Skip to main content

अनेसासद्वारा विभिन्न स्रष्टा पुरस्कृत तथा सम्मानित

काठमाडौं, २७ असोज। गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलनको सर्न्दर्भमा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज -अनेसास)ले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ।
अनेसासले आज राजधानीमा आयोजना गरेको दोस्रो गैरआवासीय नेपाली साहित्य उत्सवका अवसरमा स्रष्टाहरुलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुरस्कार तथा सम्मान वितरण गर्नुभयो।
कार्यक्रममा बरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, बरिष्ठ संगीतकार अम्बर गुरुङ, बरिष्ठ चित्रकार मनुजबाबु मिश्र, बरिष्ठ उपन्यासकार डायमण्ड शमशेर, बरिष्ठ समालोचक डा. तारानाथ शर्मा, बरिष्ठ साहित्यकार वानिरा गिरी र बरिष्ठ लेखक तथा साहित्यकार मोदनाथ प्रश्रतिलाई सम्मान गरिएको थियो।
सो अवसरमा समको सुखान्त नाट्यकारिता नामक समालोचना ग्रन्धका लागि डा. देवीप्रसाद सुवेदीलाई अन्तर्रर्ााट्रय नेपाली साहित्य, सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गरियो। पुरस्कारको राशी १५ सय अमेरिकी डलर रहेको छ। त्यस्तै आमा जानुहोस् नामक कथा संग्रहका लागि कथाकार माया ठकुरीलाई सर्वोत्कृष्ट नारी हस्ताक्षर अनेसास डिल्लीराम तिमसिना स्मृतिक पुस्तक पुरस्कार प्रदान गरिएको छ। सो पुरस्कारको राशी ४ सय अमेरिकी डलर रहेको छ।
त्यसैगरी रिता खत्रीको फूल रोएपछि नामक कविता कृतिका लागि सर्वोत्कृष्ट नवप्रतिभा पुरस्कार प्रदान गरिएको छ। सो पुरस्कारको राशी ३ सय १० अमेरिकी डलर छ। त्यसैगरी मूलको सङ्लो पानी गीतसंग्रहका लागि हरिभक्त बुढाथोकीलाई सर्वोत्कृष्ट नेपाली गीति कविता अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार प्रदान गरियो। सो पुरस्कारको राशी २ सय अमेरिकी डलर रहेको छ।
सोही कार्यक्रममा चन्द्रमामा खरायो नामक बालसाहित्यका लागि डा. सुष्मा आचार्यलाई अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुस्कार प्रदान गरियो। पुरस्कारको राशी २ सय अमेरिकी डलर छ।
त्यसैगरी तस्वीरहरु कविताका लागि ध्रुवलाल शर्मालाई २ सय अमेरिकी डलर राशी रहेको अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार, अन्तिम घुड्को कथाका लागि नगेन्द्र नेउपानेलाई २ सय अमेरिकी डलर राशीको अनेसास रमाकान्त सर्वोत्कृष्ट पुस्तक पुरस्कार, म गोपाल र अर्थात गोपालहरु नामक कविता कृतिका लागि वियोगी बुढाथोकीलाई २ सय अमेरिकी डलर राशीको अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, विखण्डित प्रवाह नामक कथाकृतिका लागि नवराज रिजाललाई २ सय अमेरिकी डलर राशीको गोविन्द गिरि प्रेरणा सर्वोत्कृष्ट पुरस्कार, जसको जोत उसको पोत प्रबन्धका लागि विमल भौकाजीलाई अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक पुरस्कार, अमेरिका नामक कविताकृतिका लागि शैलेद्र साकारलाई २ सय अमेरिकी डलर राशीको अनेसास चेतनाथ घिमिरे पुस्तक पुरस्कार, हिमवत् खण्ड नामक महाकाव्यका लागि भानुभक्त पोखरेललाई अनेसास सिता पाण्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान गरिएको छ।
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले वितरण गर्दै आएको डायस्पोरा साहित्य पुरस्कार भने यसअघि नै वितरण गरिसकिएको छ। जसमा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार बरिष्ठ साहित्यकार कृष्णप्रसाद श्रेष्ठ, खेमलाल हरिकला लामिछाने पुरस्कार डा. गोविन्दराज भट्टर्राई, फूलकुमारी महतो स्मृति पुरस्कार त्रिभुवन विश्व विद्यालय नेपाली केन्द्रीय विभाग र नारायण जयन्ता प्रर्साई वेभ पत्रकारिता पुरस्कार कृष्ण बजगाईलाई प्रदान गरिसकिएको छ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजका अध्यक्ष डा. कुमार बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा साधना कला केन्द्रका कलाकारहरुले नृत्य तथा गीत प्रस्तुत गरेका थिए।
यसैगरी गैर आवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी केही संचार माध्यमहरुमा गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा कुनै एक व्यक्तिको नाममा र्सवसम्मती भएको भन्ने समाचार प्रकाशित/प्रशारित भएकोप्रति गम्भीर ध्यानाकर्षा भएको जनाएको छ।
विज्ञप्तिमा उल्लेख छ- यही असोज २९ गतेका दिनमा मात्र गैर आवासीय नेपाली संघको साधारण सभा र निर्वाचन प्रक्रिया शुरु हुने हु“दा अध्यक्ष लगायत अन्य पदाधिकारी को कसले कुन पदमा उम्मेदवारी दिएका र को कुन पदमा निर्वाचित भएका छन् भन्ने कुरा त्यतिवेला मात्र प्रष्ट हुने जानकारी गराउदछौं।
हिजो भएको गैर आवासीय नेपाली साथीहरुको बैठकमा तीनै जना उम्मेदवार बीच संयुक्त भएर जाने, अध्यक्षका लागि एक जनाले मात्र उम्मेदवारी दिने र एक आपसमा चुनावी मैदानमा नउत्रने भन्ने साझा सहमती भएको पनि जानकारी गराउन चाहान्छौं।
तर्सथ कुनै एक व्यक्तिको नाम किटेर भ्रम सृजना गर्ने खालका समाचार प्रकाशित/प्रशारित नगरिदिनु हुन हार्दिक आग्रह गर्दछौं।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...