Skip to main content

वन कार्यालय सर्लाहीमा तालाबन्दी

सर्लाही, २६ असोज । प्रस्तावित सामुदायिक वन उपभोक्तालाइ हस्तान्तरण गर्नुपर्ने मांग राख्दै सामुदायिक वन उपभोक्ता महासंघले आज बिहानदेखि जिल्ला वन कार्यालयमा अनिश्चितकालको लागि तालाबन्दी गरेका छन्।
आज बिहान उपभोक्ता समिति महासंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेलको नेतृत्वमा रहेको समूहले तालाबन्दी गरेका हुन्।
पूर्व घोषित दोश्रो चरणको आन्दोलनका अनुसार आजदेखि सो कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको प्रहरीले जनाएको छ।

Comments