वीरगंज, १९ असोज। नेपाल उद्योग वाणिज्य महासंघ र जर्मन प्राविधिक सहयोग संस्था -जिटिजेड) को सहकार्यमा उद्यमशीलता एवं स्वरोजगार परियोजना तयार गर्ने सम्बन्धी ५ हप्ते प्रशिक्षक प्रशिक्षण तालिममा वीरगंज उद्योग वाणिज्य संघको तर्फाट श्री अजय प्रकाश अधिकारीको सहभागिता रहेको थियो। २०६६ श्रावण ११ गतेदेखि नारायणगढ उद्योग वाणिज्य संघमा संचालित उक्त तालिमका सहभागी अधिकारीका अनुसार उक्त तालिममा उद्यमशीलताका विभिन्न भाग समेत समेट्ने गरी उद्यमशीलता विकास, स्वरोजगार वृद्धिको क्षेत्रमा प्रशिक्षकको रुपमा काम गर्न आवश्यक योग्यता एवं सीप अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएकोले आउँदा दिनहरुमा नेपाल सरकार, अर्थ मन्त्रालयको युवा तथा साना व्यवसायी स्वरोजगार तालिमलाई बढी गुणस्तरीय एवं उपलब्धीमूलक बनाउन सकिनुका साथै उद्योग वाणिज्यको क्षेत्रमा आवश्यक सहयोग पुग्ने देखिन्छ।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment