Skip to main content

माओवादी सरकार बने सदन अवरुद्ध गरेर ढाल्छौं - उपप्रधानमन्त्री

सुरज भण्डारी, बुटवल, कात्तिक १०। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसद अवरोध गरेर सरकार परिवर्तन गरेमा मधेशवादी दलहरुले फेरि सदन अवरुद्ध गरेर माओवादी नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन्। आज रिपोर्र्टर्स क्लब नेपाल लुम्बिनी शाखाको साक्षात्कारमा बोल्दै उनले इंटको जवाफ पत्थरले दिने भन्दै सदन अवरोध गरेर सरकार गिराउन खोजे त्यस्तै गर्ने चेतावनी दिएका हुन्।
मधेशी जनअधिकार फोरमका अध्यष समेत रहेका गच्छेदारले भने,' सदन अवरोध गरेर सरकार गिराउन माओवादीले खोजेको भए उसको नेतृत्वमा सरकार बने त्यो सरकारलाई ढाल्न मधेशवादी दलहरुले संसद अवरोध गर्नेछन्।' विधि सम्वद्ध रुपमा संसदमा वहुमत प्राप्त गरी वनेको सरकारविरुद्ध संसद अवरोध गरेर सरकार गठन गर्न माओवादीले चाहेको भए अव संसद र्घर्ेन मधेशवादी सभासदहरु समेत पछि नहट्ने बताए। संसदमा रहेका मधेशी सभासद्हरु एक भै अव वन्ने सरकारलाई समेत राजिनामा दिन लगाउने चेतावनी दिए। अलोकतान्त्रिक ढंगवाट सरकार परिवर्तन गरिए त्यो सरकारलाई कुनै पनि हालतमा टिक्न नदिइने स्पष्ट पार्दै मधेश समेत ठप्प पार्ने चेतावनी दिए।
लोकतान्त्रिक विधिवाट समस्या समाधान गर्न माओवादी इच्छुक नदेखिएको आरोप लगाउँदै भने,'संसद र्घर्ेन हामीले समेत जानेका छौं।' संविधानसभानै निकास निकाल्न माओवादीले नचाहेको बताउँदै जनतामाझ जनमत संग्रहमार्फ निकास खोज्न सकिने उल्लेख गरे।
आफ्नो ३५/४० वर्षो अनुभवले धेरै कुरा सिकाएको बताउँदै उपप्रधानमन्त्री गच्छदारले अहिलेको समस्या समाधान गर्न आफूसँग ३ विकल्प रहेको र त्यो विकल्प २/३ दिनभित्रै र्सार्वजनिक गर्ने उल्लेख गरे। २२ दलको संसदमा ६० प्रतिशत उपस्थिति रहेको वर्तमान सरकारको विरुद्ध ३९ प्रतिशत उपस्थिति रहेको एकिकृत माओवादीले वहुमत छ भन्नु हास्यास्पद विषय भएको बताउँदै उपप्रधानमन्त्री गच्छदारले अहिलेको सरकारनै राष्ट्रिय सरकार भएको जिकिर गरे। बहुमतलाई वन्धक वनाएर माओवादीले कस्तो लोकतन्त्र खोजेको हो भन्दै अगाडि भने,' माओवादीले गरेको नागरिक सर्वोच्चता सरकारमा नेतृत्वको माग गरेपछि उदाङगो वनेको छ।' अध्यक्ष गच्छदारले राष्ट्रपति कदमवारे कुनै विचार विमर्श नगरिने उल्लेख गरे।
माओवादी आन्दोलनले सरकारलाई कुनै फरक नपर्ने बताउँदै संसद घेरेर माओवादीले वजेट पारित हुन नदिदा जनसेनादेखि लिएर समग्र राष्ट्रलाई घाटा पुगेकाले अव अर्को विकल्प अपनाइने बताए। ठूला दलहरुको दम्भका कारण मुलुक संकटमा परिरहेको बताउँदै ठूला दलले हंहकारी पन त्याग्नुपर्ने सुरुवात माओवादीवाट नै हुनुपर्नेमा उहाँले जोड दिनुभयो। संविधान नवने सम्पर्ूण्ा दोष माओवादीले लिनुपर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले सबैको र्समर्थन प्राप्त सरकारले शान्ति सुरक्षा समेत सुदृढ पारेको बताए।
कार्यक्रम रिपोर्र्टर्स क्लब नेपालका अंचल अध्यक्ष प्रकाश खनालको अध्यक्षता र सचिव सुरज भण्डारीको संचालनमा भएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।