Skip to main content

जाम निवारण गर्न रक्सौलको सट्टा डर््राईपोर्टमा फलाम ल्याउने मांग

वीरगंज, १३ कार्तिक/ वीरगंज भन्सार क्षेत्रमा हुने गरेको बढ्दो ट्राफिक जामबाट सृजित समस्याको निवारणका लागि वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा संघका अध्यक्ष ओमप्रकाश सिकरियाको अध्यक्षतामा सरोकारवाला पक्षहरुको उपस्थितिमा आज एक गोष्ठीमा छलफल भयो। उक्त छलफल कार्यक्रममा संघका अध्यक्ष सिकरियाले मन्तव्य व्यक्त गर्दै नेपालको प्रमुख प्रवेशद्वारको रुपमा परिचित वीरगंज भन्सार क्षेत्रमा हुने गरेको ट्राफिक जामका कारक तत्वहरुलाई पहिचान गरी व्यवस्थित गर्न सबैले आफनो स्थानबाट सक्दो प्रयास गर्न जोड दिनु भयो। सो बैठकमा श्री केवल प्रसाद भण्डारी, प्रमुख भन्सार अधिकृत, वीरगंज भन्सार कार्यालय, श्री विनोद मानन्धर, क्षेत्रीय उपाध्यक्ष, नारायणी यातायात व्यवसायी संघ, श्री बद्री प्रसाद चौलागाईं, सचिव, नारायणी यातायात व्यवसायी संघ, श्री एक नारायण कोइराला, प्रमुख, जिल्ला ट्राफिक कार्यालय, श्री राजेन्द्र प्रसाद गुप्ता, पर्ूव अध्यक्ष तथा बरिष्ठ सल्लाहकार, ढुवानी व्यवसायी संघ, संधका पदाधिकारी उधोगी र व्यापारी लगायतका उपस्थिति रहेको थियो।
रक्सौल स्थित रेल्वे माल स्टेशनमा आउने गरेको फलामको कारणले अत्यधिक जाम हुने गरेको हुँदा वैकल्पिक उपायको रुपमा रक्सौलमा आउने गरेको फलामलाई ड्राइपोर्ट वीरगंजमा ल्याउँदा जाममा कमी आउने कुरा सहभागीहरुले राखेका थिए। हाल नेपाली ढुवानीकर्ताहरुसँग फलाम ढुवानी गर्ने उपयुक्त फ्लैट ट्रक आवश्यक परिमाणमा नभएकोले फलाम ढुवानी गर्न कठिनाई हुने भएकोले समस्याको तत्कालै सहजीकरणका लागि भारतीय नंम्बर कै प्लेट भएका फ्लैट ट्रकहरुलाई छव महिनाको लागि अत्यधिक रुपमा ड्राइपोर्ट भन्सारबाट सिमरा सम्म मात्र आवत जावत गर्न दिने सहमति र निर्णर्य गरियो।
भन्सार क्षेत्रमा हुने गरेको बढ्दो ट्राफिक जाम समस्या निवारणको लागि छलफल गोष्ठीमा ट्याङ्कर, ट्रेलर, टि्रपरका सवारी चालकहरुलाई भन्सार सिमा क्षेत्रमा ओभरटेक नगर्ने र लेन अनुशासन पालना गराउन अभ्रि्रेरित गराउने, ट्राफिक प्रहरीको समन्वयमा स्टिकर टाँस्न लगाउने सहमति भएको छ। त्यसै गरी रक्सौल कस्टममा तलको पुलबाट रिक्सा आदि सानो सवारी आवत जावत गर्न अनुमति दिन सम्बन्धित निकायसँग पत्राचार गर्नु पर्नेे, रक्सौलस्थित रेल्वे गुम्टीमा ओभरब्रिज बनाउन सम्बन्धित निकायसँग पहल गर्ने र वीरगंज भन्सारमा क्लियरिङ्गमा भएको विलम्बको कारण जाम नहुने कुरा वीरगंज भन्सार कार्यालयले सुनिश्चित गर्ुन पर्ने सहमति र निर्ण्र्ाागोष्ठीबाट गरियो।
यसै गरी रात्रि शिफ्टमा समेत मालसामान जाँच पास गराउने वीरगंज भन्सार कार्यालयले सुनिश्चित गर्ने, भन्सार एरियामा पस्ने गेटलाई फराकिलो बनाउन समय सिमाभित्र निर्माण गराउने, भन्सार क्षेत्रमा निजी वा सरकारी पार्किङ्ग एरिया खोल्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, रजत जयन्ती स्मारकदेखि शंकराचार्य गेट, रक्सौल पुलसम्म सडक विभाजक राख्न नगरपालिकासँग अनुरोध गर्ने र वीउवासंघले पनि अन्य निकायहरुको सहयोग लिई सहकार्य गर्ने तथा इनरुवा चौकी निर भइरहेको गैरकानूनी रकम असुली रोक्न पहल गर्ने लगायतका निर्ण्र्ााउक्त गोष्ठीबाट भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।
भन्सार क्षेत्रमा बढ्दो सवारी साधनको आवागमनलाई दृष्टिगत गरी त्यस क्षेत्रमा १० जना ट्राफिक प्रहरीहरुको नियमित दरबन्दीका लागि पहल गर्ने, भन्सार क्षेत्रको ब्रि्रदो सडक खण्डको मर्मत सम्भारको लागि सडक विभागलाई पत्राचार गर्ने सहमति र निर्ण्र्ाासमेत सो गोष्ठीमा भएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।