Skip to main content

जनतान्त्रिक तराइ मुक्ति मोर्चाको निर्णय

वीरगंज, १३ कार्तिक। जनतान्त्रिक तराइ मुक्ति मोर्चाको सम्पन्न दितीय महाधिवेशनले तराइ क्षेत्रमा वैचारिक एवं सशस्त्र गतिविधि बढाउने निर्णय गरेको छ।
आज मोर्चाको केन्द्रीय समितिले जारी गरेको प्रेस विज्ञप्ति खस शासन सत्ता समाप्त गर्न पहल गर्ने, जनतान्त्रिक सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाउने, वर्गीय संगठन विस्तार गर्ने निर्ण्र्ाागरेको उल्लेख छ। विज्ञप्तिमा मोर्चाको केन्द्रीय अध्यक्ष पदमा राजन, उपाध्यक्षमा उज्जवल मुक्तिको निर्विरोध निर्वाचित भएको उल्लेख छ। मोर्चाको तत्कालीन रहेको २३ सदस्यीय केन्द्रीय कार्यसमितिलाई विस्तार गरी ३५ सदस्यीय एवं ९ पोलिटब्यूरो सदस्य गठन गरेको समेत जनाएको छ।

Comments