Skip to main content

पत्रपत्रिका वर्गिकरणमा धाँधली

काठमाडौं, १४ मंसिर। प्रेस काउन्सिल नेपाल पत्रपत्रिका वर्गिकरणमा यो वर्षपनि विवादमक्त हुन सकेन। यो पटकको पत्रपत्रिका वर्गिकरण नेपालको इतिहासमा नै कलंक सावित भएको छ। यो पटकको वर्गिकरणलाई र्ससर्सर्ति हर्ेदा पुँचवाला, चाकडी चाप्लुसीमा पोख्त र पार्टीका पर्चाहरु बाहेक अरुको अबमूल्यन भएको छ। बजारमा अन्य पत्रपत्रिका भन्दा एक दुइ सय बढी प्रति छापिने पत्रिका क मा र एक दुइ सय कम छापिनेलाई आस्थाको कारण ग र घ मा पुयाइएको छ। प्रेस काउन्सिलका पदाधिकारीहरुको पत्रिका क र ख मा रहनु र सोही स्तरको पत्रिका ग र घ मा रहनु यो भन्दा अरु बिडम्बना के हुन्छ र - अझै पनि तिनीहरुकै बाहुल्यता हुने हो भने यो परिवर्तन के का लागि -
हुन त प्रेस काउन्सिलको मूल्यांकन परिपाटी आफैमा गलत छ। एक वर्षअघिको पत्रिका १ वर्षपछि र्फम भनै लगाएर २ वर्षपछि नतिजा निकाल्नु आफैमा अवैज्ञानिक छ। कुनै पत्रिका कुनै बेलामा कम छापिन्छन् कुनै बेलामा बढी छापिन्छन्। २०६४ सालको मूल्यांकन गर्न २०६६ सालमा छापिने पत्रिकालाई आधार बनाउनु आफैमा गलत छ। २०६४ सालमा सादा रुपमा छापिएका पत्रिका मूल्यांकनको अवधिभर फोर कलरमा छापिए भन्दैमा तिनीहरुलाई क र ख मा लाने अरुर्ल्ाई आस्थाका कारण झार्नेहरुलाई के भन्ने -
के नेपाल लुटेराहरु मात्र बस्ने देश हो - के नेपालका लुटेराहरुलाई कुनै नियम कानुन लाग्दैन - हुन त सतिले सरापेको देशमा जस्ले जे गरे पनि हुने भएको छ। कलियुगमा असत्यहरु यसरी नै विजय भैरहने छन्।
हुन त म नेपालबाट भागेर यहाँ अमेरिका आएको होइन। मलाई ग्रीन कार्डको चिठ्ठा परेर यहाँ आएको हुँ। सोच्लान् यस्ले नेपालमा पत्रिका चलाउन नसकेर अमेरिका गयो। म नेपालमा छँदा मैले राम्रोसंग पत्रकारिता गरेको थिए। मैले कहिल्यै पीत पत्रकारिता गरेको रर्ेकर्ड छैन। तर अहिले नेपालमा पीत पत्रकारिता गर्नेहरुको बोलवाला छ। त्यसैको शिकारमा मैले काम गर्ने संस्था पनि परेको छ।
अहिले क को अंक पुगेर पनि ख मा बस्न चाहेको भनेर प्रेस काउन्सिलका एक सदस्य छन् जस्को पत्रिका सोमबार निस्कन्छ। उन्को पत्रिका बजारमा आउने कति हो मलाई राम्ररी थाहा छ। सोमबार बजारमा आउने सबै पत्रिकाको प्रकाशित प्रति र विक्री प्रति कति छ त्यो सबै मलाई थाहा छ। सोमवार निस्कने नयाँ विकल्पको हैसियत र दिव्यचक्षु साप्ताहिकको हैसियत के कति छ त्यो सबैलाई थाहा छ। १०० प्रतिमा ९८ प्रति फिर्ता हुने नया विकल्प राम्रो कि ७५ प्रतिमा ५५ प्रति विक्री हुने दिव्यचक्षु साप्ताहिक राम्रो - के हान मुड्री गर्दा मात्रै पत्रपत्रिका को स्तर बृद्धि हुने हो - हैन भने गतवर्षानमुड्री गर्नेहरु कसरी स्वतः स्फर्ूत माथिल्लो श्रेणीमा परे - यदि यस्तै परम्परा रहने हो भने यो वर्षमानवहादुर प्रेस काउन्सिलका पदाधिकारीहरु ीपटिएको समाचार मैले अमेरिकामा बसेर हर्ेर्नु पर्ने हुन्छ। मलाई प्राप्त इमेलहरुलाई आधार मान्ने हो भने यो वर्षप्रेस काउन्सिलमा खोलो बग्ने निीश्िचत छ। तर यस्तो नहोस् मेरो कामना छ। बरु यस्तो फोहरी खेलमा समावेश हुनु भन्दा बरु पत्रिका नै बन्द गर्यो त्यही राम्रो - लुटेराहरु हो देशको सम्पत्ति लुट हामीले बाटो छोडिदियौ। समयले साथ दियो भने एक पटक कस्को हैसियत के भन्ने भण्डाफोर त गर्नै पर्छ।
-अनिलभक्त खरेल, भर्जिनिया, मनासन, अमेरिका

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...