वीरगंज, १३ मंसिर। कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमलाई कारबाहीको मांग गर्दै पर्साको सरकारी कार्यालयका काम काज आज तेश्रो दिन पनि बन्द रहे।
तत्कालिन प्रमुख जिल्ला अधिकारी दर्ुगा प्रसाद भण्डारीलाई हातपात गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करीमा बेगमलाई सरकारले कारबाही नगरेको बिरोधमा आक्रोशित कर्मचारीहरूले बिहीबारदेखि पर्साका सम्पर्ूण्ा सरकारी कार्यालयहरू अनिश्चितकालका लागि बन्द घोषना गरे अनुरुप आज तेश्रो दिनपनि कार्यालयहरु बन्द भएका हुन। पर्साका सरकारी कर्मचारीहरू राज्यमन्त्री बेगमलाई कारबाहीको मागगर्दै गत सोमबारदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेका थिए। राज्यमन्त्री बेगमले कार्त्तिक २४ गते सिमरा विमानस्थलमा प्रजिअले पुरानो गाडी पठाएको झोकमा प्रजिअकै कार्यकक्षमागएर चार थप्पड लगाएकी थिइन्। यस घटनालाइ लिएर उनि माथि कारवाही नहुने प्रधानमनत्रीले स्पष्ट पारेका। तर राजय मन्त्री बेगमले आफु द्धारा कुनै किसीमको माफी नमगेको बताए।
यसैगरी दुइ दिन भन्सार कार्यालय बन्द हु“दा राज्यलाई ७ करोड रूपैया“ राजश्व घाटा भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ।
पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद भण्डारीमाथि हातपात गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई सरकारले कारबाही नगरेको भन्दै कर्मचारीहरूले गरेको अनिश्चितकालीन बन्दका कारण भन्सार नाका ठप्प भएपछि सधै उठ्ने राजश्व राज्यले उठाउन पाएको छैन। कर्मचारीहरूले वीरगन्जका सम्पर्ूण्ा सरकारी कार्यालयहरू बन्द गराउँदै आएका छन्।
कर्मचारीहरूले राज्यमन्त्री बेगमलाई कारबाहीको मागगर्दै गत सोमबारदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेका थिए।
Comments
Post a Comment