Skip to main content

माओवादीले कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव राखेर धराप थापेको छ - महत

काठमाडौं, १९ असोज। ऊर्जामन्त्री डा प्रकाशशरण महतले माओवादीले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव राखेर धराप थापेको बताएका छन्। मन्त्री महतले कांग्रेसलाई फुटाउने माओवादी खेलमा नफस्ने बताए।

रिपोर्र्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा डा महतले भने नेताहरुले अवरुद्ध संसदलाई निकास दिन गरेको पहललाई सत्ता समीकरणको खेलमा नबुझ्न आग्रह गरे। माओबादीले गिरिजाप्रसाद कोईरालालाई विगतमा राजालाइ जस्तै उपयोग गर्न सत्ताको कार्ड फालेको हो। राष्ट्रपतीले नागरिक सर्वोच्चता र संविधानको विरुद्ध नभई त्यसको संरक्षण र सर्म्बर्धनका लागि चालेको कदम स्वागत योग्य छ। उनले भने- राष्ट्रपतीका कदमका विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन।

माओबादीको अतिवाद विरुद्ध १८ दलको गठबन्धनबाट जन्मेको वर्तमान सरकारको विकल्प नभएको उनले बताए। उनले भने- माधव नेपालको विकल्प खोज्नु भनेको मुलुकलाई नै संकटमा धकेल्नु हो। माओबादीको एक दलिय नेतृत्वलाई नागरिक सर्वोच्चताका रुपमा नस्वीकार्ने अठोटका साथ जन्मेको सरकारको उद्देश्य शान्ति प्रकृया र संविधान निर्माण भएको मन्त्री महतले बताए।

प्रमुख प्रतिपक्षी दल एनेकपा माओबादी संसदीय दलका प्रमुख सचेतक पोष्टबहादुर बोगटीले पार्टर्ीीध्यक्ष प्रचण्ड रायमाझी आयोगले जनआन्दोलन विरोधी भन्दै दोषी ठहराएका पर्ूव मुख्य सचिव लोकमानसिंह कार्कीसँग बारम्बार भेटेको विषयलाई विषेश मुद्दाका रुपमा पार्टर्ीी उठाइने बताए। हिजो गिरिजाप्रसाद कोइराला र प्रचण्डले त्यहाँ गएर भेटेको कुरा बाहिर आएको छ, हामी पार्टर्ीीसबारे छलफल गर्र्छौं।

माओबादी स्थायी कमिटीको बैठकले नै नागरिक सर्वोच्चता र राष्ट्रपतीको कदमका बारेमा स्पष्ट रुपमा संकल्प प्रस्तावमा नआए संसद चल्न नदिने निर्ण्र्ाागरिसकेको उनले जानकारी दिए। उनले भने- नागरिक सर्वोच्चता र राष्ट्रपतिको कदमका बारेमा कुनै पनि रुपमा संकल्प प्रस्तावमा समावेश नभएमा तिहारपछि आन्दोलनको आँधीबेरी श्रृजना गर्नेछौं। उनले भने- शर्ीष्ा नेताहरु बसेर हाम्रो प्रस्तावमा छलफल गर्न सहमत नभएमा हामी संसद चल्न दिँदैनौं। हामीलाई आन्दोलनमा जान बाध्य नपारियोस्, सहमतिका साथ संसद चलाइयोस्, अन्यथा यो संसद चल्न सक्तैन।

कार्यक्रममा एमालेका नेता केशव बडालले संविधान निर्माण र शान्ति प्रक्रियाका लागि सहमतिमा जुटौं भन्ने आग्रह गरे। माओबादीको माग अनुसार सहमतिपत्रलाई शर्ीष्ा नेतृत्व मार्फ स्विकृत गराउने निर्ण्र्ाातिन दलिय वार्ता टोलिले गरेको जानकारी दिए। उनले भने राष्टपतिको विगतको कदमलाई नभएर आगामी दिनमा हुने कदम प्रति ध्यान दिन आग्रह गरे। यो मुलुकमा राष्ट्रपतिय पद्धतीको संखघोष गर्ने माओबादीले सो पदको नै अपमान हुने गरि कुनै पनि प्रश्ताव ल्याउनु राम्रो हुदैन। एमाले राष्ट्रपति कदमको विपक्षमा नभएको उनले स्पष्ट गरे।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।