Skip to main content

राज्यमन्त्री बेगममाथि कुनै कारबाही हुदैन(भौतिक योजना राज्यमन्त्री शाह

राज्यमन्त्रीले राजीनामा नदिए कडा कदम चाल्छौंर्- कर्मचारी नेताहरु
काठमाडौं, कात्तिक २६। भौतिक योजना तथा निर्माण राज्यमन्त्री संजयकुमार शाहले पर्सर्ाा प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद भण्डारीमाथि दर्ुर्व्यवहार गर्ने कृषि राज्यमन्त्री करिमा बेगममाथि आफ्नो दलले कुनै कारबाही नगर्ने प्रष्ट पारेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै बेगम सम्बन्धिक रहेको दल मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका नेता समेत रहेका शाहले घटनालाई बर्ढाई चर्ढाई गरेर राजनीतिक गतिरोध बढाउन खोजिएकोमा शतर्क हुन आग्रह गरेका छन्।
'राज्यमन्त्री करिमा बेगमले आफ्नो अपमान भएपछि हात उठाउनुभएको हो,' राज्यमन्त्री शाहले भने, 'रहरले नभई वाध्यताले हात उठाउनुभएको हो।' घटनालाई एकपक्षीय ढंगले व्याख्या नगर्न भने। मधेशी समुदायबाट मन्त्री भएकाहरुलाई दर्ुर्व्यवहार गर्ने प्रवृत्तिका कारण यस्ता घटना हुनसक्ने चेतावनी समेत दिए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारा शाहले घटनालाई लिएर बेगमले राजीनामा नदिने बताए। प्रधानमन्त्री माधवकुमार नेपालले पनि मन्त्रीबाट नहटाउने बताए। बेगममाथि प्रहरीले दायर गरेको मुद्या कानुनसम्मत नभएको जिकिर गरे। उनले भने,'सदन चलिरहदा सभासदमाथि प्रहरीले मुद्या हाल्नुअघि सभामुखलाई समेत जानकारी दिइएको छैन, मुद्या जायज छैन।' मधेशमा गैर मधेशीलाई प्रमुख जिल्ला अधिकारीका रुपमा खटाउन नहुने तर्क गरे। मधेशीमाथि साम्प्रादायिक भावनाले व्यवहार गर्ने गरिएको भन्दै आलोचना गरे। कर्मचारीतन्त्रको विभेदकारी र गलत परिपाठीका कारण घटना अझै बढ्नसक्ने चेतावनी दिए।
सिडिओ समाजका अध्यक्ष डिल्ली शिवाकोटीले राज्यमन्त्री करिमा बेगमलाई तत्काल पदबाट हटाउन माग गरे। कानुको रक्षा गर्न बसेको मन्त्रीबाटै अवहेलना भएको भन्दै कारबाही गर्नुपर्ने बताए। उनले भने,'राष्ट्रसेवक कर्मचारीमाथि हातपात गर्नेलाई मन्त्री पदमा रहिरहने नैतिकता रहदैन, तत्काल पदबाट हटाउनर्ुपर्छ।' कानुन मिच्नेलाई कारबाही नभए गलत नजिर बस्ने भन्दै सचेत हुन आग्रह गरे। बेगमलाई कारबाही नभए भोलि जिल्ला जिल्लामा कर्मचारी कुटिने खतरा औल्याए। उनले भने,'आक्रमण गर्नेमाथि कारबाही हुन्न भने भोलि कर्मचारीले मन्त्री कुटे के गर्ने -' मन्त्रीले सिडिओमाथि हातपात गरेबाट देशको प्रशासनमाथि थोपरिएको दबाब प्रष्ट हुने बताए। घटनालाई लज्जास्पद भन्दै घोर भर्त्सना गरे।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गणेश बस्यालले सिडिओ दर्ुगाप्रसाद भण्डारीमाथि हातपात गर्ने राज्यमन्त्री करिमा बेगममाथि कानुन बमोजिम कारबाही हुनुपर्ने बताए। बेगमलाई पदमा रहने नैतिक अधिकार नरहेको बताउदै भने,र्'कर्मचारीलाई हातपात गर्ने मन्त्री चाहिदैन।' घटनाको घोर भर्त्सना गर्दै कारबाही नभए कर्मचारी कडा संर्घष्ामा उत्रने चेतावनी दिए। मन्त्रीले पदबाट हटेर निकास दिनुपर्ने बताए। उनले भने,'राज्यमन्त्री बेगमले राजीनामा नदिए प्रधानमन्त्री आफैले पदच्यूत गर्नुपर्छ।' कानुनको उल्लंघन गरी कारबाही गर्नेमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।