Skip to main content

राजस्वमारा तस्कर राजकुमारको करोडौंको सामान राजस्व अनुसन्धानद्वारा बरामद

वीरगंज, २८ असोज। केही वर्षयतादेखि चर्चित बनेका वीरगंज निवासी राजकुमार गुप्ताको करोडौं मूल्यको भन्सार चोरी पैठारीको सामान राजस्व अनुसन्धान विभागको गस्ती टोली काठमाडौंले बरामद गरेको छ।
राजस्व अनुसन्धान विभागले निकासी प्रतिबन्ध गरेको रासायनिक मल लोड गरिएको ५ ट्रक र भारतीय कपडा लोड गरिएको २ ट्रक आवश्यक अनुसन्धान कारबाहीका लागि पक्राउ गरेको छ। ती सातवटै ट्रकको सामान राजकुमार गुप्ताको रहेको जानकार सूत्रले बताएको छ।
वीरगंज, गौर र सर्लाहीका स्थानीय प्रहरी, प्रशासनलाई महिनाबारी रकम कबुलेर अवैध धन्दा संचालन गर्ने इजाजत पाएका राजकुमारको यतिखेर दिनदशा खराब भएकै कारण ७ ट्रक पक्राउमा परेको छ। नेकपा एमालेका नेता, कार्यकर्ता तथा सरकारमा रहेका उच्च पदाधिकारीको सोर्सफोर्स मार्फ पक्राउ परेको ट्रक छुटाउन राजकुमार गुप्ताको तस्कर गिरोहले निकै दौडधूप गरिरहेको बुझिएको छ। सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय प्रशासन र राजस्व अनुसन्धान इकाइ पथलैया समेतलाई मिलाएर वीरगंज, कलैया, गौर र मलंगवाको भन्सारको चोरी नाकाबाट भारतीय सामान चोरी पैठारी गरी नेपालको विभिन्न शहरमा पठाएर खागपतिबाट अर्बपति बन्ने प्रतिस्पर्धामा लागेका राजकुमार गुप्ता यतिखेर राज्यद्वारा संरक्षित राजस्वमारा तस्कर भएका छन्।
पथलैया स्थित रूद्रबाहिनी सशस्त्र प्रहरी बलले पक्राउ गरेको २ वटा ट्रकमा लोड गरी बरहथवाबाट काठमाडौं लैजान लागेको चिनी पनि तस्कर नँइके राजकुमार गुप्ताकै भएको बुझिएको छ। राजकुमार तस्कर गिरोहले दैनिक सरदर विभिन्न भन्सार नाकाबाट ८ वटा ट्रकमा भन्सार चोरी पैठारीका सामान लोड गरी काठमाडौंमा निर्वाध रूपमा पुर्‍याइदै आएका थिए। ८ वटा ट्रकबाट भन्सार चोरी पैठारीका सामान काठमाडौं भित्र्याउंदा विभिन्न प्रहरी चौकी, स्थानीय प्रहरी, प्रशासन भन्सार कार्यालय, राजस्व अनुसन्धान चेकजांच चौकी लगायतमा घुस बुझाउंदा ३ लाख खर्च गरी दैनिक ५० लाख रूपैयां राजस्वमारा राजकुमार गिरोहले आय आर्जन गर्दै आएको अर्को तस्करी गूटको दाबी छ। यतिखेर बारा, पर्सर्ाारौतहट र सर्लाहीमा तस्करी लाइन खुल्ला गरिएको छ। तस्करी लाइन सुचारू भएको बेला राजकुमार तस्कर गिरोहले ना ३ ख ९००१, ९००२, ९२६४, ९१४६, ५५३२, ना २ ख ४९७२, ना २ ख २३७३ ले भारतीय चोरी पैठारीको कपडा, स्टीलका भाडा, चिनी, खाद, केराउ जस्ता सामान लोड गरी पठाएका थिए। सुमन इन्टरप्राइजेज वीरगंजको नामबाट बिल काटेर भन्सार छलेको सामान महाशक्ति ट्रान्सपोर्टको ना २ ख ४९७२ मा २५ गांठ भारतीय विभिन्न कपडा र त्यस्तै रामरहिम ट्रान्सपोर्टको ना २ ख मा ११ गांठ कपडा लोड गरी काठमाडौर्ंतर्फ पठाउंदा पक्राउमा परेको हो।
श्याम टे्रडिङ रौतहटको बिलबाट नेपाल निर्यातमा भारतद्वारा प्रतिबन्ध गरिएको भारतको विभिन्न उद्योगबाट उत्पादित रासायनिक मल सर्लाहीको बरहथवाबाट ५ ट्रकमा लोड गरी काठमाडौं लैजाने क्रममा राजस्व अनुसन्धान गस्ती टोलीले शनिवार पक्राउ गरेको हो।
वीरगंज, १२ निवासी गुप्ता केही वर्षअगाडि किचेन क्राप\mटको सामान्य कारोबार गर्ने आज उद्योगपति भएका छन्। सिर्सिया खल्वाटोला गाविससंग जोडिएको वीउमनपा १३ मा साइनबोर्ड समेत नभएको एक स्टील फैक्ट्री संचालन गरी भारतमा उत्पादित स्टीलका भाडाहरू भन्सार चोरी पैठारी गरी सो फैक्ट्रीमा भित्र्याएर नेपालमा उत्पादित भनेर राजस्व र उपभोक्ता दुवैलाई राजकुमार गुप्ताले ठग्दै आएका छन्। राजकुमार गुप्ता प्रहरी, प्रशासनका अधिकृतहरूको लागि मासिक रकम बुझाउने दाता बनेका छन्। प्रहरी, प्रशासनलाई पैसाको आडमा खल्तीमा राख्ने हैसियत बनाइसकेका राजकुमार गुप्ताले बिगत एक वर्षदेखि रासायनिक मल, कपडा, स्टीलको धन्दा सुचारू गर्दै आएका छन् । बरहथवा -सर्लाही) मा लोड भएको रासायनिक मलको बिल चन्द्रनिगारपुरमा काटिने गरेको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।