कार्बाहीको मागगर्दै कर्मचारीहरूले अहिले वीरगञ्ज भन्सार क्षेत्रवरपर पर््रदर्शन गरिरहेका छन्। पर्साका तत्कालिन प्रमुख जिल्ल्ाा अधिकारी दर्ुगाप्रसाद भण्डारीलाई कुटपिट गर्ने राज्यमन्त्री बेगमलाई अझै कार्बाही नभएकोभन्दै शुक्रबारदेखि दोस्रो चरणको आन्दोलनमा उत्रिएका कर्मचारीहरूले थप कार्यक्रम ल्याएका हुन्।
नेपाल कर्मचारी यूनियन, कर्मचारी सङ्गठन, मधेसी कर्मचारी सङ्गठनलगायत ८ वटा कर्मचारी सङ्गठनको आहृवानमा आन्दोलन सुरु भएको नेपाल निजामती कर्मचारी सङ्गठनका सचिव नौतन पोखरेलले बताए।
प्रशासन कार्यालयमा आन्दोलनस्वरुप अनिश्चितकालीन तालाबन्दी गरिने र मागको सुनुवाई नभए ११ गतेदेखि देशभरका सरकारी कार्यालय ठप्प पार्ने पनि कर्मचारी सङ्गठनहरूले जनाएका छन्। तस्बिर- उत्तम खडगी
Comments
Post a Comment