Skip to main content

माओवादीलाई परास्त गर्र्छौं-मन्त्री खाणं

काठमाडौं, कात्तिक १३। सिचाईंमन्त्री बालकृष्ण खांणले एकीकृत नेकपा माओवादीलाई परास्त गर्ने दाबी गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आन्दोलनका नाममा माओवादीले अराजकता मच्चाउन खोजेकाले शक्ति प्रयोग गरेर परास्त गर्ने चेतावनी दिएका हुन्।
खाणंले माओवादीसंग मुकाबिला गर्न सरकार तयार रहेको बताए। 'माओवादीसंग मुकाबिला गर्न सरकार तयार छ,' मन्त्री खाणंले भने,'अराजक शैलीमा प्रस्तुत भएको माओवादी परास्त हुने निश्चित छ।' हतियारको बलमा सत्ता कब्जा गर्न खोज्नेहरु समाप्त भएको उल्लेख गर्दै माओवादी अहिलेको शैलीमा अगाडि बढ्न खोजे समाप्त हुने चेतावनी दिए। माओवादीप्रति कडा रुपमा प्रस्तुत भएका उनले आन्दोलनका नाममा हुने अराजकतालाई नियन्त्रणमा लिन सुरक्षा निकायलाई प्रभावकारी बनाइने बताए। उनले भने,'जनताको सुरक्षाका लागि सुरक्षा निकाय सुदृढ छन्।'
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले अब लोकतन्त्रवादी र अलोकतान्त्रिक शक्तिबीच संर्घष्ा हुने बताए। माओवादीलाई अलोकतान्त्रिक भन्दै ऊविरुद्ध लोकतान्त्रिक शक्ति एक हुनुपर्ने बताए। माओवादी उद्देश्य लोकतन्त्रवादीसंग भिड्ने रहेको बताए। उनले भने,र्'र्सवसत्तावादको उद्देश्यका साथ माओवादी भिड्न चाहन्छन्, सरकार पनि मुकाबिलाका लागि तयार छ।' माओवादीलाई पटक पटक अलोकतान्त्रिक र हिंसात्मक भन्दै आमने सामने भए शक्तिका साथ प्रस्तुत हुने चेतावनी दिए। देशमा र्सवसत्तावाद असम्भव भएको भन्दै त्यसलाई रोक्न जुनसुकै मूल्य चुकाउन तयार भएको बताए।
माओवादीभित्रको अर्न्तद्वन्द्वका कारण पछिल्लो अवस्था आएको टिप्पणी गरे। माओवादीभित्र जनयुद्धकालिन सोच र परिवर्तनकारी सोचबीच द्वन्द्व रहेको भन्दै अहिले जनयुद्धकालिन सोच भएकाहरु हावी भएको बताए। आन्दोलनलाई कथित भन्दै माओवादीले केही गर्न नसक्ने बताए।
सहमतिका लागि सरकार तयार रहेकाले वार्ताको ढोका खुल्ला रहेको बताए। माओवादीलाई वार्तामा आउन आग्रह गरिएबमोजिम नआए उसलाई नै घाटा पर्ने बताए। उनले भने,'आन्दोलनमा गए माओवादीले ठूलो मूल्य चुकाउनर्ुपर्छ।'र्
वर्तमान सरकार पूरा समय टिक्ने भन्दै कसैले ढाल्न नसक्ने बताए। आफ्ना दलभित्र सुजाता कोइराला उपप्रधानमन्त्री बनाइएकोमा विवाद नरहेको दाबी गरे। पार्टर्ीीत्र सानातिना बहस हुनु स्वाभाविक हुने भन्दै विवादका रुपमा लिननहुने बताए। महासमिति बैठकले पार्टर्ीीे महाधिवेशनको प्रभावकारी तयारीको टुंगो लगाउने बताए।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य केशव बडालले अहिले आन्दोलन गर्ने बेला नभएको बताए। माओवादी आन्दोलनले देशलाई मात्र नभई स्वयं उसलाई फाइदा नपुग्ने बताए। उनले भने,'सहमतिका साथ संविधान निर्माणमा जानुपर्नेमा आन्दोलनले कसैलाई फाइदा हुदैन।' देशले पटक पटक आन्दोलन थेग्न नसक्ने बताए। नेपालमा आन्दोलनका लागि कम्युनिष्ट र कांग्रेस एक हुनुपर्ने इतिहास स्मरण गराउदै भने,'माओवादीले शुरु गर्न लागेको विरोधका कार्यक्रमलाई आन्दोलन भन्न पनि मिल्दैन।'
देशलाई अर्को द्वन्द्वमा धकेल्ने षड्यन्त्रहरु भइरहेको भन्दै त्यसप्रति सचेत हुन आग्रह गरे। माओवादी कदमले देशलाई थप संकटमा पुर्‍याउने बताए। समस्या समाधानका लागि वार्ताको विकल्प नभएको बताए। वार्ताका लागि आफ्नो दल हदै लचक भएको बताए। शान्ति प्रक्रिया जटिल मोडमा पुग्ने खतरा रहेकाले त्यसप्रति शतर्क हुन आग्रह गरे।
एमालेमा पछिल्लो समयमा विवाद रहेको स्वीकार्दै त्यसको समाधान गरिने बताए। सहमतिमा जानुपर्ने अवस्थामा दलहरुभित्र विवाद बढ्नुलाई गम्भीर रुपमा लिनुपर्ने बताए। उनले भने,'अहिले विभाजित हुने बेला होइन, प्रतिक्रियावादीहरु दलहरुभित्र विभाजनको चाहना राखिरहेकाले सचेत हुनुपर्छ।' एमालेको काठमाडौं जिल्ला कमिटिले भिन्ना भिन्नै चीयापान आयोजना गरेकोबारे असन्तुष्टि जनाए। उनले भिन्नाभिन्नै चीयापान रोक्न पहल गर्दा पनि नभएको बताए।
रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले दलहरु सहमतिका साथ संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए। देशलाई स्थायित्व दिन संविधान निर्माण गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनुपर्ने भन्दै जिम्मेवार हुन आग्रह गरे। सहमतिका लागि सबे पक्षले आफ्नो तर्फाट योगदान पुर्‍याउनुपर्ने बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।