Skip to main content

नेताहरुको आरोप-प्रत्यारोप

काठमाडौं, कात्तिक १९। नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले सरकार ढाल्न आन्दोलन नगरेको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नागरिक सर्वोच्चता कायम गर्नु आन्दोलनको उद्देश्य रहेको बताए।
'हाम्रो उद्देश्य नागरिक सर्वोच्चता कायम गर्नु हो,' शर्माले भने,'सरकार ढाल्ने र बनाउने खेलमा माओवादी सामेल भएको छैन।' वर्तमान सरकार अप्राकृतिक र गलत ढंगले स्थापित भएकाले विरोध गरेको बताए। संयुक्त राष्ट्रिय सहमतिको सरकार अनिवार्य भएकाले नागरिक सर्वोच्चता कायम गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले माओवादीका सामु आन्दोलन फिर्ता लिनुको विकल्प नभएको बताए। आन्दोलनलाई औचित्यहीन र बेमौसमको बाजा भन्दै मुठभेडलाई बढाएको बताए। उनले भने,'सहमतिका लागि माओवादीले आन्दोलन फिर्ता लिनर्ुपर्छ।' माओवादीले सत्ता प्राप्तिका लागि आन्दोलन गरेको बताए। सडकबाट सरकार परिवर्तन नहुने भन्दै सदनको बाटोबाट आउन माओवादीलाई चुनौती दिए।
नेकपा एमालेका केन्द्रीय सदस्य गोकर्ण्र्ााबष्टले सहमतिका लागि आफ्नो दल सरकार बाहिर बस्न तयार रहेको बताए। सरकारमा जानु र बस्नुभन्दा शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनु प्राथमिक भएको बताउदै भने,'माओवादी संविधान र विधिको बाटोबाट आओस्, एमाले सरकार बाहिर बस्न तयार छ।' माओवादीले सडकबाट कराउँदैमा माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा नदिने बताए।
नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादीले सडक र सदन अवरुद्ध गरेर सरकार नढल्ने बताए। वर्तमान सरकार संविधान बमोजिम बनेको भन्दै कसैको दबाब र धम्कीका भरमा नढल्ने बताए। उनले भने,'माओवादी संविधान मिचेर देशलाई अराजकतातर्फधकेल्न खोज्दैन।' सरकार ढाल्ने भए सदनको बाटोबाट आउन चुनौती दिए।
मधेशी जनअधिकार फोरमका प्रवक्ता वीपी यादवले आफ्नो दल माओवादी आन्दोलनको पक्षमा नभएको बताए। माओवादी आन्दोलनको उद्देश्य ठिक नभएको बताउदै भने,'माओवादी जुन उद्देश्यले आन्दोलनमा छ त्यसप्रति हाम्रो आशंका छ।' आफ्नो दल सरकार ढाल्ने र बनाउने खेलमा केन्द्रित नहुने बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।