Skip to main content

गोरखधन्दा गरेको आशंकामा भारतीय डाक्टर दास पक्राउ

वीरगंज, ११ कार्तिक। नेपाल सेवाश्रम संघ अशोकवाटिका वीरगंजका संचालक
भारत, कलकत्ता पश्चिम बंगाल निवासी ४५ वषर्ीय होमियोपेथिक डाक्टर एस.के.
दास -शान्तिकुमार दास) अहिले पर्सा प्रहरीको हिरासतमा छन्।
उनलाई पर्सा प्रहरीले नेपाल सेवाश्रम संघ अशोकवाटिका वीरगंजमा रहेका ११
जना बालकहरूलाई मानसिक, शारिरीक यातनाका साथै यौन शोषण गरेको र ती सवै ११
जना बालकहरू आइतवारदेखि सो संघबाट बेपत्ता पारिएको समाचार र्सार्वजनिक भए
लगत्तै सोमवार राति अनुसन्धानको क्रममा हिरासतमा लिइएको छ।
डा. दासको पृष्ठभूमि हर्ेदा उनी एउटा अविवाहित पुरूष हुन्। १२ वर्ष अघि
होमियोपैथिक डाक्टर बने तापनि उनले अहिलेसम्म कुनै पनि क्लिनिक संचालन
गरेका छैनन् र डाक्टर भइसकेपछि दासले सामाजिक कार्य गर्ने उद्देश्यले
नेपाल सेवाश्रम संघ केन्द्रीय कार्यालय काठमाडौंमार्फ सेवा गर्दै आइरहेका
छन्।
सेवाश्रमका केन्द्रीय संचालक स्वामी संजयजी महाराजको आदेशमा विगत १८
महिनादेखि वीरगंजमा सेवारत डा. दास लगायत नेपाल सेवाश्रम संघ वीरगंजको
कार्यसमितिमा कतिजना सदस्य छन् सो समेत थाहा नभएको बताउने संचालक डा.
दासले आदर्शनगर निवासी डी. के. बनर्जी र डा. विश्वम्भर शर्मा भने सोही
समितिमा रहेको बताएका छन्। सेवाश्रम संघमा ११ जना बालकहरूमध्ये बुटवलबाट
एकजना, पर्साको सिर्सियाबाट दुइजना, छपकैयाबाट २ जना, धनकुटाबाट २,
बाराबाट १ जना बस्दै आएकोमा सबैको उमेर १२ देखि १४ वर्षम्म रहेको बताइएको
छ। ती मध्ये ७ जना बालकहरु आदर्शनगरस्थित पशुपति शिक्ष्ँा मन्दिरमा
अध्यापन गरिरहेका छन्। अहिले बेपत्ता पारिएको आशंका गरिएका सम्पर्ूण्ा
बालकहरू संघमा छैनन् । संचालक दासले सबै बालकहरूलाई अभिभावकहरूको जिम्मा
लगाइएको बताएका छन्।
गरिब, अनाथ बालकहरूलाई राम्रो शिक्ष्ँा दिएर भविष्य उज्जवल बनाउने
उद्देश्य रहेको सो सेवाश्रम संघमा बालकहरूको पठनपाठन, खाना, स्कूलको
किताब, कापि, कलम, पोशाक सम्पर्ूण्ा संघले बेहोर्दैर् आएको बताइन्छ ।
भरत साहको घरमा रहेको सो संघका मुख्य संचालक स्वामी संजयजी महाराज भनिए
तापनि सो व्यक्ति को हुन् - डा. दासलाई समेत जानकारी नभएको बताएका छन्।
डा. दासका अनुसार आफूले निस्वार्थ भावनाले निशुल्क सो सेवाश्रममा सेवा
गर्दै आइरहेको बताए।
काठमाडौंमा यस सेवाश्रम संघको आप\mनै बोर्डिङ स्कूल छ। सो सेवाश्रम
संघबाट बालबालिका बेपत्ता पारिएको घटनाले सनसनी फैलाएपछि मंगलवार बिहान
पर्सा प्रहरीले डा. दासलाई पक्राउ गरी अनुसन्धानको क्रममा सो सेवाश्रममा
पुगी खोजतलास गर्दा एक कार्टर्ुुा होमियोपैथिक औषधि, विभिन्न कागजपत्र,
डाक्टरहरूको परिचयपत्र लगायतका सामानहरु आप\mनो कब्जामा लिएको छ।
सो प्रकरण र्सार्वजनिक भएपश्चात वीरगंज टुडेले अनुसन्धानका क्रममा
स्थानीय एक छिमेकीसंग सोधपुछ गर्दा डा. एसके दास राम्रो चरित्रको व्यक्ति
भएको कारण उनलाई फसाउने षडयन्त्र भइरहेको बताएका छन् भने बेपत्ता पारिएका
भनिएको बालक दिपेश र रुपेशका अभिभावक छपकैया निवासी पम्फा खत्रीलाई
९८४५१८५०८५ फोन गरी बुझ्दा डा. दासले आइतवार दुवै बालकलाई आप\mनो जिम्मा
लगाएको बताउनुभयो।
यौन शोषण, किडनी तस्करी, शारीरिक, मानसिक यातना दिइने गरिएको आरोपमा
पक्राउ परेका भारतीय नागरिक डा. दाससंग घटनाको सम्बन्ध अन्य थप जानकारी
पर्सा प्रहरीले लिइरहेको जानकारी हुन आएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।