Skip to main content

माओवादी आन्दोलनले देशलाई सशस्त्र द्वन्द्वमा धकेल्छ-नागरिक समाज

काठमाडौं, कात्तिक १२ । नागरिक समाजका अगुवाहरुले एकीकृत नेकपा माओवादीको आन्दोलनले मुलुकलाई अर्को सशस्त्र द्वन्द्वमा धकेल्ने खतरा औल्याएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आन्दोलनले नागरिक सर्वोच्चता स्थापित हुनुको साटो भएका अधिकार समेत खोसिएर दक्षिणपन्थी शक्तिलाई बलियो बनाउनसक्ने बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा.केदारनरसिंह केसीले माओवादी ले मुठभेडको खतरा बढाउने बताए । तत्काल आन्दोलन फिर्ता लिएर सहमतिको बाटोमा आउन आग्रह गर्दै भने,'अहिले आन्दोलन गर्ने बेला होइन, सहमतिका साथ जानुहोस् ।' सरकारले पनि परिस्थितिको जटिलतालाई मनन गरेर माओवादीको जायज माग सम्बोधन गर्नेतिर ध्यान दिनुपर्ने बताए । माओवादीलाई हिंसात्मक गतिविधि त्याग्न केसीको आग्रह थियो । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवामाथिको माओवादी आक्रमणका अलावा अन्य हिंसात्मक घटनाको निन्दा गरे ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले माओवादी आन्दोलनले राजनीतिक अस्थिरतालाई बढवा दिने टिप्पणी गरे । उनले भने,'माओवादी आन्दोलन नभई अतिवाद हो, यसले जानी नजानी दक्षिणवादी अतिवाद उत्पन्न हुदैछ ।' आफै सहभागी भएर बनाएको संविधानको बाटो भन्दा भिन्न बाटोमा हिंड्नुले गम्भीर आशंका उत्पन्न गराएकेा बताए । देश जोगाउने र संविधान समयमै बनाउने हो भने माओवादीले आन्दोलन फिर्ता लिनुपर्ने बताए । पछिल्लो असहमतिले सशस्त्र द्वन्द्वको खतरा उत्पन्न भएको बताए । समयमै संविधान नबने देशमा संकटकाल र राष्ट्रपति शासन आउनसक्ने बताए । उनले भने,'माओवादीले कि त आन्दोलन फिर्ता लिने अवस्था आउंछ कि त देशमा दक्षिणपन्थी शक्ति हावी हुने अवस्था बन्छ ।'
मानवअधिकारकर्मी पुरुषोत्तम दाहालले माओवादी आन्दोलनले अर्को सशस्त्र द्वन्द्वको खतरा बढाएको टिप्पणी गरे । शान्ति प्रक्रियालाई अगाडि बढाउनुपर्ने बेलामा आवेशमा आएर आन्दोलनमा जानुले देश र जनताको हित नगर्ने बताए । उनले भने,'माओवादीसंग मात्र हतियार छैन, अन्य सशस्त्र समूह पनि रहेको अवस्थामा हतियारको द्वन्द्व बढ्छ ।' माओवादीको कदम अराजक र ध्वंशात्मक भएको भन्दै पछिल्लो समय नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवामाथि गरिएको आक्रमणको भर्त्सना गरे । सत्ता र नागरिक सर्वोच्चताको व्याख्या संगै गरेर माओवादीले विरोधाभाषपर्ूण्ा काम गरेको बताए । माओवादीभित्रको अर्न्तद्वन्द्वले आन्दोलनको रुप लिन लागेको विश्लेषण गरे । तत्काल सहमतिमा नआए जातीय, धार्मिक र क्षेत्रगत ढंगले उग्रवाद बढ्ने बताए । माओवादीको कोर्टमा बल रहेकाले सबैभन्दा जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याए । तोकिएको समयभित्र संविधान नबने नागरिक समाज सभासदहरुको राजीनामा मागेर सडकमा ओर्लने चेतावनी दिए ।
नेपाल पत्रकार महासंघका पर्ूव सभापति तानाराथ दाहालले संविधानबाटै समस्या समाधानको बाटो खोज्नुपर्ने बताए । संविधान बाहिरबाट समाधान खोज्ने प्रयास भए थप समस्या आउने बताए । उनले भने,'माओवादी आन्दोलनले देशलाई झनै संकटमा धकेल्दैछ ।' माओवादी आन्दोलनमा जादा संविधान समयमा नबन्ने र त्यसले राष्ट्रपति शासन आउनसक्ने औल्याए । आन्दोलनको परिणाम दर्ुघटना हो भन्दै फिर्ता लिएर सहमतिमा आउन आग्रह गरे । सरकारको नेतृत्व गरेको नेकपा एमालेले प्रष्ट विचार दिएर समस्या समाधानको पहल गर्नुपर्ने बताए । एमालेभित्रै बढेको अर्न्तद्वन्द्व समस्याको एउटा कारक रहेको टिप्पणी गरे । माओवादीतिर ध्यान दिएर मात्र समस्या समाधान हुननसक्ने बताए ।
नेपाल बार एशोशिएसनका कार्यवाहक अध्यक्ष हर्रि्रसाद उप्रेतीले देशले अर्को आन्दोलन नचाहेको बताए । माओवादी आन्दोलनले देश र जनतालाई दुःख मात्र पुग्ने विश्लेषण गरे । उनले भने,'देश आन्दोलन थेग्ने अवस्थामा छैन, तर्सथ सहमतिमा आउनुको विकल्प छैन ।' नेता र दललाई प्रहार गर्ने नाममा व्यवस्थामाथि प्रहार गर्न खोजे गम्भीर परिणाम आउने बताए । माओवादीले कानुन र संविधानको बाटोभन्दा अलग बाटो रोजेमा अराजकता र अस्थिरता आउने टिप्पणी गरे । संविधानको पालना नगर्दा अस्थिरता बढेको बताए ।
मानवअधिकारकर्मी सुदीप पाठकले देश मुठभेड र सशस्त्र द्वन्द्वको खतरामा पुगेको बताए । माओवादी आन्दोलनले देशलाई थप ध्वंसात्मक अवस्थामा पुर्‍याउने सिवाय केही गर्न नसक्ने बताए । उनले भने,'माओवादी आन्दोलनले उसले भनेजस्तो नागरिक सर्वोच्चता नभई राष्ट्रपति शासनको बाटो खोल्नेछ ।' सहमतिका लागि सबै पक्ष जिम्मेवार हुन आग्रह गरे । विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ सहमति अनिवार्य भएको बताए । असारभित्र संविधान नबने संविधानसभा बिघटन हुनुपर्ने माग राखे । माओवादीले ढुंगामुढा, हत्या र जनअदालत ब्यूताएर सक्रियता देखाएको भन्दै आलोचना गरे । र्सवसाधारण गाउँघरबाट फेरि विस्थापित हुने अवस्था आएको बताए ।
प्राध्यापक डा.गुणनीधि न्यौपानेले जनताको सर्वोच्चताका नाममा जनतामाथि दुःख पुर्‍याउने कदम अस्वीकार्य हुने बताए । माओवादीको आन्दोलनले जनतालाई थप मर्का पर्ने बताए । संविधान अनुसार सबैलाई चल्न भन्दै चित्त नबुझेकोमा संवैधानिक बाटो खेाज्न आग्रह गरे । विरोधका नाममा सडक र सदन अवरुद्ध गरेर लोकतान्त्रिक प्रणालीलाई चुनौती दिने कदम उपयुक्त नभएको बताए ।
रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले सहमतिको विकल्प नभएको बताए । सहमतिका लागि सबैले आ आफ्नो स्थानबाट त्याग गर्नुपर्ने बताए । जनताले दलहरुबीचको एकता चाहेको भन्दै संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए । देशलाई स्थायित्व दिन संविधान निर्माण गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनुपर्ने भन्दै जिम्मेवार हुन आग्रह गरे ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।