कलैया, ११ मङ्सिर/ उपप्रधानमन्त्री विजयकुमार गच्छदार र पर्यटनमन्त्री सरतसिंह भण्डारीले आज बारा जिल्लामा गढीमाईको पुजाअर्चना गर्नुभयो ।सो अवसरमा गढीमाई मन्दिर विकास समितिका अध्यक्ष रामचन्द्र साहले मन्त्रीहरुलाई मेला समिति र विकास समितिबीच भएको सम्झौतालाई स्थानीय प्रशासनले कार्यान्वयन नगराएकोमा विरोध ज्ञापनपत्र दिनुभएको थियो । गढीमाई मन्दिरका पुजारी मङ्गल चौधरीले उपप्रधानमन्त्रीलाई फूलप्रसाद प्रदान गर्नुभएको थियो ।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment