Skip to main content

माओवादी आक्रमणको डटेर सामना गर्र्छौं-ऊर्जामन्त्री महत

काठमाडौं, कात्तिक ११। ऊर्जामन्त्री डा.प्रकाशशरण महतले एकीकृत नेकपा माओवादीको आक्रमणको डटेर सामना गरिने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै जनतालाई दुःख दिने काम जो कसैबाट भएमा चुप लागेर नबस्ने बताए।
माओवादीले भनेको आन्दोलनले जनतालाई दुःख मात्र दिने बताए। उनले भने,'सरकार शान्तिसुरक्षा कायम गर्न र जनतालाई अप्ठ्यारोमा पर्न नदिन लोकतान्त्रिक ढंगबाट आवश्यक कदम चाल्न तयार छ।' माओवादीले हिंसाको बाटो लिन खोजेको टिप्पणी गरे। कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवामाथि चितवनमा हिजो गरिएको आक्रमणले गम्भीर आशंका उब्जाएको बताए। उनले भने,'माओवादी हिंसाको बाटो अपनाउदैछन्, यसले लोकतन्त्रवादीलाई गम्भीर आशंका उब्जाएको छ।' लोकतन्त्रमा हिंसाले स्थान नपाउने भन्दै जनताले त्यसको कडा प्रतिवाद गर्ने बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै सदनबाटै बजेट पारित गर्ने बताए। माओवादीले सदन अवरुद्ध नछाडेपनि कुनैपनि हालतमा सदनबाट बजेट पारित गरिछाड्ने दाबी गरेका हुन्। 'माओवादीले सदन अवरुद्ध पारेपनि सदनबाटै बजेट पारित गर्नेछौं,' महतले भने,'ध्वनी मतबाटै बजेट पारित गर्र्छौं।' माओवादीलाई भरसक सहमतिमा ल्याउन प्रयत्न गर्ने नभएपनि लोकतान्त्रिक ढंगबाट बजेट पारित गरिने बताए। माओवादीले अलोकतान्त्रिक चरित्र देखाएर मुलुकलाई अनिर्याण्को बन्दी बनाउन खोजेको आरोप लगाउदै कडा रुपमा प्रस्तुत हुन वाध्य हुने चेतावनी दिए। माओवादीले डर, धाक, धम्कीको प्रवृत्ति नत्यागेको आरोप लगाए।
माओवादी आन्दोलनको कुनै तुक नरहेको बताए। जनतालाई दुःख पुग्नेबाहेक माओवादीले केही नगरेको आरोप लगाए। उनले भने,'नागरिक सर्वोच्चताका नाममा नागरिकलाई दुःख दिनेगरी माओवादीले आन्दोलन गर्दैछ।' माओवादी एकलौटी सत्ता संचालनका लागि अगाडि बढेको आरोप लगाए। सत्ता परिवर्तनका लागि विधिसम्मत ढंगबाट आउन चुनौती दिए। अहिले आन्दोलन नभई सहमतिका साथ संविधान निर्माण गर्ने बेला हो भन्दै सरकार गम्भीर भएको बताए।
रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले दलहरु सहमतिका साथ संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए। देशलाई स्थायित्व दिन संविधान निर्माण गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनुपर्ने भन्दै जिम्मेवार हुन आग्रह गरे।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।