Skip to main content

एक हप्ताभित्र राजनीतिक सहमति बन्छ-प्रचण्ड


वीरगंज, २२ कार्तिक। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एक हप्ताभित्र राजनीतिक सहमति निर्माण हुने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपाल पर्सा शाखाको साक्षात्कारमा बोल्दै सहमतिका लागि सकारात्मक पहल भइरहेको बताए।
'एक हप्ताभित्र सहमति हुन्छ,' प्रचण्डले भने,'सहमतिका लागि मैंले अन्य दलका नेतासंग छलफल गरिरहेको छु।' काठमाडौं फर्केलगत्तै सहमतिको पहल अगाडि बढाउने बताए। आफ्नो दलले सहमतिका लागि हदैसम्म लचकता देखाएको बताए। लचकतालाई कमजोरी नठान्न चेतावनी समेत दिए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा प्रचण्डले माधवकुमार नेपाल नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने बताए। माधव नेपाल नागरिक सर्वोच्चतालाई कुल्चेर प्रधानमन्त्री बनेकाले वर्तमान सरकार खारेजी अनिवार्य भएको बताए। यद्यपि आफ्नो दलले सरकारका लागि नभई नागरिक सर्वोच्चताका लागि आन्दोलन गरेको बताए। राष्ट्रिय सहमतिको सरकारको नेतृत्व माओवादीले गर्ने बताए। आफ्नो दलबाट को प्रधानमन्त्री बन्ने भन्ने ठूलो कुरा नभएको बताए।
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र निर्माणको पक्षमा आफू रहेको बताए। संयन्त्र निर्माण प्याकेजको सहमति अर्न्तगत रहनुपर्ने बताए।
आफूलाई प्रधानमन्त्रीको लालसा नभएको स्पष्ट पारे। उनले भने,'प्रधानमन्त्री बन्नेभए दर्ुइ महिना अघिनै बन्नसक्थें, मेरो इच्छा प्रधानमन्त्री बन्नेभन्दा पनि नयां संविधान बनाउने र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउने हो।' शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भइरहेको भन्दै शतर्क हुनुपर्ने बताए। पर्ूव राजाका मान्छेहरु सलबलाउन थालेको भन्दै नेमकिपा अध्यक्ष नारायणमान विजुक्च्छे राजतन्त्र ब्यूताउन लागेको आरोप लगाए। उनले भने,'रोहित जस्ताहरु राजतन्त्र ब्यूताउन लागेका छन्, त्यसैले गलत टिप्पणी गर्दै हिड्छन्।'
शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको भूमिका सकारात्मक रहेको बताए। राष्ट्रसंघले शान्ति प्रक्रियाको पक्षमा बोल्दा उसको आलोचना गर्नु भनेको शान्तिको विरोध गर्नु सरह हुने बताए।
भारतसंग सम्बन्ध राम्रो रहेको बताए। आफ्नो दलको चीन र भारतसंग समदूरीको सम्बन्ध राख्ने नीति रहेको बताए। भारतका माओवादीसंग आफूहरुको कुनै सम्बन्ध नरहेको बताए। सशस्त्र जनयुद्धका समयमा सम्बन्ध रहेको तर शान्ति प्रक्रियामा आएपनि कुनै सम्बन्ध नरहेको बताए। भारतीय माओवादीलाई आफूहरुले हतियार सप्लाई गरेको भन्नु निराधार र कपोकल्पित रहेको बताए।
माओवादीभित्र कुनै विवाद नरहेको बताए। पार्टर्ीीत्र बहस र छलफल हुनुलाई स्वाभाविक मान्न भन्दै विवाद भन्नु भ्रम फिजाउनु सरह हुने बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउन सबैले आ आफ्नो स्थानबाट त्याग देखाउनुपर्ने बताए। शान्ति स्थापना गरी इतिहास निर्माण गर्ने अवसर नचुकाउन आग्रह गरे। उनले दलहरुबीच सहमति, सहकार्य र एकताको विकल्प नभएको बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...