Skip to main content

माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गरिछाड्छौं-प्रकाश

काठमाडौं, कात्तिक ११। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो दलको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राष्ट्रिय संयुक्त सरकार गठनलाई पनि उद्देश्य बनाएर संर्घष्ामा जाने निर्याण् गरिएको बताए।
'जनआन्दोलनको लक्ष्य पूरा गर्न माओवादी नेतृत्वको सरकार अनिवार्य छ,' प्रकाशले भने,र्'वर्तमान सरकार नागरिक सर्वोच्चतालाई कुल्चेर निर्माण भएकाले यसको विस्थापन अनिवार्य छ।' आफूहरु सहमतिका लागि हदैसम्म लचिलो हुदाहुदै नेपाली कांग्रेस र नेकपा एमाले जिम्मेवारी नबन्दा आन्दोलन अगाडि बढाउन वाध्य भएको बताए। आन्दोलनले मुलुकमा उथलपुथल ल्याउने दाबी गरे। वर्तमान सरकार कुनै हालतमा टिक्न नसक्ने दाबी गर्दै सहमतिका साथ विस्थापितको बाटो खोज्न आग्रह गरे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताए। अझै चार दिन बाँकी भएकाले झीनो आशा रहेको बताए। उनले भने,'हामी सहमति बनोस् भनेर लागेका छौं।' नागरिक सर्वोच्चता प्राथमिक मुद्या भएको र त्यसका लागि सरकार परिवर्तन अनिवार्य भएको बताए। आफूहरुले बनाएको प्याकेजको सहमतिको मस्यौदामा नागरिक सर्वोच्चताको सम्बोधन र माओवादी नेतृत्वको राष्ट्रिय सहमतिको संयुक्त सरकार दुवै रहेको उल्लेख गरे। राष्ट्रपति डा.रामवरण यादवको सेनापति थमौतीको कदम गलत हो भन्दै त्यसको विषयमा छलफलका लागि आग्रह गर्दा गर्दै बेवास्ता गर्दै अहिलेको अवस्था आइपरेको बताए।
सरकार परिवर्तनका लागि मात्र आन्दोलनमा जान लागेको भन्नु गलत भएको बताए। सरकार ढाल्न सदनमा बहमुत पुर्‍याए भइहाल्छ नि भन्ने प्र्र्र्रश्नमा उनले भने,'सरकार कसरी ढाल्ने हामीलाई थाहा छ, आन्दोलन सरकार परिवर्तनका लागि मात्र होइन नागरिक सर्वोच्चता कायम गर्न पनि हो।' सरकार ढाल्न मात्र आन्दोलन थालेको भन्ने नबुझ्न आग्रह गरे।
माओवादीको प्राथमिकता शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनु रहेको बताए। शान्तिका लागि वार्ता र सहमतिबाट अगाडि बढ्ने ढोका नथुनेको बताए। देशी विदेशीबाट प्रतिक्रान्तिको षड्यन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बताए। षड्यन्त्रलाई बुझेर सहमतिका लागि हदै लचिलो हुदापनि बेवास्ता भएको बताए।
आन्दोलनका क्रममा अन्य दलका नेता कार्यकर्तामाथि आक्रमण गरेकोबारे सोधिएको प्रश्नमा घुसपैठीहरुले भड्काउने र द्वन्द्व चर्काउनको काम गरेको बताए। कांग्रेस नेता शेरबहादुर देउवामाथि आक्रमण गरिएकोबारे सोधिएको प्रश्नमा उनले भने,'आक्रमण पार्टीको नीतिविपरित हो, कांग्रेसका तर्फाट हाम्रा साथीहरुमाथि आक्रमण भएपछि ढुंगामुढा भएको हो।' घटनामा एकपक्षीय ढंगबाट माओवादीमाथि आरोप लगाउने काम भएको भन्दै देउवामाथिको आक्रमणप्रति दुःख व्यक्त गरे।
रिपोर्र्टर्स क्लब नेपालमा अध्यक्ष ऋषि धमलाले दलहरु सहमतिका साथ संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए। देशलाई स्थायित्व दिन संविधान निर्माण गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनुपर्ने भन्दै जिम्मेवार हुन आग्रह गरे।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।