काठमाडौं, २० कार्तिक । नेपालमा हाल करिब ३० लाख व्यक्तिहरु शारिरीक अपांगता भएका व्यक्तिहरु रहेको अनुमान छ। जन्मदै अपांगता भएका र दुर्घटनाका कारण अपांगता व्यहोरेका देशभरिका यस्ता नागरिकहरुका उत्प्रेरक गतिविधि, उपलब्धी, तथा यस क्षेत्रमा क्रियाशील सम्पूर्ण संघसंस्थाका समाचार, विचार, विश्लेषण सम्प्रेषण गर्ने उद्देश्यसहित पहिलो पटक छुट्टै समाचार पोर्टल सञ्चालनमा ल्याइएको छ। नेपालमा अपांगातासम्बन्धी गतिविधिका समाचारलाई सञ्चारमाध्यममा त्यति प्राथमिकता दिइएको पाइदैन, यही समस्यालाई ध्यान दिएर अपांगतासम्बन्धी मात्र समाचार, लेख, विश्लेषण तथा अन्तर्वार्ताहरु प्रकाशन/प्रशारण गर्ने उद्देश्यसहित सरोकार डटकम एडएनपी सुरु गरिएको छ। यो साइटको सञ्चालन तथा व्यवस्थापनमा मिडिया चौतारीको निःशुल्क सहयोग रहेको छ।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment