Skip to main content

फुर्सदमा बाइकिङको यात्रा

भक्तपुर, १० कार्तिक। बिदाको दिन घर मै बस्न युवाहरुको मन हुदैन। उनीहरु
यताउताका डाडाँकाडा जान चाहन्छन्। आधुनिक पुस्ताहरु बाइक मार्गको खोजी
रहेका हुन्छन्। हरीत समूह श्रीकृष्ण सितिखुले गत सनिवार आप\mना
साथीहरुलाई करीब २५ किलोमिटर बाइक यात्रा गराएका छन्। भक्तपुरको दक्षिण
भागमा बाइक यात्रा केन्दि्रत रहेको छ। यस यात्राको मार्गमा केही धार्मिक
क्षेत्रहरु पनि समेटिएको छ। बाइकिङको क्रममा यी क्षेत्रहरुलाई आराम गर्न
बिसौनी बनाइएको थियो।
यात्रा सिद्धपोखरीबाट सुरु भएर भक्तपुर दरवारमा प्रबेश गरेको थियो।
बिहान दश बजे अघि सम्म मात्र सवारीसाधनहरुले भक्तपुर दरवार गेटबाट प्रबेश
पाउछन्। यो क्षेत्र बिश्व सम्पदा सुचीमा समाबेश गरिएको स्मारक हो। धेरै
पटक भक्तपुर आएका तर पहिलो पटक बाइकबाट दरवारमा भित्र पस्दा रमाइलो अनुभव
भएको पाटनका राजन महर्जनले सुनाए। बाइक यात्रा दरवारमा केही क्षणको
बिश्राम पछि हनुमानघाट हुदै अगाडि बढेको थियो। हनुमानघाट पुग्न अघि
भक्तपुर सहरबाट बग्ने ढलनिकास बगेको मस्जिदमा भने दर्ुगन्धको कारण मस्जिद
हर्ेन उनीहरुको धोको पुरा भएन। यो स्थान धार्मिक सहिष्णुताको लागि अनुपम
उदाहरण हुन सक्दछ। यहाँ हिन्दुको हनुमानघाट, बौद्धको मुनिबिहार,
मुश्लिमको जामे मश्जिद करीब सय मिटरको दुरी भित्र हर्ेन सकिन्छ।
हनुमानघाटबाट बाइक यात्रा अरनिको राजमार्ग हुदै बाचामारी, जोरपाटी,
नलिचोक पुगे पछि, यात्राको अर्को बिश्राम स्थल १०८ फिट अग्लो शिवको
मर्ुर्तिमा पुगे। त्यहाँबाट सहर बजारको दृष्याबलोकन पछि यात्रा पलासे
हुदै यात्रा साँगा भन्ज्याङ पुगेको थियो। साँगाबाट दक्षिण मोडेर, अर्को
गन्तब्य पुग्न करीब आधा घण्टा लाग्दछ। आशापुर पुग्नुको उदेश्य, त्यहाँ
रहेका आशापुरेश्वर महादेबलाई आफ्नो भाकल सुनाउन मात्र हैन नजिकैको
त्रिबेणी नुहाउन पनि हो। त्यहाँको कन्चन पानीमा स्नान गरीवरी महादेबको
पुजा पछि भने यात्रीहरुले नजिकैको संगीता लामाको पसलमा अर्डर गरेको
गुन्द्रक र ढिडो खाए। आशापुर तामाङको बस्ती भएकोले तामाङ खानाको स्वाद नै
मिठो हुने कुरा श्रीकृष्ण सितिखुले सुनाए।
आशापुरबाट अव अर्को गन्तब्य पाटी भन्ज्याङ पुग्न बाइकबाट करीब २० मिनेट
समय लाग्छ। दुबैतिर अग्ला पहाडको बिचमा रहेको बाटोमा बाइक पहिलो पटक
गुडाएको अनुभव राजनले गरे। पाटीभन्ज्याङमा पुगे पछि भने बाटोको बनौट
बिल्कुल फरक छ। दक्षिणतिर अग्ला पहाड र उतर तर्फगहिरो खाल्डोमा बाइक
गुडाउन भने साहस गरेनन्। अलिकति तलमाथि भएमा ज्यान जोखिम पर्ने देखेर
उनीहरु डराएका हुन। यस्तो बाटो भने करीब ३०० मिटर मात्र रहेको छ। बाइक
नगुडाइकन यो बाटो पार गर्न १० मिनेट समय लाग्दछ।
यो दुरी तय गरे पछि पुग्ने स्थान घायम्पे डाँडा हो। यहाँ फराकिलो कच्ची
बाटो बनेको छ। यो बाटो भक्तपुर बाट काभ्रे र ललितपुर जाने बैकल्पिक
मार्गको रुपमा रहेको छ। यहाँबाट भने जंगलको बिचको यात्रा संगै संगै
चराचुरुङीको चिरबिर आवाज सुन्न पाइन्छ। रानीकोट सम्म बनको रमाइलो बाताबरण
पछि काभ्रे र ललितपुरको सिमानामा पुगिन्छ। पश्चिमको बाटो हुदै यात्रा
लाँकुरी भन्ज्याङ, लामाटार, गुण्डु, कटुन्जे र सल्लाघारी हुदै पुन
सिद्धपोखरी पुगे पछि एक दिने बाइक यात्रा टुङगिन्छ।- रविन राचलिका हरीत
समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...