Skip to main content

कांगेस वर्तमान सरकारको निरन्तरता चाहन्छ-कांग्रेस नेता सिटौला

काठमाडौं, मंसिर ५। नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफ्नो दल वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नयां समिकरणबारे कुनै प्रकारका गोप्य सहमति नबनेको स्पष्ट पारे।
'नेपाली कांग्रेस यही सरकारको निरन्तरता चाहन्छ,' पर्ूव गृहमन्त्री समेत रहेका सिटौलाले भने,'सिंगापुर या अन्य कुनै स्थानमा सरकार ढाल्ने या बनाउनेबारे गोप्य सहमति भएको छैन।' नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच नयां सरकार गठनबारे सहमति नभएको स्पष्ट पारे। तत्कालका लागि सरकार बनाउने र ढलाउने प्राथमिक विषय नभएको बताए। शान्ति प्रक्रियालाई गति दिन उच्चस्तरीय सहमति निर्माणबारे भने सहमति बनेको स्पष्ट पारे। सहमति अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण हुने बताए। उच्चस्तरीय संयन्त्रलेनै सबै विषय हल गर्न आवश्यक कदम चाल्ने बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा सिटौलाले दलहरु सत्ता केन्द्रित भएकाले शान्ति प्रक्रियामा प्रगति हुन नसकेको बताए। उनले भने,'दलहरु सत्ता केन्द्रित मात्र होइन, मन्त्रालय केन्द्रित हुनाले केही काम भएको छैन।' शान्तिलाई प्रधान बनाएर सहमति अनिवार्य भएको बताए। सहमति, सहकार्य र एकताको विकल्प छैन भन्दै त्यसका लागि सबैले आफ्नो स्थानबाट त्याग गर्नसक्नुपर्ने बताए। देश हिंसा र प्रतिहिंसाको खतरामा परेकाले शतर्क हुनुपर्ने बताए।
संविधानसभा निर्वाचनपछि दलहरुबीच सहमति हुननसक्दा समस्या आएको बताए। विगतका घटनाक्रमलाई शिक्षाका रुपमा लिएर नयाँ शिराबाट अगाडि बढ्न आग्रह गरे।
शान्ति प्रक्रियामा सरकारले केही गर्न नसकेको भन्दै आलोचना गरे। उनले भने,'सेना समायोजन विशेष समितिले समायोजनको ठोस खाका समेत बनाउन सकेन।' द्वन्द्वका पीडितले राहत नपाएको, सत्यनिरुपण र मेलमिलाप आयोग, वेपत्ता छानविन आयोग बनाउन नसकेको भन्दै असन्तुष्टि पोखे। सत्तालाई लक्ष्य बनाउँदा शान्तिका आधारहरु तयार हुननसकेको बताए। र्सवसाधारणको सम्पत्ति र घरजग्गा कब्जा फिर्ता गर्नेतर्फठोस कार्य नभएको बताए। सरकारलाई शान्तिका लागि केन्द्रित भएर काम गर्न आग्रह गरे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले दलहरुलाई शान्ति प्रक्रियामा केन्द्रित हुन आग्रह गरे। उनले सहमतिका लागि सबैले आ आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...