Skip to main content

गैर-आवासिय नेपाली संघ -एनआरएन)को नेतृत्व र्सवसम्मत हुन्छ(उपेन्द्र महतो

काठमाडौं, २५ असोज । गैर-आवासिय नेपाली संघ -एनआरएन) का अध्यक्ष डाक्टर उपेन्द्र महतोले गैर आवासिय नेपाली संघको नेतृत्व र्सवसम्मत हुने बताएका छन्। आइतबार रिपोर्टस क्लब नेपालको साक्षत्कारमा उनले र्सबसम्मत नेतृत्व पनि चुनाव नै भएको विषयमा सबै प्रत्यासीहरु सहमत भएकाले नेतृत्व र्सवसम्मत हुने बताए। आगामि मंगलबार हुने एनआरएनको सम्मेलनमा देवमान हिराचन, रामप्रताव थापा क्षेत्री र भीम उदासले अध्यक्ष पदका लागि उम्मेद्वारीको घोषणा गरिसकेका छन्।
ऋषि धमलाको अध्यक्षमा सम्पन्न साक्षत्कारमा नेपाल सरकारका कारण गैरआवासिय नेपालीले चाहे जति लगानी गर्न नसकेको बताए। 'सरकारले ६ महिनामा नै बनाउने भनेको ऐन ६ बर्षपछि बल्ल बनेको छ ,जसले गर्दा गर्नसक्ने सयूक्त लगानीमा ढिलाइ भएको छ। महतोले भने, 'नेपालमा हाइड्रो पावर, सडक, शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा गैरआवसिय नेपालीले लगानी गर्न चाहेका छन्।' यदि सरकारले वातावरण निर्माण गरिदिने हो भने धेरै ठुला प्रोजेक्टमा लगानी भित्रने छ। उनले एनआरएनहरुलाई भने नेपालमा ऐन कानुन बन्दै जान्छ, हामीहरु पनि लगानी गर्दै जाँउ। साझा लगानीले मात्र मुलुकलाई समुन्नत बनाउँने छ।
कार्यक्रममा महोतोले गैरआवासिय नेपालीले अहिले सम्म ३ सय मिलियन डलर आर्थिक र ३० करोड भन्दाबढी सामाजिक क्षेत्रमा लगानी गरिसकेको जानकारी दिए। उनले नेपाल समृद्ध बने विदेशमा रहेका नेपालीहरुको शीर उँचो हुने भएकाले सबैको ध्यान नेपालको विकासमा केन्द्रीत रहेको बताए। एनआरएनको तिन उद्देस्य प्रष्ट पार्दै अध्यक्ष महतोले भनेे विश्वभरी छरिएर रहेका नेपालीहरुको एक आपसमा परिचीत र संगठित हुन, विदेशमा पनि नेपालीहरुको विविध समस्या भएकोले उनीहरुको समस्या समाधान गर्न अनि विदेशमा कमाईएको आर्थिक, वौद्धिक र विविध क्षेत्रका अनुभव केहि मात्रामा मुलुकका लागि लगानी गर्न गैरआवासिय नेपाली संघको आबश्यकता रहेको छ। उनले शान्ति र विकास एउटा सिक्काका दुइटा पाटा भएकाले विकासका लागि शान्ति अपरिहार्य भएको बताए। अध्यक्ष महोताले गैरआवासिय नेपालीको नेतृत्व हस्तान्त्रण गरेपछि आफु आर्थिक राजनितिमा सक्रिय रहने बताए। उनले भने म राजनीति गर्दिन तर आर्थिक राजनीति गर्छर्ुु कार्यक्रममा महतोले आफ्नो लक्ष्य प्रष्ट पार्दै भने विश्वका धेरै देशमा नेपालीलाई भिषा नै नचाहियोस, भिषा चाहिने देशका अध्यागमनमा पनि प्लिज वईट नभनेर प्लिज वेलकम भन्ने वातावरणको निर्माण होस। उनले भने नेपालको हरियो पासपोर्ट विश्वका लागि गोरव बनाउन सकौं।
रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाले गैरआवासिय नेपालीहरुलाई नेपालमा लगानिको बाताबरण बनाउन सरकारलाई आग्रह गरे। उनले गैरआवासिय नेपालीहरुले मुलुकप्रतिको दाइत्व बोध गरि कार्यक्षेत्रमा लाग्न अनुरोध गरे।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।