरामीहरूले राम्रो सेवा पाउन नसकेको उनले बताए।
एक त तर्राईको ग्रामिण क्षेत्रमा चिकित्सकहरू आउनै नमान्ने अर्कोतिर आएका चिकित्सकहरू पनि काज मिलाएर काठमाण्डौमै बस्ने गरेकाले र्सवसाधारण सानोतिनो विरामी पर्दा पनि सदरमुकाम वीरगंजमै धाउन सास्ती हुने गरेको छ । अस्पतालमा चिकित्सक नभएकोले उपचार्रार्थ आएका विरामीहरूलाई अहेवले नै चेकजांच गरेर फर्काउने गरेको सेवाग्राहीहरू बताउंछन्। सम्बन्धित चिकित्सक नहुंदा अहेबहरूले उपचारका नाममा अल्मल्याउने गरेर विरामीहरूको रोग निको पार्नुको सट्टा झनै बल्झाईदिने गरेको नजिकैको गाविस शिवर्वाका स्थानियवासी पदारथ प्रसाद कानुले बताए।
चिकित्सकको अभावमा विभिन्न मेडिकल कलेजबाट प्रयोगात्मक सिकाईका लागि आएका अनमी तथा स्टाफ नर्सहरूको सिकाई समेत प्रभावित भएको छ। अस्पतालमा विरामीहरूको चांप भए पनि उपचार पद्धतिबारे सिकाउने प्रशिक्षक अर्थात् डाक्टर नै नभएपछि आफू सरहका अहेबहरूबाट सिक्नु परेकाले सिकाई उपलब्धिमूलक नभएको विद्यार्थीहरूले गुनासो गरे।
सो केन्द्रमा पोखरीया लगायत नजिकाका पन्ध्र बीस वटा गाविसका गरी दैनिक झण्डै तीन हजार विरामीहरू आउने गरेपनि उनिहरूलाई सेवा प्रदान गर्न नसकिएको अहेब बृजेशले बताए।
दरबन्दि अनुरूपको चिकित्सक नभएपछि अस्पतालमा भएका बेडहरूलाई कर्मचारीहरूले क्वाटरमा लगेर सुत्ने ओच्छ्यानको रूपमा प्रयोग गर्दै आएका छन्। अस्पतालका लागि सरकारले दिएको १५ वटा बेडहरू मध्ये अस्पतालमा ६ वटा मात्र बेड राखिएका छन् भने बाँकी कर्मचारीको क्वाटरमा ओछ्यानको रूपमा प्रयोग भईरहेका छन्। हुन त चिकित्सक नै नभएपछि बेड के काम। सायद त्यसैलाई बुझेर पनि कर्मचारीले बांकी बेडको सदुपयोग गरेका होलान्।
सरकारले र्सवसुलभ स्व्ाास्थ्य सेवाका लागि गाउं गाउंमा यस्ता सुविधा सम्पन्न स्वास्थ्यकेन्द्र बनाईदिएर रकम नखर्चिएको त होइन तर तिनीहरू कसरी चलिरहेका छन् भन्ने बिषयमा चनाखो नहुंदा स्वास्थ्य क्षेत्रमा गरेकेा लगानी बालुवामा पानी खन्याए जस्तै भएको यसै स्वास्थ्य केन्द्रले पुष्टि गरेकेा छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।